सुदुरपश्चिम विशेष

बद्री कुन्ता मेमोरियल ट्रस्टका सदस्य जोशीले गरे बर्दगोरियाका खेलाडीहरु सँग भेट र खेलमैदान अवलोकन

बद्री कुन्ता मेमोरियल ट्रस्टका सदस्य जोशीले गरे बर्दगोरियाका खेलाडीहरु सँग भेट र खेलमैदान अवलोकन

बर्दगोरिया । कैलाली जिल्ला फूटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा यहि पुस १८ देखि पुस २६ गतेसम्म धनगढी रंगशालामा हुन गईरहेको Badri–Kunta Memorial District Level U–16 Smart Generation Championship–2026 का लागि कैलाली जिल्लाका फुटबल क्लबहरु जोरतोरका साथ लागिरहेका छन् । यहि बिचमा बिहिवार बद्री कुन्ता मेमोरियल ट्रस्टका अध्यक्ष कमला जोशी संस्थापक सदस्य गोकर्ण जोशी र उहाँको टिमले कैलालीको बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका खेलाडीहरु सँग भेट गर्दै वडा नम्बर ४ मा रहेको कोतागडी खेलमैदान समेत अवलोकन गरेका छन् । बद्री कुन्ता मेमोरियल ट्रस्टका संस्थापक सदस्य गोकर्ण जोशी र उहाँको टिमलाई कैलालीको बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टस्का अध्यक्ष प्रमोद…
पुरा पढ्नुहाेस्
मोहन्यालको घाटछामा बस पुगेपछि जनतालाई राहत

मोहन्यालको घाटछामा बस पुगेपछि जनतालाई राहत

बौनिया । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ को घाटछाल सम्म बस सञ्चालन भएपछि स्थानीय बासीलाई राहत भएको छ । स्थानीय नवदुर्गा सामुदायिक बनले समयमै बाटो सरसफाइ गरेपछि बस सञ्चालन सम्भव भएको स्थानीयहरू बत्ताउँछन् । “बाटो त पहिल्यै खुलेको हो तर बस चलेको थिएन । बर्खामा भत्किने गाउँपालिकाले पर जेठ वैशाखमा मात्रै सरसफाइ गर्ने, यस्तै थियो । यो चोटि चाहिँ सामुदायिक वनले चाँडो सरसफाइ ग¥यो अनि बस पनि चलाए । हाम्रा लागि सारै राम्रो भयो । बस चढ्न सोल्टा सम्म ८÷१० किलोमिटर हिँड्नु पर्थ्यो त्यो पनि अब त सजिलो भयो ।” स्थानीय नन्द बुढाले भने । विगतमा चिसापानीबाट सोल्टा सम्म…
पुरा पढ्नुहाेस्
२२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस बर्दगोरियामा मनाइयो

२२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस बर्दगोरियामा मनाइयो

बौनिया/ २२ औँ महिला सामुदायिक  स्वास्थ्य स्वयंसेविका दिवस कैलालीको बर्दगोरिया गाउँपालिकामा पनि भव्य रुपमा मनाइएको छ। “स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नारासहित कार्यक्रम गरी दिवस मनाइएको हो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लालपरिया डगौरा थरुनिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । पहिले महिला स्वयंसेविकाले माशिक भत्ता २ हजार पाउदै आएकोमा अब देखि सो रकम वृद्धि भएर माशिक भत्ता ४ हजार पाउने भएका छन । साथै अध्यक्ष कुँवरले ६० बर्षमा अनिवार्य अवकास पछि महिला स्वास्थ्य स्वयंसेविकाले पाउदै आएको २० हजारलाई वृद्धि गरेर १ लाख दिने प्रतिबद्धता समेत…
पुरा पढ्नुहाेस्
नेकपाको आज सुदूरपश्चिम प्रदेशस्तरीय पार्टी एकता सन्देश सभा धनगढीमा हुँदै

