बद्री कुन्ता मेमोरियल ट्रस्टका सदस्य जोशीले गरे बर्दगोरियाका खेलाडीहरु सँग भेट र खेलमैदान अवलोकन
बर्दगोरिया । कैलाली जिल्ला फूटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा यहि पुस १८ देखि पुस २६ गतेसम्म धनगढी रंगशालामा हुन गईरहेको Badri–Kunta Memorial District Level U–16 Smart Generation Championship–2026 का लागि कैलाली जिल्लाका फुटबल क्लबहरु जोरतोरका साथ लागिरहेका छन् । यहि बिचमा बिहिवार बद्री कुन्ता मेमोरियल ट्रस्टका अध्यक्ष कमला जोशी संस्थापक सदस्य गोकर्ण जोशी र उहाँको टिमले कैलालीको बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका खेलाडीहरु सँग भेट गर्दै वडा नम्बर ४ मा रहेको कोतागडी खेलमैदान समेत अवलोकन गरेका छन् । बद्री कुन्ता मेमोरियल ट्रस्टका संस्थापक सदस्य गोकर्ण जोशी र उहाँको टिमलाई कैलालीको बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टस्का अध्यक्ष प्रमोद…

















