राजनीति

राष्ट्रिय कलेजको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सुन्दर गौतमको उम्मेदवारी

राष्ट्रिय कलेजको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सुन्दर गौतमको उम्मेदवारी

बाैनिया/ कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा अवस्थित राष्ट्रिय कलेजको स्ववियु सभापतिमा नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी बाट सभापति पदमा सुन्दर गौतमले आफ्नो उम्मेदवारी दर्ता गरेका छन । आसन्न चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिका लागि जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ निवासी कुसल, इमानदार, तथा शिक्षा प्रेमी सुन्दर गौतमले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । सभापति पदका उम्मेदवार रहेका गौतमले आसन्न चैत्र ५ गतेको स्ववियु निर्वाचन भनेको कलेज तथा आम विद्यार्थीहरुको आगामी भविष्य सङ्ग जोडिएको हुँदा उक्त कार्यभार निस्वार्थ पुर्ण आफुले निभाउन सक्ने भएकाले आफुले आफ्नो उम्मेदवारी सभापतिका पदका लागि दर्ता गराएको नौलो प्रेस सङ्ग…
पुरा पढ्नुहाेस्
(माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको कार्यकर्ता प्रशिक्षण तथा सहिद सप्ताह कार्यक्रम सम्पन्न

(माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको कार्यकर्ता प्रशिक्षण तथा सहिद सप्ताह कार्यक्रम सम्पन्न

बर्दगोरिया । नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको कार्यकर्ता प्रशिक्षण तथा सहिद परिवारलाई सम्मान कार्यक्रम आइतबार सम्पन्न भएको छ। नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद (आयम) को सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बिमला सिंह रहेकी थिइन । यसैगरी कार्यक्रमको विशिष्ट अथितिका रूपमा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सचिबालय सदस्य तथा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरि (लालदिप) रहेका थिए । प्रशिक्षण कार्यक्रममा पार्टी प्रदेश सदस्य, जिल्ला सदस्य, पालिका सदस्य तथा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिदै प्रमुख अथिती बिमला सिंहले पार्टीलाई कसरी सुदृढीकरण गरि पार्टीलाई मजबुत गरि…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

कैलाली । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा बैठक बाट मुख्यमन्त्री शाहले विश्वासको मत लिने भएका हुन । एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । यता माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ । शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन…
पुरा पढ्नुहाेस्
आज राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आज राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । आज राष्ट्रियसभाको बैठक आज बस्दै छ ।सङ्घीय संसद्अन्तर्गत बैठक आज दिउँसो एक बजे बस्नेछ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५-७६, २०७६-७७ र २०७७-७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्याङ्कन प्रतिवेदन २०७९ सभासमक्ष पेस गर्नेछिन् । साथै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।
पुरा पढ्नुहाेस्
एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने

एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने

१३ फागुन, काठमाडौं । नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने निर्णय गरेको छ । राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले कांग्रेसबाहेक सबै दलसँग सहयोगसमेत मागेको छ । बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले् भने,’ २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसाग अगाडि बढ्छौं ।’
पुरा पढ्नुहाेस्
समर्थन फिर्ता लिदै सरकारबाट बाहिरियो राप्रपा

समर्थन फिर्ता लिदै सरकारबाट बाहिरियो राप्रपा

१३, फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । पार्टीको आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो । सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ । ‘हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनमा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ,’ राप्रपाले विज्ञप्तिमा उल्लेख गरेको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको थियो । पार्टी अध्यक्ष राजेन्द्र लिंदेन उपप्रधान…
पुरा पढ्नुहाेस्
एकिकृत अखिल नेपाल शिक्षक संगठन सुदुरपश्चिम प्रदेश समितिको अध्यक्षमा मन्नी चयन

एकिकृत अखिल नेपाल शिक्षक संगठन सुदुरपश्चिम प्रदेश समितिको अध्यक्षमा मन्नी चयन

९ फागुन, मसुरिया कैलाली । एकिकृत अखिल नेपाल शिक्षक संगठन सुदुरपश्चिम प्रदेश समितिको अध्यक्षमा खड्का मन्नी चयन भएका छन् । गौरीगंगामा सम्पन्न भएको दोस्रो प्रदेश अधिवेशनले मन्नीको अध्यक्षतामा ५१ सदस्यीय समितिको निर्विरोध चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा धौलासिंह जाग्री र गिता जोशी उपाध्यक्षमा राम प्रसाद सापकोटा र यज्ञराज पनेरु, महासचिव मनोज रावल, अर्थ उप-महासचिव परमानन्द नाथ, उप- महासचिव लोकराज भट्ट, सचिवमा धन प्रकाश गिरी, कुल बहादुर भण्डारी र राम बहादुर ऐर चयन भएका छन् भने सदस्यहरुमा जब्बर बडुवाल, धनञ्जय ढुङ्गाना,लिखिनी चौधरी, चक्र मल्ल, दान बहादुर शाह, उज्ज्वल सिंह धानुक, प्रेमदत्त कलौनी, भागीरथ पाण्डेय, परमानन्द जोशी लगायत रहेका छन्…
पुरा पढ्नुहाेस्
उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

चितवन । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले चितवन क्षेत्र नं २ मा हुने उक्त उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले एक सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन…
पुरा पढ्नुहाेस्
आज जनयुद्ध दिवस: देशभर सार्वजनिक विदा

आज जनयुद्ध दिवस: देशभर सार्वजनिक विदा

काठमाडौं । आज फागुन १ गते अर्थात जनयुद्ध दिवस । आज सरकारले सोमबार जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने घोषणा गरेको हो। वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक…
पुरा पढ्नुहाेस्
लुम्बिनी प्रदेशले पायो पूर्णता

लुम्बिनी प्रदेशले पायो पूर्णता

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। शनिबार साझ मुख्यमन्त्री लीला गिरी नेतृत्वको मनित्रपरिषद्ले पूर्णता पाएको हो। मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार आर्थिक मामिलामन्त्रीमा जोखबहादुर महरा बनेका छन्। यस्तै, चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री बनेका छन्। यसैगरी, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, तुलसीराम शर्मा, कृषि तथा भूमि व्यवस्थामन्त्री बनेका छन्।  त्यस्तै चन्द्रदेव गुप्ता सामाजिक विकासमन्त्री नियुक्त भएका…
पुरा पढ्नुहाेस्