नेकपाको आज सुदूरपश्चिम प्रदेशस्तरीय पार्टी एकता सन्देश सभा धनगढीमा हुँदै

कैलाली । आज (शुक्रबार) धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको पार्टी एकता सन्देश सभा हुँदैछ । पार्टीको आज सुदूरपश्चिम प्रदेशस्तरीय एकता सन्देश सभा हुन लागेको हो । धनगढीको क्याम्पस रोड चोक तथा चौराहाबाट आज बिहान ११: ३० बजे भेला भएर जुलुससहित पार्क मोडमा एकत्रित भइ रंगशालाको दक्षिण–पश्चिमको चौरमा १२ः३० बजे सन्देश सभा गर्ने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टीका नेता डा.भीम रावलले बताए । गाउँ र शहर सबै ठाउँमा पार्टी तथा जनवर्गीय संगठनका नेता कार्यकर्ताले सन्देश सभाको बारेमा सन्देश पुर्‍याएको बताउँदै सभाका हजारौं जनताको सहभागिता रहने उनले दाबी गरे । रावलले जुलुस तथा सभाको शान्ति सुरक्षाका लागि स्थानीय प्रशासनसँग गहन छलफल भएको बताउँदै…
पुरा पढ्नुहाेस्
कैलालीका तीन पालिकामा अपाङ्गता भएका बालबालिका सम्बन्धी स्थानीय नीति बन्दै

कैलालीका तीन पालिकामा अपाङ्गता भएका बालबालिका सम्बन्धी स्थानीय नीति बन्दै

देवानन्द न्याैपाने  लम्की (कैलाली) १०, मंसिर । कैलालीका तीन पालिकामा अपाङ्गता भएका बालबालिका सम्बन्धी स्थानीय नीति बन्ने भएको छ । जिल्लाकाे लम्कीचुहा नगरपालिका , टीकापुर नगरपालिका र  जानकी गाउँपालिकामा अपाङ्गता भएका बालबालिका सम्बन्धी स्थानीय नीति २०८२ बन्न लागेको हाे । गुडनेवर्स इन्टरनेशनल नेपालको सहयोगमा नीतिकाे मस्यौदा तयार गरी प्रारम्भीक छलफल समेत भईसकेकाे छ । तीनवटै पालिकामा निर्माण हुन लागेकाे नीतिले अपाङ्गता भएका बालबालिकाकाे हक, अधिकार र समानजनक जीवनयापनकाे अधिकारलाई कानुनीरूपमा संरक्षण गर्न , सुनिश्चित हुने बिश्वास गरिएको छ ।" अपाङ्गता भएका बालबालिकालाई मर्यादित र सम्मानित जीवन जिउन सहज हाेस् भन्ने अभिप्रायका साथ कैलालीका तीनवटै पालिकामा स्थानीय नीति निर्माणमा सहयोग गरिरहेका…
पुरा पढ्नुहाेस्
लम्की महोत्सव २०८२ को पूर्व संन्ध्यामा लम्की बजार सरसफाई 

लम्की महोत्सव २०८२ को पूर्व संन्ध्यामा लम्की बजार सरसफाई 

लम्की । मंगलबार आज लम्की बजार सरसफाई गरीएको छ ।   लम्कीचुहा उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको लम्की महोत्सव २०८२ को पूर्व संन्ध्यामा बजार सरसफाई गरीएको हो ।   सरसफाई कार्यक्रममा लम्कीचुहा उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय संघ संस्था, बजारबासीहरुको लगाएतको सहभागिता रहेको छ । (more…)
पुरा पढ्नुहाेस्
हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

