बर्दगोरिया-४ मा १ दिने नि:शुल्क पशु स्वास्थ्य तथा खोप शिविर कार्यक्रम सम्पन्न

२२, चैत्र २०७९ बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक दिने नि:शुल्क पशु स्वास्थ्य परिक्षण तथा खोप शिविर सम्पन्न भएको छ ।

बर्दगोरिया गाउँपालिका पशुसेवा शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अन्तरगत उक्त एक दिने नि:शुल्क पशु स्वास्थ्य तथा खोप शिविर कार्यक्रम सम्पन्न भएको हो ।

उक्त एक दिने नि:शुल्क पशु स्वास्थ्य परिक्षण तथा खोप शिविरमा गाई, भैसी, भेडा बाख्रामा खोरेत विरुद्धको खोप लगाइएको हो । यस्तै शिविरमा पशु बन्ध्याकरण, गर्भ परिक्षण तथा बझोपनको विज्ञ पशु चिकित्सक डा. समिका अधिकारी ले उपचार गर्नुका साथै उचित परामर्श दिनुभएको थियो ।

यस्तै कार्यक्रममा नि:शुल्क रुपमा औषधि वितरण समेत गरिएको थियो। शिविरबाट १ सय २२ घरधुरीका ४५० पशुहरुले प्रत्येक्ष लाभ लिएका थिए ।

शिविरको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाही रहेका थिए ।

शिविरमा प्रमुख अतिथिको आसन बाट बोल्दै वडा अध्यक्ष शाहीले हामीले दैनिक रूपमा प्रयोग गर्ने दुध, दही, मासु खादा शुद्ध खानु पर्ने बताए । जसको लागि पशु हरुको उचित उपचार तथा पशुपालन कृषक हरुलाई आवश्यक सल्लाह सुझाव आवश्यकता पर्ने बताउदै यस्ता कार्यक्रमहरु विभिन्न समयमा गर्नु पर्ने बताए ।

साथै यस शिविरले पशु पालन कृषक हरुमा समेत थप हौसला दिएको बताए ।
बर्दगोरिया गाउँपालिका पशुसेवा शाखाका भेटेरिनरी अधिकृत जय प्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको संचालित बर्दगोरिया पशु सेवा शाखाका नायब पशु सेवा प्राविधिक अनिल ओलि, पशु सेवा इकाई पृथ्वीपुरका प्रमुख युवराज कठरियाको सहभागी समेत रहेको थियो ।

शिविर बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ पुरैनाताल इन्देणी युवा क्लब को प्राङ्गणमा सम्पन्न भएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार