समाचार

पितृपक्षको विधिवत् रुपमा आज समापन हुँदै

पितृपक्षको विधिवत् रुपमा आज समापन हुँदै

काठमाडौँ । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् रुपमा आज समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ । मिथिलाक्षेत्रमा पितृपक्षका बेला जलाशयमा…
पुरा पढ्नुहाेस्
थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरियाको दोस्रो सम्मेलन सम्पन्न: अध्यक्षमा लाल बहादुर चौधरी

थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरियाको दोस्रो सम्मेलन सम्पन्न: अध्यक्षमा लाल बहादुर चौधरी

बर्दगोरिया । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरिया गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । मङ्गलवार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ स्थित पृथ्वीपुरमा उक्त दोस्रो सम्मेलन सम्पन्न भएको हो । सम्मेलन बाट लाल बहादुर चौधरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी समेत सर्वसम्मत रूपमा चयन गरेको छ । जसको उपाध्यक्षमा प्रेमा कुमारी चौधरी, भोजराज डगौरा, राजेश चौधरी, कोषाध्यक्षमा उषादेवी कठरिया, सचिवमा राजकुमार चौधरी, सहसचिवमा रिता महत्तो थारु रहेका छन । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरिया गाउँ कमिटी उपाध्यक्ष भोजराज चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको सम्मेलनको प्रमुख अतिथिको रूपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व संविधान सभा सदस्य  कृष्ण कुमार चौधरी…
पुरा पढ्नुहाेस्
माओवादी केन्द्रले बाढी पहिरोको पीडितलाई सहयोगमा पहल गर्दै

माओवादी केन्द्रले बाढी पहिरोको पीडितलाई सहयोगमा पहल गर्दै

काठमाडौँ, । बाढी पहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्याङ्क सङ्कलन गर्न नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा हिजो साँझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढी पहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हुँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ । बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टी पङ्क्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय समेत गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका…
पुरा पढ्नुहाेस्

देशभर बाढीको स्थितिमा सुधार

रासस काठमाडौँ । देशभर मौसममा सुधार आएसँगै विभिन्न नदीमा बाढीको स्थितिमा पनि सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि भारी वर्षा रोकिएसँगै बाढीको स्थितिमा पनि सुधार आएको जानकारी दिएको छ । विभागका बाढीविद् विनोद पराजुलीले सबै नदीहरुमा बाढी सहज अवस्थामा आउने क्रममा रहेको जानकारी गराउँदै अब तत्कालका लागि थप बाढीको जोखिम नरहने जानकारी दिए । ुबाढी आएका अधिकांश नदीहरुमा पानीको सहत घट्ने क्रममा छ, विस्तारै नदीमा पानीको सतह कम हुँदै जाने छ,ु उनले भने, अब मनसुन पनि सकिन लाग्यो, अहिलेको जस्तो विनाश ल्याउने ठूलो वर्षाको सम्भावना कम छ ।
पुरा पढ्नुहाेस्
काठमाडौंका ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौंका ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौं । जल तथा मौसम विभागले काठमाडौं उपत्यकाका ११ स्थानमा हाल सम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ । विभागले आइतबार सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौंका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्याङ्क अनुसार हालसम्म कै धेरै पानी परेको उल्लेख गरिएको छ । जस अनुसार वर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौंको पानीपोखरीमा २०६.६ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । काठमाडौँ विमानस्थलको वर्षा मापन…
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमवार आज स्वदेश फर्किँदै छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज स्वदेश फर्किने भएका हुन । उनी आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम रहेको छ । त्यसको एक घण्टापछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी–पहिरोको क्षतिका बारेमा मन्त्री हरुसँग जानकारी लिनेछन् । गत असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यु योर्क गएका थिए । ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए ।
पुरा पढ्नुहाेस्
बाढी पहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या २ सय नजिक

बाढी पहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या २ सय नजिक

रासस काठमाडौँ । बाढी पहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ९२ पुगेको छ । ३० जना अझै बेपत्ता छन् । एक सय ९४ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । बाढी पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई अहिलेसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको पनि सरकारको भनाइ छ ।
पुरा पढ्नुहाेस्
भुटान भ्रमणमा जाँदै, पूर्व राजा ज्ञानेन्द्र शाह

भुटान भ्रमणमा जाँदै, पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौँ । भ्रमणको सिलसिलामा पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान जाने भएका छन् । शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने भएका हुन । शाहले नौरथाको अवधिमा त्यहाँका विभिन्न शक्तिपिठको दर्शन गर्ने कार्यक्रम रहेको छ । दसैँ मान्न भने उनी काठमाडौँ नै फर्किने कार्यतालिका तय भएको छ ।
पुरा पढ्नुहाेस्
 देशभर अधिकांश स्थानमा वर्षा

 देशभर अधिकांश स्थानमा वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। सबै प्रदेशको एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ, भने केही स्थानमा घनघोर वर्षा भइरहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी…
पुरा पढ्नुहाेस्
कैलालीको लम्की बाट लागु औषधसहित दुई जना पक्राउ

कैलालीको लम्की बाट लागु औषधसहित दुई जना पक्राउ

लम्की । कैलालीको लम्की चुहा नगरपालिकाबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जानकी गाउँपालिका– २ का १९ वर्षीय सुजन परियार र २१ वर्षीय रोहित नेपाली रहेका  छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय लम्की बाट खटिएको प्रहरीले पक्राउ ६ सय ७० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको गरेको हो। गस्तीमा रहेको प्रहरी टोलीले शङ्काको आधारमा चेकजाँच उनीहरूलाई ६ सय ७० मिलिग्राम लागु औषध बरामद गरेको हो। उनीहरू लम्की चुहा नगरपालिका वडा नम्बर ३ व्यवस्थित नगरबाट पक्राउ परेका हुन ।
पुरा पढ्नुहाेस्