९ मंसिर, धनगढी । हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ ।  भीमदत्त नगरपालिका-१४ को बनकट्टी स्याउले क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले कच्ची घर भत्काएर आक्रमण गर्दा ४५ वर्षीया धना बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान करिब पौने ३ बजेतिर बिष्ट घरभित्र सुतिरहेका बेला हात्तीले कुल्चेर गम्भीर घाइते बनाएको थियो । घाइते उनलाई तत्काल उद्धार गरी महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पुगाइएको थियो तर बिष्टको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको थियो । निकुञ्ज क्षेत्रमा हात्तीको आक्रमणबाट हरेक वर्ष मानिसको मृत्यु हुने गरेको छ । प्रहरीले स्थानीयलाई वन्यजन्तुबाट सावधानी अपनाउन तथा जोखिम क्षेत्र नजिक…
पुरा पढ्नुहाेस्
प्रदेश ब्यापी बिधालय स्तरीय फुटबल प्रतियोगिता : छात्र/छात्राको क्वाटर फाईनल समीकरण पूरा

प्रदेश ब्यापी बिधालय स्तरीय फुटबल प्रतियोगिता : छात्र/छात्राको क्वाटर फाईनल समीकरण पूरा

बर्दगोरिया । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा जारि बिधालय स्तरीय प्रदेश व्यापी छात्र/छात्रा फुटबल प्रतियोगिताको क्वाटर फाईनल समीकरण पूरा भएको छ ।   बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसको आयोजनामा मंसिर २ गते देखि संचालन भएको प्रतियोगितामा सोमबार छात्र र छात्रा तर्फको क्वाटरफाइनल समीकरण पूरा भएको हो ।   क्वाटरफाईनलका खेलहरु मंगलबार बाट सुरु हुनेछन । जसमा बिहान छात्रा तर्फको पहिलो खेलमा खडक मेमोरियल का विरुद्ध राष्ट्रिय माध्यामिक बिधालय देवकलिया बीचको खेल बिहान ८ बजे हुने छ , भने बिहान १० बजे छात्र तर्फको पहिलो क्वाटरफाईनल खेलमा कर्णाली माध्यामिक बिधालय सत्तीका विरुद्ध हेबन गार्डेन जोशिपुर बिच खेल हुने छ । यसै गरि दिउँसो…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढीलाई

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढीलाई

  बर्दगोरिया । कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई ब्रेकरमा कोटागढीका लागी बोधराज भण्डारी, अनिल चौधरी र राजेश सुनारले एक एक गोल गरे । यस्तै बौनियाका लागी नृप साउँद र विकास मल्लले एक एक गोल गरे । कोटागढीले सेमिफाइनल खेलमा सामुदायिक शिक्षकलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । भने बौनिया बजारले आयोजक बर्दगोरिया पत्रकार मञ्चलाई ३–० गोल…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा मैत्रीपूर्ण फुटबल खेल सुरु, पत्रकार, व्यापारी र शिक्षकको विजयी सुरुवात

बर्दगोरियामा मैत्रीपूर्ण फुटबल खेल सुरु, पत्रकार, व्यापारी र शिक्षकको विजयी सुरुवात

बर्दागोरिया । बार्दगोरिया पत्रकार मञ्चले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल शुक्रवारबाट सुरु भएको छ । पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागी खेल भन्ने मूल नाराका साथ आयोजना गरिएको फुटबल खेलको पालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यो खेलले आपसी सद्भाव र मेलमिलाप कायम गरेको बताए । “यो प्रतियोगिता सबैको भेटघाट हुने, आपसी प्रेस साट्ने, मेलमिलाप र एकता कायम गर्ने माध्यम बनेको छ । व्यवसायी रूपमा फुटबल नखेल्नेहरूका लागी यसले रमाइलो माहौलको वातावरण समेत निर्माण गरेको छ । यो कार्यक्रम निरन्तरताको कामना गर्दछु ।” उनले भने । खेलमा बर्दगोरिया पत्रकार मञ्च, गाउँपालिकाका जनप्रतिनिधि, पालिकाका कर्मचारी, बौनिया…
पुरा पढ्नुहाेस्