बर्दगोरिया र विश्व बैंकका पदाधिकारीहरुद्वरा खानेपानी आयोजनाको संयुक्त अनुगमन

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका र विश्व बैंकका पदाधिकारीहरुले मंगलबार विभिन्न वडामा संचालित तथा निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजनाको संयुक्त अनुगमन गरेका छन ।

पालिकाको वडा नम्बर १,३,४ र ६ का अधुरा खानेपानीलाई विश्वबैंकको सहायतामा n -wash परियोजनाले चाडै निर्माण गरिने अनुगमनका क्रममा पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले जानकारी दिए ।

पालिका र विश्व बैंकको लगानीमा पालिकाका ६ वटै वडामा शुद्ध खानेपानी ,ढल निकास र सार्बजनिक शौचालय निर्माण हुनेछन् ।

 

सोही परियोजना अन्तरगत वडा नम्बर २ र ५ लाई पनि शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ विश्वबैंकका प्रतिनिधि नेपाल सरकार खानेपानी संस्थाका प्रतिनिधि र बर्दगोरिया गाउँपालिका अध्यक्ष,उपाध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत सहित वडा अध्यक्षहरुले स्थलगत अनुगमन गरि आगामी तीन वर्षभित्र बर्दगोरियाका सम्पूर्ण जनतालाई शुद्ध खानेपानी पिलाउने गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले प्रतिबद्धता समेत गरेका छन ।

पालिका अध्यक्ष कुँवरको नागरिकप्रतिको उत्तरदायित्वका कारण अहिले सर्बत्र चर्चा चलिरहेको छ । अध्यक्ष कुँवरले पालिकालाई समृद्ध र नमुना बनाउन उज्यालो अभियान अन्तरगत हाईवे क्षेत्रमा हाईमास्ट लाईट जडान गरि उज्यालो बनाएका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार