राजनीति

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । तीन संसदीय समितिको बैठक पनि आजै आजै तीन वटा संसदीय समितिको बैठक बस्दै छ…
पुरा पढ्नुहाेस्
मुख्यमन्त्री शाहले गरे वन मन्त्री चौधरीलाई बर्खास्त

मुख्यमन्त्री शाहले गरे वन मन्त्री चौधरीलाई बर्खास्त

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन ।   सत्तारुढ दलको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरी ४ जेठमा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए । मन्त्रीमा नियुक्त भएको महिना दिन पुगेको थिएन, ३ असारमा मुख्यमन्त्री कमलबहादुर शाहले बन चौधरीलाई मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएका थिए । तर, मन्त्री चौधरीले पदबाट राजीनामा दिएका थिनन् । मन्त्री पदबाट बर्खास्त गरिदिन चुनौती दिएका चौधरीलाई मुख्यमन्त्री शाहले बिहिवार पदमुक्त गरेका हुन् । मुख्यमन्त्री शाहले मन्त्री चौधरीको राजीनामा माग्नुको पछाडि तीन कारण चर्चामा थियो । नियुक्तिमा सल्लाह…
पुरा पढ्नुहाेस्
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधि, रुपन्देही क्षेत्र नम्बर ३ उपनिर्वाचन सम्बन्धमा छलफल हुनेछ । साथै बैठकमा कुलिङ पिरियडमा भइरहेको विवाद र संसद्मा आफ्नो पार्टीले गर्दै आएको विरोधको बारेमा पनि छलफल हुने बताइएको छ ।
पुरा पढ्नुहाेस्
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ुसंघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ु बैठकमा पेस गर्नेछन् । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३…
पुरा पढ्नुहाेस्
सरकारले ल्याएको बजेट चित्तबुझ्दो छैनः कांग्रेसका सभापति देउवा

सरकारले ल्याएको बजेट चित्तबुझ्दो छैनः कांग्रेसका सभापति देउवा

काठमाडौं । सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफूलाई चित्त नबुझेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्। नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिलेको नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफू र पार्टीलाई चित्त नबुझेको बताए। उनले नेपाल भारतको खुला सीमाका कारण तस्करी हुने गरेको भन्दै कडाइ गर्न जरुरी रहेको बताए। सभापति देउवाले सुनको आयातलाई पूर्णरूपमा खुला गरे लुकीछिपी ल्याउने काम बन्द हुने उल्लेख गरे। उनले भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग विद्यमान रहेकाले यसलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनीकरण गर्नुपर्ने बताए। उनले उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरालाई सरकारले सहयोग गर्नुपर्ने…
पुरा पढ्नुहाेस्
रास्वपाले बोलायो सचिवालय र दलको बैठक

रास्वपाले बोलायो सचिवालय र दलको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । रास्वपा प्रवक्ता समेत रहेका नेता मनिष झाका अनुसार सोमबार अपराह्न १ बजे सचिवालय बैठक बस्नेछ भने ३ बजे संसदीय दलको बैठब बस्ने भएको हो । दुवै बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण र गृहमन्त्रीको राजीनामाका साथै पार्टी गतिविधिका बारेमा छलफल गर्ने एजेन्डा तय भएको छ ।
पुरा पढ्नुहाेस्
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक

नेकपा एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । सोमबार आजका लागि नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । समसामयिक विषय र संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेटका सम्बन्धमा छलफल गर्न सोमबार दिउँसो १ बजे बस्ने गरी दलको बैठक बोलाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवन लोत्सेहलमा बस्ने गरी बैठक बोलाइएको हो । बजेटमाथिको छलफल मंगलबारबाट सुरु हुँदैछ । विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् बैठक अवरोध गर्दै आएका छन् ।
पुरा पढ्नुहाेस्
संयुक्त जनआन्दोलन समितिले फिर्ता लियो आजको उपत्यका बन्द 

संयुक्त जनआन्दोलन समितिले फिर्ता लियो आजको उपत्यका बन्द 

काठमाडौं। सोमबार आज संयुक्त जनआन्दोलन समितिले घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ। समितिले संयोजक नवराज सुवेदीले हस्ताक्षर गरेको एक विज्ञप्ति जारी गर्दै कार्यक्रम फिर्ता लिएको जनाएको हो। आइतबारको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार सामाजिक सञ्जालमा फेसबुक मार्फत सोमबार हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जनाएका थिए । ‘सामान्यतया राप्रपा बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा छ। आज सरकारको तर्फबाट पक्राउमा परेका नेता कार्यकर्ताहरूको रिहाइको विशेष सन्दर्भमा उपत्यका बन्दको  प्रसङ्ग उठेको भए पनि पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा भइसक्नुभएको…
पुरा पढ्नुहाेस्
भोलि राजावादीहरूले नारायणचौरमा प्रदर्शन गर्ने

भोलि राजावादीहरूले नारायणचौरमा प्रदर्शन गर्ने

काठमाडौं । राजसंस्था र हिन्दू राष्ट्र पुर्नस्थापनको माग राख्दै आन्दोलित भएका राजावादीहरुले यसलाई निरन्तरता दिने भएका छन्। नारायणहिटीमा प्रदर्शन गर्न नपाएपछि बालुवाटारको सडकमै बसेर कार्यक्रम गरेका उनीहरुले भोलि नक्सालको नारायणचौरमा कार्यक्रम गर्ने भएका छन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आजको भोलि २ बजे नारायणचौधरमा प्रदर्शन हुने जानकारी नेपालखबरलाई दिए। ‘आजको कार्यक्रम सकियो,’ उनले भने, ‘भोलि नक्सालको नारायणचौरमा २ बजे कार्यक्रम हुन्छ।’ राजावादीहरू जेठ १५ गतेदेखि निरन्तर आन्दोलित छन्। राजसंस्थान पुर्नस्थापना नभएसम्म यो आन्दोलन जारी रहने श्रेष्ठले बताए। उनले भने, ‘यो आन्दोलन राजसंस्था नफर्किएसम्म चल्छ।’
पुरा पढ्नुहाेस्
कांग्रेस–एमालेको रोग सरुवा रोग हो, उनीहरूसँग सहकार्य हुँदैन स् प्रचण्ड

कांग्रेस–एमालेको रोग सरुवा रोग हो, उनीहरूसँग सहकार्य हुँदैन स् प्रचण्ड

काठमाडौं । प्रचण्डले कांग्रेस र एमालेसँगको सहकार्यबाट राम्रो अनुभव नभएको बताए। उनले अब जनताको घरघरमा गएर समस्याको समाधान गर्ने र अन्य दलसँग सहकार्य नगर्ने कुरा व्यक्त गरे। माओवादी केन्द्रले हुलाकी अभियानमा तराईमा ८÷९ लाख जनता पार्टीमा प्रवेश गरेको र दुई पार्टीसँग एकता गरेको जानकारी दिए। मध्यपहाडी लोकमार्ग अभियानपछि थप तीन पार्टीसँग एकता गर्ने कुरा पनि उनले बताए। प्रचण्डले कीर्तिपुरलाई धन्यवाद दिँदै आगामी दिनमा नयाँ काम गर्ने दृढता व्यक्त गरे। उनले उपत्यका जागरण अभियान जेठ २० गतेदेखि सुरु हुने र नेवार समुदायलाई प्राथमिकता दिइने बताए। काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाँदा पटक–पटक कांग्रेस र…
पुरा पढ्नुहाेस्