सुदुरपश्चिम विशेष

बर्दगोरिया-५ मा १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर सम्पन्न

बर्दगोरिया-५ मा १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा संचालन गरिएको १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिका पशु सेवा शाखा प्रमुख जयप्रकास कोइरलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी (लालदीप) रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गिरीले पशु स्वस्थ रहे मात्र मानिस स्वस्थ रहने बताए । मानिसलाई लाग्ने विभिन्न प्रकारका रोगहरु मध्ये आधा भन्दा बढी रोगहरु पशु बाट सर्ने हुदा पशु स्वस्थ रहन जरुरी रहन्छ । त्यसकारण बर्दगोरिया गाउँपालिकाले मानिसहरू स्वास्थ्य सँगै पशु स्वास्थ्य लाई पनि प्राथमिकतामा राखेको छ । जस अनुसार पालिकाको पशु सेवा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर संञ्चालन हुँदै

बर्दगोरिया-५ मा १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर संञ्चालन हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर कार्यक्रम संञ्चालन गरिने भएको छ । गाउँपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०८०/०८१ का विनियोजित बजेट उक्त १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर कार्यक्रम संञ्चालन गरिन लागेको हो । कार्यक्रम पालिकाको वडा नम्बर ५ को कार्यालय कोइलीभुरुवामा संचालन गरिने गाउँपालिका पशु सेवा शाखाका नायव पशुसेवा प्राविधिक अनिल ओलीले जानकारी दिए । उक्त शिविर फाल्गुन २१ गते सोमबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म संचालन गरिने भएको छ । शिविरमा दिइने सेवाहरु १) विज्ञ पशु चिकित्सक द्वारा पशु चेकजाँच तथा उपचार २)…
पुरा पढ्नुहाेस्
एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरियाको तेस्रो गाउँ परिषद सम्पन्न

एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरियाको तेस्रो गाउँ परिषद सम्पन्न

बर्दगोरिया । एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटीको तेस्रो गाउँ परिषद शनिवार सम्पन्न भएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटी अध्यक्ष पुष्कर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य गणेश राज गिरी (लालदीप) रहेका थिए । यस्तै कार्यक्रममा विशिष्ट अतिथि पार्टी जेष्ठ नागरिक सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य, पार्टी बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद (आएम), रहेका थिए । कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उपाध्यक्ष गिरीले बर्दगोरिया गाउँपालिका तथा आफ्नो व्यक्तिगत तर्फबाट कुनै पनि शिक्षक…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा लघुवित्त कर्मचारी मञ्च बाैनियाले गर्‍यो रक्तदान

बर्दगोरियामा लघुवित्त कर्मचारी मञ्च बाैनियाले गर्‍यो रक्तदान

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लघुवित्त कर्मचारी मञ्च बाैनियाकाे आयाेजनामा शनिबार उक्त एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा लघु वित्तका कर्मचारी तथा बर्दगोरिया गाउँपालिकाका स्थानीय जनसमुदाय मिलि २२ पोइन्ट रगत संकलन भएको मञ्चका अध्यक्ष दुर्गा दत्त जाेशिले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा लघु बित्त प्रती आम जनसमुदायमा परेको नकारात्मक प्रभावलाई मेटाउदै लघुबित्तहरु जनसमुदायको हक हितमै रहेको कुरालाई प्रष्ट पार्ने उद्देश्यका साथ उक्त १ दिने रक्तदान कार्यक्रम आयोजना गरेको बताए । साे कार्यक्रममा नेपाल रेडक्रस साेसाइटि टिकापुरले प्राविधिक सहयोग रहेको थियो ।
पुरा पढ्नुहाेस्
टीकापुर अस्पताल, चार वर्षमा दुई हजार महिलाको भयो पाठेघरको शल्यक्रिया

टीकापुर अस्पताल, चार वर्षमा दुई हजार महिलाको भयो पाठेघरको शल्यक्रिया

टीकापुर । कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो । अस्पतालका स्त्री रोग विशेषज्ञ डा सञ्जयकुमार दासले  सुत्केरी सेवा लिने र पाठेघरको समस्या भएकालाई शल्यक्रिया सेवा दिएका हुन् । सो अवधिमा उनले जटिलता रहेका तीन हजार बढीलाई नर्मल सुत्केरी सेवासमेत दिएका छन्।     टीकापुर अस्पतालमा हरेक महिना झण्डै दुई सयले सुत्केरी सेवा लिने गरेका छन् । सुत्केरी हुन जटिलता भएका ३५ देखि ४० जनाको शल्यक्रिया हुने गरेको डा दास बताउछन् । यसबाहेक अस्पतालमा सातामा तीन÷चार महिलाको पाठेघरको शल्यक्रिया हुने गरेको छ ।…
पुरा पढ्नुहाेस्
श्री कालिका मा.वि.को विद्यालय व्यवस्थापन समिति गठन तथा अभिभावक भेला कार्यक्रम सम्पन्न

