
बौनियाको आकाशे घैटाफोड सम्पन्न , कोईलिभुरुवा बैदिपुर विजेता बन्न सफल
बौनिया भदौ २ । कैलालीको बर्दगोरीया गाउँपालिकामा श्री कृष्ण जन्माष्टमीको अवसरमा हरेक वर्ष मनाउँदै आएको आकाशे घैटाफोड कार्यक्रम सम्पन्न भएको छ । युवाहरूको अभियान स्थानीय कला संस्कृतिको पहिचान भन्ने नारा दिइएको आकाशे घैटाफोडन कोईलिभुरुवा बैदिपुरको समूह सफल भएको छ । आकाशे घैटोफोडदै कोईलिभुरुवा बैदिपुरको समूहले नगद ५१ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ । यसै गरी भुईँ घैटाफोडन सफल भएका विपिन बमलाई ५ हजार ५ सय ५५ प्राप्त गर्दा , पाइप चढाई चढ्न गजेन्द्र नेपाली सफल भए र उनले नगद ७ हजार ५ सय ५५ हात पारे, यसै गरी मनोरञ्जनका लागि महिलाहरूलाई प्रतिस्पर्धा गराइएको कुर्सी दौडमा गीता…