विश्वकप लिग–२, नेपाल आज अमेरिकासँग भिड्दै
आइसिसी विश्वकप लिग–२ मा नेपाल आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आफ्नो तेस्रो श्रृंखलाको पहिलो खेलमा नेपालले घरेलु टोलीसँग नेपाली समय अनुसार राति ९ः१५ बजे भिड्ने भएको छ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी क्रिकेट मैदानमा हुने खेलमा नेपाल आफ्नो लिग–२ को विग्रदो लयलाई ट्रयाकमा ल्याउने प्रयासमा हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार लिग–२ खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो। लिग–२ खेल्नुअघि नेपाललले अमेरिकासँग टी–२० सिरिज खेलको थियो। सिरिज नेपालले क्लिन स्वीप गरेकाले टोल आत्माविश्वासी रहेको छ। यद्यपि, त्यसपछि अमेरिकी ‘ए’ सँगको खेलमा पराजित भएकाले एकदिवसीय खेलको अस्थिर लयले निरन्तरता पाउने हो कि भन्ने चिन्ता भने नेपाली…

