श्री कालिका मा.वि.को विद्यालय व्यवस्थापन समिति गठन तथा अभिभावक भेला कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन तथा अभिभावक भेला सम्पन्न भएको छ । बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगतबहादुर शाही रहेका थिए । यस्तै बिशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट रहेकी थिइन । कार्यक्रमलाई सम्बोधन गर्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगतबहादुर शाहीले विद्यालयमा कुनै पनि प्रकारको राजनीतिक क्रियाकलाप नगर्न आग्रह गरे। उनले भने - "जुन संघसंस्था राजनीति खेलवाड हुन्छ त्यो संस्था दीर्घकालीन हुँदैन । त्यसमा पनि…
पुरा पढ्नुहाेस्
पूर्व प्रधानमन्त्री ओलीले गरे बर्दगोरिया गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन

पूर्व प्रधानमन्त्री ओलीले गरे बर्दगोरिया गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन

कैलाली । कैलाली बर्दगोरिया गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको आइतबार समद्घाटन गरिएको छ । भवनक आइतबार पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन । भवन उद्घाटनका क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले भवन उद्घाटन हुँदा पालिका बाट हुने सम्पूर्ण सेवालाई थप सहज हुने बताए । उनले भने अहिले को यो आधुनिक तथा प्राविधिक समयमा प्रविधिमैत्री वातावरणमा आम स्थानीय जनतालाई सेवा प्रभाव गर्न अनुरोध गर्दै विकास निर्माण कार्यलाई निरन्तरता दिन अनुरोध गरे । साथै भौतिक विकासका साथै कृषिकार्यलाई पहिलो प्राथमिकता साथ अगाडि बढाउन अनुरोध गरे । आर्थिक वर्ष २०७६/०७७ सालबाट निर्माण सुरु गरिएको प्रशासनिक भवन ५…
पुरा पढ्नुहाेस्
दानुफाँटा नमुना सामुदायिक वनको ११औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः जोशी

दानुफाँटा नमुना सामुदायिक वनको ११औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः जोशी

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको ११ औं चुनावी वार्षिक साधारण सभा सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको अध्यक्षतामा शनिबार उक्त ११ औं चुनावी वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त चुनावी साधारणसभा बाट पुन टेकराज जोशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा नन्दाराम विष्ट र धनबहादुर विश्वकर्मा रहेका छन भने सचीवमा लक्ष्मीदेवी सापकोटा, कोषाध्यक्षमा दृवबहादुर विश्वकर्मा, सहसचिव चक्रबहादुर विष्ट, सदस्यमा सविना बडुवाल, टेकसरा हमाल, विरबहादुर रानामगर, जुनादेवी भण्डारी, कलशा शाही, भविसरा सार्की चयन भएको निर्वाचन समितिका अधिकृत भुपेन्द्रबहादुर राष्कोटीले…
पुरा पढ्नुहाेस्
बालबाटिका विद्या मन्दिरले मनायो ११ औं बार्षिक उत्सब तथा अभिभावक दिवस 

बालबाटिका विद्या मन्दिरले मनायो ११ औं बार्षिक उत्सब तथा अभिभावक दिवस 

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको नव बालबाटिका विद्या मन्दिरले आफ्नो ११ औं बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको छ । बिधालयका संस्थापक देव बहादुर मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नास्ट इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक शिबहरी मुडभरी रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा नास्ट इन्जिनियरिङ कलेजका प्राचार्य उपेन्द्र बम र आरएमई स्कुल टिकापुरका प्राचार्य तेजराज खनाल रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिती शिबहरी मुडभरिले बिद्यालयमा शिक्षक, बिद्यार्थी र अभिभावक बिचको सुमधुर सम्बन्धले शिक्षण सिकाई प्रभावकारी हुने बताए । उनले शिक्षाको विकासका लागि सबैको साझा चासो आवस्यक भएको भन्दै गुणस्तरीय शिक्षामा पनि जोड दिए…
पुरा पढ्नुहाेस्
श्री बालकन्या मा.वि.ले गर्‍यो सरस्वती पुजा सँगै विभिन्न सांस्कृतिक कार्यक्रम

श्री बालकन्या मा.वि.ले गर्‍यो सरस्वती पुजा सँगै विभिन्न सांस्कृतिक कार्यक्रम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको श्री बालकन्या माध्यमिक विद्यालयको आयोजनामा विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरिएको छ । सरस्वती पुजा एवम वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । सरस्वती पुजाको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका छात्रछात्रा, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यालयका शिक्षक, शिक्षिकाहरुले विद्याकी देवी सरस्वतीको फोटोमा फुल अबिर तथा अगरबत्ती बालेर सरस्वती बन्दना गरी मनाएका छन्। सरस्वती पुजाकै अबसरमा चित्रकला प्रदशनी गरिनुका साथै सास्कृतिक कार्यक्रम गरिएको थियो । सोही अवसरमा विद्यालयले गाएन प्रतियोगिता समेत गरेको प्रधानाध्यापक सुशिला कुवरले बताउनुभयो । कार्यक्रममा बर्दगोरिया शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट,…
पुरा पढ्नुहाेस्