विश्व रेबिज दिवस; बर्दगोरियामा लगाइयो करिव ३ सय कुकुरहरूमा रेबिज विरुद्धको खोप
बर्दगोरिया । विश्व रेबिज दिवसको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिकामा घरपालुवा र छाडा कुकुरहरूको उक्त रेबिज विरुद्धको खोप लगाइएको छ । कुकुरको टोकाई बाट लाग्ने उक्त रोगको निराकरण गर्ने उद्देश्यका साथ बर्दगोरिया गाउँपालिका पशु सेवा शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा बर्दगोरिय गाउँपालिका भित्र रहेका करिब १ सय ४५ वटा घरपालुवा र १ सय ४६ वटा छाडा कुकुर गरी जम्मा ३ सय कुकुरहरू लाई उक्त रेबिज विरुद्धको खोप लगाइएको बर्दगोरिया पशु सेवा शाखाले जनाएको छ । खोप कार्यक्रममा भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सक डा. मिलन खनाल, बर्दगोरिया पशु सेवा शाखाका भेटेरिनरी अधिकृत जय प्रसाद…
















