डुंगा पल्टिदा पाकिस्तानमा ७ जनाको मृत्यु, १३ जना बेपत्ता

१४, भाद्र २०७९ काठमाडौं । पाकिस्तानमा डुंगा पल्टिदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन । यस्तै दक्षिणी सिन्ध प्रान्तमा भएको उक्त दुर्घटनामा अन्य १३ जना बेपत्ता भएका छन् ।

उक्त डुंगा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा पल्टिएको थियो । डुंगामा करिब दुई दर्जन यात्रु सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

उद्धारकर्ताहरूले महिला र बालबालिका गरि ७ जनाको शव फेला पारेका थिए । नदीमा बेपत्ता भएका अन्यको खोजी भइरहेछ ।

यसैबीच, पाकिस्तानमा पछिल्लो समयमा आएको बाढीले लाखौँ मानिस विस्थापित भएका छन् । बाढीपछि सरकारले आपत्काल घोषणा गरेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार