राजनीति

नयाँ सत्ता साझेदारमा मुख्य मन्त्रालयको बाँडफाँड टुङ्गियो

नयाँ सत्ता साझेदारमा मुख्य मन्त्रालयको बाँडफाँड टुङ्गियो

काठमाडौं । नयाँ सत्ता साझेदार सँगै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद् पुनर्गठन गरेको २ दिनपछि मुख्य मन्त्रालयको बाँडफाँड टुंगिएको छ । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), रास्वपासहितका सत्ता साझेदार दलले मन्त्रिपरिषद्मा भागबण्डा गरेका हुन् । बुधावार टुंगिएको भागबण्डाअनुसार माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री बन्नेछन् । माओवादीबाटै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने तय भएको छ । यसैगरी, एमालेका तर्फबाट सरकारमा पार्टी सचिव रघुवीर महासेठले नेतृत्व गर्ने भएका छन् । महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने तय भएको छ । एमालेबाट यसअघि नै पदम गिरीले शपथ लिइसकेका छन् भने दामोदार भण्डारी, हरि उप्रेती, राजेन्द्र राई, ज्वालाकुमारी साह,…
पुरा पढ्नुहाेस्
गृह र अर्थ मन्त्रालयमा माओवादीले दाबी

गृह र अर्थ मन्त्रालयमा माओवादीले दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले गृह र अर्थ मन्त्रालयमा दाबी गरेको छ। मंगलबार अपराह्न बालुवाटारमा बसेको गठबन्धन बैठकमा माओवादीले गृह र अर्थ र मन्त्रालय आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेको हो। ‘हामीले अर्थ र गृहमा दाबी गरेका छौं,’ माओवादीका एक नेताले भने। माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमा दाबी गरिरहेका छन्। यता गृहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि दाबी गरिरहेको छ। सभापति रवि लामिछाने गृहमन्त्री पाएमा आफैँ सरकारमा जाने तयारीमा छन्। तर एमालेले भने अर्थ र गृह दुवै मन्त्रालयमा दाबी नगरेको स्रोतको भनाइ छ। सोमबार माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्दै एमाले, रास्वपा र जसपासहितको…
पुरा पढ्नुहाेस्
सत्ता गठबन्धनको भागबन्डा आजै नटुङ्गिने

सत्ता गठबन्धनको भागबन्डा आजै नटुङ्गिने

काठमाडौं । नयाँ समीकरण सँगै बनेको सत्ता गठबन्धनको भागबन्डा आजै नटुङ्गिने देखिएको छ । सरकार बाहिर रहेका अन्य दललाई पनि समेट्नुपर्ने भएकाले आजै भागबन्डा टुङ्गिने सम्भावना नरहेको बताइएको छ । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टीको औपचारिक बैठक बसिरहेको भएपनि भागबण्डा आजै टुङ्गिने सम्भावना नरहेको गठबन्धन दलका नेताको भनाइ छ । माओवादी महासचिव देव गुरुङले भने, ‘छलफल चलिरहेको छ । आज सबै कुरा निर्णय नहुन पनि सक्छ ।’ यस्तै एमाले उपाध्यक्ष ईश्वर पोखरेलले पनि आज सबै भागबन्डा टुङ्गिने सम्भावना नरहेको बताए । उनले भने, ‘साथीहरू लाग्नु भएको छ । आज सबै निर्णय आउला…
पुरा पढ्नुहाेस्
नेकपा एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

नेकपा एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

काठमाडौं । नेकपा एमालेले आफ्नो प्रमुख सचेतकमा महेश बर्तौला मनोनित गराएको छ। एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि पार्टीले बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो । संसदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् । यस्तै  सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।
पुरा पढ्नुहाेस्
जसपा पनि सरकारमा सहभागी हुने तयारीमा

जसपा पनि सरकारमा सहभागी हुने तयारीमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पनि नयाँ समीकरणअनुसार गठन हुन लागेको सरकारमा सहभागी हुने तयारीमा रहेको छ । जस अनुसार अहिले नयाँ गठबन्धन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्न जसपा कार्यकारिणी समितिको बैठक जारी छ । बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसिरहेको एक नेताले जानकारी दिए । नयाँ समीकरणअनुसार बनाइने सरकारमा जसपाले तीन मन्त्रालयमा दाबी गरेको सो पार्टीका एक सांसदले जानकारी दिए । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणका साथ सरकार बनाउने गरी पछिल्लो समय राजनीतिक घटनाक्रम विकास भएको छ
पुरा पढ्नुहाेस्
एमाले र माओवादी बीच नयाँ सहमति: एमालेबाट गिरीलाई मन्त्रीमा पठाइने

एमाले र माओवादी बीच नयाँ सहमति: एमालेबाट गिरीलाई मन्त्रीमा पठाइने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सहमति बनेसँगै गत वर्ष पुसमा भत्किएको गठबन्धनले पुनः निरन्तरता पाएको छ । गएराति अबेरसम्म बसेको बैठकले पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । त्यसमा एमाले र रास्वपाका एक एक जना मन्त्री बन्ने छन् । जसमा नेकपा एमालेका बाट पार्टी प्रमुख सचेतक पदम गिरीलाई मन्त्रीमा पठाइने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।
पुरा पढ्नुहाेस्
रास्वपाको सरकारमा जाने निर्णय

रास्वपाको सरकारमा जाने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको छ । सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकबाट नयाँ समीकरणमा सरकारमा जाने निर्णय गरिएको हो । जसमा रास्वपाले सरकारमा कति सिट लिने र क–कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउने अधिकार सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई दिइएको छ । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणका साथ सरकार बनाउने गरी पछिल्लो समय राजनीतिक घटनाक्रम विकास भएको छ ।
पुरा पढ्नुहाेस्
बर्दियाको समग्र विकासका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

बर्दियाको समग्र विकासका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडाैं | बर्दियाको समग्र विकासका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराइएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेकपा (माओवादी केन्द्र)का नेताहरूले बर्दियाका विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । माओवादीका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग भेटेर बर्दियाको विकासका विषयमा छलफल गरेका हुन् । नेताहरूले ठाकुरबाबाको मुक्त कमैया र सुकुम्बासी बस्तीमा देखिएको समस्या, स्थानीय विकास र अन्य विविध विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको वैकल्पिक केन्द्रीय सदस्य लोकराज जैसी (लोकेश)ले जानकारी दिए । ठाकुरबाबाको पर्यटकीय विकास, राष्ट्रिय निकुञ्ज र जनावरबाट भोग्नुपरेको समस्या तथा सुरक्षाको उचित व्यवस्थापनलगायत विषयमा आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए । छलफलपछि प्रधानमन्त्री प्रचण्डले बर्दियाको…
पुरा पढ्नुहाेस्
नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि

नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन आज देखि सुरु हुँदैछ । सम्मेलन आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्मेलन सुरु हुनेछ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीयको सचिवालय ले जानकारी दिएको छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहनेछ । पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको हो । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो ।…
पुरा पढ्नुहाेस्
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दै

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठक  बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने गरी तय गरिएको सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार बैठक  दुई दिनसम्म चल्नेछ । बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ । समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ । माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका…
पुरा पढ्नुहाेस्