सरकारको साझा न्यूनतम कार्यक्रम भोलि सार्वजनिक गरिने

काठमाडौं । सरकारले आफ्नो साझा कार्यक्रम बिहिवार भोली सार्वजनिक हुने भएको छ । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भोली सार्वजनिक गर्ने तयारी थालेको छ ।

हिजो मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भएको थियो । यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकता र कार्यक्रमहरू परिमार्जन गरिएको छ ।

कांग्रेसका रमेश लेखक, माओवादीका शक्तिबहादुर बस्नेत, जसपा राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले तयार पारेको नयाँ मस्यौदामा पहिलेको कार्यक्रममा केही थपघट गरिएको छ ।

खासगरी कांग्रेसले चुनावमा गरेका केही प्रतिबद्धताहरु मस्यौदामा थपिएको बताइएको छ । १० पेज लामो कार्यक्रमको मस्यौदामा दुई शीर्षक र धेरै उपशीर्षकहरू रहेका छन् । संयुक्त सरकारका प्राथमिकतामा ९ वटा प्राथमिकता समेटिएको छ ।

कार्यदलका एक सदस्यले भोलि विहान सत्ता गठबन्धनको बैठक बसेर सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिने बताए हुन ।

बैठकमा कार्यदलबाट श्रेष्ठले मस्यौदा पेस गरेका थिए । त्यसमाथि मंगलबार साँझ विस्तृत रुपमा छलफल छ । उनले भने, ‘हिजो सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममाथि गम्भीर छलफल भएको छ । भोलि विहान सत्ता गठबन्धनको बैठक बसेर सम्भवत भोलि नै सार्वजनिक गरिन्छ होला ।’

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार