राजनीति

असारभित्रै क्रियाशील सदस्यता नवीकरण सक्नू पर्नेः नेपाली कांग्रेस

असारभित्रै क्रियाशील सदस्यता नवीकरण सक्नू पर्नेः नेपाली कांग्रेस

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसले असारभित्रै क्रियाशील सदस्यता नवीकरणका सम्पूर्ण काम सक्न मातहत समितिहरूलाई निर्देशन दिएको छ। बुधबार महामन्त्री गगन थापा नेतृत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले असारभित्रै क्रियाशील नवीकरण कार्य सक्न जिल्ला कार्यसमिति लगायतलाई निर्देशन दिएको हो। उक्त समितिले यसअघि वैशाख १५ गतेभित्र नवीकरणका काम सक्न भने पनि अधिकांश जिल्लाहरूले उक्त अवधिमा काम सम्पन्न गरेका थिएनन्। क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्यमा केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) छन्। बुधबारको बैठकबारे जानकारी दिँदै सदस्य प्रकाश रसाइली स्नेहीले असारभित्रै नवीकरणका काम सक्न भनिएको बताए। ‘क्रियाशील सदस्यता नवीकरणका कार्य जिल्लाहरूमा ३० प्रतिशतदेखि ६० प्रतिशतसम्म पुगेको अवस्था…
पुरा पढ्नुहाेस्
वाइसीएल नेपाल बर्दगोरियाको चौथो सम्मेलन सम्पन्न; अध्यक्षमा भक्त सदासंकर

वाइसीएल नेपाल बर्दगोरियाको चौथो सम्मेलन सम्पन्न; अध्यक्षमा भक्त सदासंकर

कैलाली । नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसीएल नेपाल बर्दगोरिया गाउँ कमिटीको चौथो सम्मेलन सम्पन्न भएको छ । बिहीवार बौनियामा सम्पन्न सम्मेलनले भक्त सदासंकरको नेतृत्वमा २५ सदस्यीय पालिका स्तरीय  कमिटी चयन गरेको हो। कमिटीको अध्यक्षमा भक्त सदासंकर,उपाध्यक्षमा नेहा चौधरी ,रामनारण चौधरी र बल बहादुर सोव, सचिबमा  ललित रसाइली ,कोषाध्यक्षमा राजु चौधरी र सह- सचिब प्रशुराम चौधरी लगाएत २५ सदस्य नयाँ कमिटी चयन गरेको हो । निवर्तमान अध्यक्ष अमित चौधरीको सभाध्यतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश कमिटी सह-सचिब नन्द बहादुर साउद ,विशिस्ट अतिथिका रूपमा वाइसीएल नेपालका केन्द्रिय उपाध्यक्ष मिङ्मा देन्डु शेर्पा अतिथिमा नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम…
पुरा पढ्नुहाेस्
राप्रपाको प्रदर्शनीमा सीसी क्यामेरा र ड्रोनद्धारा निगरानी गरिने

राप्रपाको प्रदर्शनीमा सीसी क्यामेरा र ड्रोनद्धारा निगरानी गरिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंमा गर्न लागेको प्रदर्शनको निगरानी सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट गरिने भएको छ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा गर्न लागेको जुलुससहित प्रदर्शनी सभा निगरानी सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट गरिने भएको हो । जुलुसमा उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा मान्छे उपस्थित हुने राप्रपाले दाबी गरेको छ । सोही अनुसार भोलि मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् । सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन्…
पुरा पढ्नुहाेस्
माओवादीले हटायो प्रदेश सहइन्चार्ज पद,  (सुचीसहित)

माओवादीले हटायो प्रदेश सहइन्चार्ज पद,  (सुचीसहित)

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले प्रदेशमा सह इन्चार्जको पद खारेज गरेको छ । चैत १८ र १९ गते पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सो पद खारेज गर्ने निर्णय गरेको हो । जसअनुसार कोशी प्रदेशमा सावित्रीकुमार काफ्ले, अजम्बर काङवाङ, धर्मशीला चापागाईँ र सुरेशुकमार राई, मधेश प्रदेशमा विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, जोगबहादुर यादव र महेन्द्र पासवान, बागमती प्रदेशमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ, शालिकराम जमरकट्टेलको पद खारेज भएको छ । यस्तै गण्डकी प्रदेशमा हरिराज अधिकारी, लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी, कर्णाली प्रदेशमा टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट र विना मगर प्रदेश सह इन्चार्जलाई जिम्मेवारीबाट हटाइएको छ…
पुरा पढ्नुहाेस्
रास्वपा सभापति रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

रास्वपा सभापति रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो । सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ।…
पुरा पढ्नुहाेस्
नेपाल उत्पीडित जातीय मुक्ति समाज बर्दगोरियाको दोस्रो सम्मेलन सम्पन्न; अध्यक्षमा नवराज टमट्टा

नेपाल उत्पीडित जातीय मुक्ति समाज बर्दगोरियाको दोस्रो सम्मेलन सम्पन्न; अध्यक्षमा नवराज टमट्टा

बर्दगोरिया । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज बर्दगोरिया गाउँ कमिटीको दोस्रो सम्मेलन सम्पन्न भएको छ । संगठनको गत चैत्र २० गते बर्दगोरियामा सम्पन्न सम्मेलनले नवराज टमट्टाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी गठन गरेको थियो । जसको उपाध्यक्षमा मान बहादुर बिक, विर्मादेवि विस्वकर्मा, सचीवमा प्रकाश नेपाली , उपसचिवमा बबिता सुनार, हिरा सिंह भुल, कोषाध्यक्षमा विर्मादेवी भुललाई चयन भएका छन । यसैगरी सदस्यतर्फ पदम तिरुवा, धौली देवि विक, दल बहादुर भुल, पहल सिंह नेपाली, चेतमान भुल, कालाराम टमट्टा, रतन बिक, प्रताप बिक, बिमला देवि भुल, पुष्कर बिक, जङ्ग बहादुर भुल, रविन बिक र शेर बहादुर बिकलाइ चयन गरेको…
पुरा पढ्नुहाेस्
नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड

नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड

बाँके, २० चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताउनुभएको छ । बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको र नेतृत्वदायी भूमिकामा अघि बढाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र उर्जाको स्रोत बनेको छ ।’ जनमुक्ति सेनाको झण्डै ४० प्रतिशत संख्या महिला रहेको स्मरण गर्दै उहाँले महिला कमाण्डरले…
पुरा पढ्नुहाेस्
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै होः प्रचण्ड

जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै होः प्रचण्ड

कैलाली, २० फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व र लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताउनुभएको छ । कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ, यसले उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ । भ्रष्ट र दलालहरु विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका…
पुरा पढ्नुहाेस्
थारु राष्ट्रिय मुक्ति मोर्चालाई सम्बोधन गर्न प्रचण्ड आज टीकापुरमा आउदै 

थारु राष्ट्रिय मुक्ति मोर्चालाई सम्बोधन गर्न प्रचण्ड आज टीकापुरमा आउदै 

कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टीकापुर आउने भएका छन् । माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री दाहाल आज टीकापुर आउने भएका हुन । टीकापुर भानु चोक स्थित खुला मैदानमा हुने राष्ट्रिय सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको बताइएको छ । सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराइका २४ जिल्लाबाट करिब साढे सात सय जना प्रतिनिधि सहभागी हुने छन् । थारु राष्ट्रिय मुक्ति मोर्चा कैलालीका अध्यक्ष तिलक चौधरीले उपत्यका विशेष जिल्लाबाट समेत सम्मेलनमा प्रतिनिधि सहभागी हुने बताएका छन् ।  ‘सम्मेलनकि सबै तयारी पूरा भएको छ ।, उनले…
पुरा पढ्नुहाेस्
माओवादी केन्द्र बाँसगढीको तेस्रो नगर अधिवेशन सम्पन्न; अध्यक्षमा भिम खत्री 

माओवादी केन्द्र बाँसगढीको तेस्रो नगर अधिवेशन सम्पन्न; अध्यक्षमा भिम खत्री 

बर्दिया । नेकपा (माओवादी केन्द्र) बाँसगढी नगर समितिको तेस्रो अधिवेशनबाट भिम केसि (अभिष्ट) को नेतृत्वमा ४९ सदस्यीय नगर कमिटी निर्वाचित भएको छ । माओवादी केन्द्रको बाँसगढी नगर समितिको यहि पौष १३ गतेबाट शुरु भएको अधिवेशनबाट अध्यक्षमा भिम केसि निर्वाचित भएका हुन । पौष १३ बाँसगढी बहुमुखी क्याम्पस प्राङ्गणमा उद्घाटन शत्र सम्पन्न गरि कमिटी निर्वाचन लगाएत विभिन्न प्रतिवेदन र आगामी योजनाबारे छलफलका लागि शुरु भएको बन्द शत्र आज पाँचौ दिन ७ सदस्यीय पदाधिकारी सहित १० जना सदस्य पछि थप्ने गरि ५५ सदस्यीय नगर कमिटी निर्वाचित भएको छ । निर्वाचित नगर समितिको अध्यक्षमा भिम बहादुर खत्री निर्वाचन प्रकृयाबाट प्रतिद्वन्द्वी अध्यक्ष पदका अर्का…
पुरा पढ्नुहाेस्