समाचार

साहसिक पदयात्राका लागि थोराङ्ला पास

साहसिक पदयात्राका लागि थोराङ्ला पास

म्याग्दी । शरद यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेसी झर्दै गरेका चौँरी, याक, भेडाच्याङ्ग्रा र घोडाका बथान । विविधतायुक्त भूगोल, संस्कृति, प्रकृतिको सङ्गम र साहसिक मानिने थोराङ्ला झञ्ज्याङको पदयात्राको आकर्षण हो । थोराङ्ला झञ्ज्याङ समुन्द्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा छ । गण्डकी प्रदेशको लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेकाले थोराङ्लालाई साहसिक गन्तव्यका रूपमा लिइन्छ । शरद यामको सुरुवातसँगै मनाङदेखि थोराङ्ला झञ्ज्याङ पार गरेर मुस्ताङतर्फ जाने आन्तरिक…
पुरा पढ्नुहाेस्
चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोस्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागे पनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एक सातामा चिसो क्रमिक रूपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
पुरा पढ्नुहाेस्
आज पनि मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी

आज पनि मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौं । हिन्दुहरुको महान् चाड दशैंको निरन्तरता आज पनि जारी छ । शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी रहेको छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि जारी रहनेछ । मान्यजन टाढा टाढा हुने आफन्तले विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ…
पुरा पढ्नुहाेस्
तिन दिनपछि हुम्लाबाट पुनः हवाई उडान

तिन दिनपछि हुम्लाबाट पुनः हवाई उडान

सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरू भएको छ। यहाँ दसैंको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो। त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन। तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले बताए। आज नेपालगञ्जदेखि तारा एयरले एक पटक तथा नेपाल एयरलाइन्सले दुई पटक उडान भरेको उनले बताए। दुवै एयरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए। ुमंगलबारका लागि टिकट बुकिङ भइसकेको छ। अब यात्रुको चाप विस्तारै बढ्छ,ु प्रमुख लामाले भने। नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यतिधेरै नभए पनि हुम्लादेखि…
पुरा पढ्नुहाेस्
दसैँको समयमा मात्रै जुम्लामा बिके १६ करोडका खसीबोका र भेडा

दसैँको समयमा मात्रै जुम्लामा बिके १६ करोडका खसीबोका र भेडा

जुम्ला । जुम्लामा यो वर्षको दसैँको समयमा मात्रै १६ करोड रुपैयाँभन्दा बढीको खसीबोका र भेडाको कारोबार भएको छ। चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँको भेडा, खसी, बोका तथा राँगाभैँसी बिक्री भएको जानकारी दिए। शाखा प्रमुख रावलका अनुसार जिल्लाकै र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ सात हजार ९२८ खसीबोका र भेडा बिक्री भएका छन्। यस्तै१५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगाभैँसी खरिद बिक्री भएका छन्, जसमा ४८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमानः पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावः थोरै वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले देशभरआंशिक बदली रहि वर्षाको सम्भावना रहेको छ । देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै…
पुरा पढ्नुहाेस्
विजयादशमीको उत्तम साइत कुन देशमा कति बजे ?

विजयादशमीको उत्तम साइत कुन देशमा कति बजे ?

काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज दशैँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए । समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११ः ३६ बजेको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११ः४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान…
पुरा पढ्नुहाेस्
आज बडादसैँको मुख्य दिन: टीकाको उत्तम साइत बिहान ११:३६ बजे

आज बडादसैँको मुख्य दिन: टीकाको उत्तम साइत बिहान ११:३६ बजे

काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज दशैँ । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजयादशमी आफैमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समेत समितिले जनाएको छ । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ ।…
पुरा पढ्नुहाेस्
आश्विन शुक्ल नवमीः महानवमी पर्व मनाइँदै

आश्विन शुक्ल नवमीः महानवमी पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार…
पुरा पढ्नुहाेस्
आज नवरात्रको साँतौ दिनः दशैं घरमा फूलपाती भित्र्याइँदै

आज नवरात्रको साँतौ दिनः दशैं घरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ । आज नवरात्रको साँतौ दिन आश्विन शुक्ल सप्तमी तिथि । आजका दिन घरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैं घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ। नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष…
पुरा पढ्नुहाेस्