कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जसका कारण आज शनिबार  प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार  पनि देशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सोमबार देशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार