सुदुरपश्चिम विशेष

कर्मचारी झैँ सेवा प्रवाहमा समर्पित टिकापुर एकका वडा अध्यक्ष 

कर्मचारी झैँ सेवा प्रवाहमा समर्पित टिकापुर एकका वडा अध्यक्ष 

बिहान ठिक १० बज्छ । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीको चाप बढ्न थाल्छ। कोही नागरिकताको सिफारिस लिन हतारिएका देखिन्छन् त कोही व्यक्तिगत घटना दर्ताका लागि फाइल बोकेर पालो पर्खिरहेका देखिन्छन् । यही भिडभाडका बिच एउटा कुर्सीमा एक व्यक्ति निकै व्यस्त देखिन्छन्, जो कहिले कम्प्युटरमा डाटा इन्ट्री गर्दै छन् । उनी कहिले कागजात रुजु गर्छन् कहिले किबोर्डमा औँला चलाउँदै नागरिकताको विवरण सच्याउँछन्। ​हेर्दा उनी कुनै तालिमप्राप्त कर्मचारी जस्तै लाग्छन् तर उनी त्यहाँका कर्मचारी होइनन् । उनी त ४६ हजार जनताले विश्वास गरेर जिताएका वडा अध्यक्ष मोहन बिक हुन्। ​सामान्यतया, हाम्रा समाजमा वडा अध्यक्ष भन्ने बित्तिकै एउटा छुट्टै…
पुरा पढ्नुहाेस्
बर्दगोरिया कलेजको प्रथम वार्षिक साधारणसभा सम्पन्न; अध्यक्षमा पुन: कुँवर निर्विरोध चयन

बर्दगोरिया कलेजको प्रथम वार्षिक साधारणसभा सम्पन्न; अध्यक्षमा पुन: कुँवर निर्विरोध चयन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बर्दगोरिया कलेजको प्रथम वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा चार सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत (निर्विरोध) रूपमा चयन गरिएको छ। साधारणसभाले भिम बहादुर कुँवरलाई पुनः अध्यक्षमा चयन गरेको छ भने जितेन्द्र राज न्यौपाने, सरस्वती बिक र मिरा आले सदस्यमा निर्विरोध चयन भएका छन्। नवनिर्वाचित समितिले कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुधार तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साधारणसभामा सहभागी वक्ताहरूले नयाँ नेतृत्वले कलेजको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। कलेज प्रशासनले पनि नयाँ समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाको प्रगतिका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। कलेज संचालक…
पुरा पढ्नुहाेस्
बर्दगोरिया कलेजमा जिल्ला प्रशासन कार्यालय कैलालीले गर्यो युवा लक्षित सचेतना कार्यक्रम 

बर्दगोरिया कलेजमा जिल्ला प्रशासन कार्यालय कैलालीले गर्यो युवा लक्षित सचेतना कार्यक्रम 

बर्दगोरिया । जिल्ला प्रशासन कार्यालय कैलालीले युवा लक्षित सचेतना कार्यक्रमको थालनी गरेको छ । विद्यालय, क्याम्पस तथा युवा क्लबहरुमा सचेतना अभिवृद्धी कार्यक्रम संचालन अभियान अन्तर्गत शुक्रबार कैलालीको बर्दगोरिया कलेजमा सचेतना कार्यक्रम संचालन गरिएको छ । लागू औषध दुव्र्यशनी, त्यसको असर तथा रोकथामका उपायहरुका बारेमा कार्यक्रम मार्फत जानकारी दिइएको छ । बर्दगोरिया कलेजमा भएको कार्यक्रमको सहजिकरण इलाका प्रहरी कार्यालय बौनियाका प्रमुख, प्रहरी निरिक्षिक डम्मर बिष्टले गर्नुभएको थियो । यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख विजल्ला अधिकारी किरण जोशीले समुदायमा लागुऔषद सेवनको अवस्था, यस बिरुद्धका कानूनी प्रावधान, समुदाय तथा अभिभावकहरुको भूमिका लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । बर्दगोरिया गाउँपालिका उपाध्यक्ष…
पुरा पढ्नुहाेस्
कैलालीमा मोटरसाइकल दुर्घटनाः चालकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटनाः चालकको मृत्यु

धनगढीः कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। टीकापुर नगरपालिका–१ वनकार्यालय स्थित डुडेझारी सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००९ प ६७७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय रमेश शाहीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई टीकापुर अस्पताल टीकापुर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया गा.पाका संस्थापक अध्यक्ष डगौरा थारुको निधन

बर्दगोरिया गा.पाका संस्थापक अध्यक्ष डगौरा थारुको निधन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक गाँउपालिका अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको निधन भएको छ। डगौराको गएराती उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो । उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनले बर्दगोरिया क्षेत्र र नेपाली कांग्रेस वृत्तमा अपूरणीय क्षति पुगेको छ। उनि २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। संघीयता कार्यान्वयनको सुरुवातमा नयाँ संरचना अनुसार गाउँपालिकालाई जगैदेखि संस्थागत गर्न र विकासका योजनाहरू अघि बढाउन उनले अभिभावकीय भूमिका निर्वाह गरेका…
पुरा पढ्नुहाेस्
फरक क्षमता, अशक्त तथा ज्येष्ठ नागरिकले लाइन नलागेर मतदान गर्न पाउने

फरक क्षमता, अशक्त तथा ज्येष्ठ नागरिकले लाइन नलागेर मतदान गर्न पाउने

कैलाली । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, साना बच्चा भएका महिला तथा अन्य विशेष समूहका मतदाताले लाइन नलागी सहज रूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको जनाएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार फरक क्षमता भएका तथा अन्य प्राथमिकता समूहका मतदातालाई सहज रुपमा मतदानको व्यवस्था गर्न सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्देशन दिइएको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिएका हुन्। उनका अनुसार अन्य महिला र पुरुष मतदाताहरुले भने नियमित रूपमा लाइनमा बसेर मतदान गर्नुपर्नेछ। मतदान प्रक्रियाअनुसार मतदाताले सुरुमा ‘पहिलो हुने निर्वाचित हुने’ प्रणालीअन्तर्गत सेतो कागजमा रातो अक्षर रहेको मतपत्रमा उम्मेदवारलाई…
पुरा पढ्नुहाेस्
दलित मुक्ति मोर्चा कैलाली २ को क्षेत्रीय भेला बर्दगोरियामा सम्पन्न

दलित मुक्ति मोर्चा कैलाली २ को क्षेत्रीय भेला बर्दगोरियामा सम्पन्न

बर्दगोरिया । नेपाली कमयुनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा कैलाली क्षेत्र नं २ को क्षेत्रीय भेला बर्दगोरियामा सम्पन्न भएको छ। प्रतिनीधि सभा सदस्य पदको निर्वाचन नजिकिए सङ्गै नेपाली कम्युनिष्टले आफ्नो घरदैलो अभियान सङ्गै पार्टीका विभिन्न भातृ संगठनहरुले पनि आआफ्नो संघठनको भेला गर्दै कसरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदारवार कसरी विजयी गराउने भन्ने विषयमा छलफलका साथै आआफ्नो आन्तरिक तयारीमा जुटेका छन्। सोही अनुसार आज नेपाली कम्युनिष्ट पार्टीको भातृ संगठन दलित मुक्ति मोर्चा कैलाली क्षेत्र नम्बर २ ले मोर्चाको क्षेत्रीय भेला सम्पन्न गरेको हो । भेलामा पार्टीको उम्मेद्वार लाई कसरी विजयी गराउने भन्ने विषयमा छलफल गर्नका साथै सहभागीहरूमा प्रशिक्षण समेत गराइएको थियो ।…
पुरा पढ्नुहाेस्
बौनिया जेसीजले बर्दगोरियाका मुख्य बजारमा फहरायो नयाँ राष्ट्रिय झण्डा 

बौनिया जेसीजले बर्दगोरियाका मुख्य बजारमा फहरायो नयाँ राष्ट्रिय झण्डा 

बौनिया । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बौनिया जेसीजले नेपालको झण्डा फहराएको छ।   कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको बौनिया जेसीजले प्रजातन्त्र दिवसको अवसर पारी सडकपुर बौनिया बजार र कोटागढी बजारमा नेपालको झन्डा फराएको हो। बौनिया बजार को मुख्य चोक र कोटागढी बजारको मुख्य चोकमा फराएका झन्डा पुराना भई च्यातिएको हुँदा प्रजातन्त्र दिवसको विशेष अवसर पारी उक्त झण्डाहरु बौनिया जेसीजले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर फेरेको बौनिया जेसीज वर्ष २०२६ का अध्यक्ष भीमबहादुर बिक बताए। जेसीज सधैँ समाजमा सकारात्मक कोणबाट परिवर्तन खोज्ने र युवाहरूलाई कसरी नेतृत्वदायी बनाउन सकिन्छ भन्ने कुराको मार्गदर्शक रहने हुँदा सोही कार्यअनुसार आफूहरूले उक्त झण्डा…
पुरा पढ्नुहाेस्
मार्गदर्शन एकेडेमीले मनायो १७ औं वार्षिक उत्सव

मार्गदर्शन एकेडेमीले मनायो १७ औं वार्षिक उत्सव

बौनिया । मार्गदर्शन एकेडेमीले आज आफ्नो १७ औं वार्षिक उत्सव मनाएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका —१ बौनिया मुडा गाउँमा सञ्चालित विद्यालयले आज एक भव्य समारोहका बीच वार्षिक उत्सव मनाएको हो । मार्गदर्शन एकेडेमीका सञ्चालक समिति अध्यक्ष खडक सिंह गडसिलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । कार्यक्रममा उपस्थित अतिथि तथा अभिभावकहरूलाई स्वागत मन्तव्य मार्फत शिक्षिका सिता चौधरीले स्वागत गरेकी हुन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुँवरले आफ्नो कार्यकालको पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य र खानेपानी रहेको बताए । आफू निर्वाचित भए पश्चात् बर्दगोरियामा पहिलो काम कलेज स्थापना गरेको बताए । उनले भने…
पुरा पढ्नुहाेस्
महाशिवरात्रिको अवसरमा बौनिया जेसीजले गर्यो साहारा घरमा सहयोग

महाशिवरात्रिको अवसरमा बौनिया जेसीजले गर्यो साहारा घरमा सहयोग

कैलाली।  महाशिवरात्रि पर्वको विशेष अवसर पारेर बौनिया जेसीजले साहारा घरमा खाद्यान्न तथा फलफूल सहयोग गरेको छ। आईतबार महाशिवरात्रि पर्वको विशेष अवसर पारेर बौनिया जेसीजले बर्दगोरिया गाँउपालिका वडा नम्बर २ स्थित साहारा घरमा खाद्यान्न तथा फलफूल सहयाेग गरेको हो । “सेवा नै धर्म हो, मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने जेसीजको मूल मन्त्रलाई आत्मसात गर्दै शिवरात्रिका दिन सहारा घरमा खाद्य तथा फलफुल सहयोग गरेको बौनिया जेसिजका अध्यक्ष भीमबहादुर बिकले बताए। अनुसार पर्वका बेला विभिन्न धार्मिक स्थलमा गए पूजापाठ गर्ने तर जहाँ खास सहयोग मानवता आवश्यक हुन्छ त्यस ठाउँमा खासै कसैको ध्यान नजाने गरेको हुँदा। शिवरात्री जस्तो धार्मिक पर्वमा जेसिसको मूल…
पुरा पढ्नुहाेस्