राजनीति

वाईसीएलको अध्यक्षमा श्रीपाइली चयन

वाईसीएलको अध्यक्षमा श्रीपाइली चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)को अध्यक्षमा सुवोध श्रीपाइली चयन भएका छन् । काठमाडौंमा सम्पन्न वाइसीएलको राष्ट्रिय भेलाले श्रीपालीलाई अध्यक्षमा चयन गरेको हो । यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । वाइसीएलको पदाधिकारीमात्रै ६१ जनाको बनेको छ भने केन्द्रीय समिति ३ सय ५१ सदस्यीय घोषणा भएको छ । पदाधिकारीमा उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायतको पद सिर्जना गरिएको छ । शुक्रबार वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । त्यसपछि बन्दसत्र सम्पन्न भए पनि निर्वाचन प्रक्रिया सुरु भएपछि सर्वसम्मत रुपमा श्रीपाली अध्यक्ष चयन भएका हुन् । यसअघि श्रीपाली वाईसीएलको सहसंयोजक थिए भने…
पुरा पढ्नुहाेस्
५, भाद्र २०७९ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको अन्तिम दाहसंस्कार आज हुने भएको छ। उनको शनिबार ७५ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। त्यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ । त्यसपछि पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। बिहान साढे ११ बजेदेखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि सानेपामा राखेपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने छ। प्रतिनिधिसभा सदस्य गिरिको दुई सातादेखि मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। भारतमा घाँटीको सफल शल्यक्रिया गरेर नेपाल आएका गिरिलाई…
पुरा पढ्नुहाेस्
कांग्रेसका नेता प्रदीप गिरिको उपचारका क्रममा निधन

कांग्रेसका नेता प्रदीप गिरिको उपचारका क्रममा निधन

४, भाद्र २०७९ काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रदीप गिरिको उपचारको क्रममा निधन भएको छ। उनको ७५ वर्षको उमेरमा उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः३६ बजे निधन भएको अस्पतालले जनाएको छ । काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए। घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना  भएका थिए । डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो ।
पुरा पढ्नुहाेस्

(माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पुन: बस्दै

४, भाद्र २०७९ काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको र आजको बैठकले यस विषयलाई टुंग्याउने विश्वास व्यक्त गरे ।
पुरा पढ्नुहाेस्