समाचार

कैलालीमा १८ वर्षीया किशोरीमाथि करणी, एक जना पक्राउ

कैलालीमा १८ वर्षीया किशोरीमाथि करणी, एक जना पक्राउ

कैलाली । कैलालीमा जबरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। पत्राउ पर्नेमा टीकापुर नगरपालिका–१, वनगाउँ दक्षिण पुरूवाका २३ वर्षीय ओमप्रकाश घर्ती मगर रहेका छन घर्ती मगर १८ वर्षीया किशोरीमाथि करणी गरिएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सोमवार बिहान उनलाई नियन्त्रणमा लिएको हो। हाल मगरलाई हिरासतमा राखेर घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गराइएको छ। घटनाको थप विवरण सङ्कलन भइरहेको छ।
पुरा पढ्नुहाेस्
यातायात व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

यातायात व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

काठमाडौँ । सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका माग वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन गरिएको छ । सोमबार बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसित गृह मन्त्रालयमा छलफल गरी व्यवसायीको मागका सम्बन्धमा वार्ता गर्न कार्यदल गठन गरेका हुन् । गृहमन्त्री लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको जनाएका छन । कार्यदलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक सरकारका तर्फबाट कार्यदलमा रहेका छन् । त्यसैगरी आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर…
पुरा पढ्नुहाेस्
रास्वपाले बोलायो सचिवालय र दलको बैठक

रास्वपाले बोलायो सचिवालय र दलको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । रास्वपा प्रवक्ता समेत रहेका नेता मनिष झाका अनुसार सोमबार अपराह्न १ बजे सचिवालय बैठक बस्नेछ भने ३ बजे संसदीय दलको बैठब बस्ने भएको हो । दुवै बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण र गृहमन्त्रीको राजीनामाका साथै पार्टी गतिविधिका बारेमा छलफल गर्ने एजेन्डा तय भएको छ ।
पुरा पढ्नुहाेस्
देशभर आजदेखि अनिश्चितकालीन यातायात बन्द

देशभर आजदेखि अनिश्चितकालीन यातायात बन्द

काठमाडौँ । सोमबार देखि यातायात व्यवसायीले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि आजदेखी देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले जानकारी दिए । आफूहरूले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेको उनको भनाइ छ । यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको…
पुरा पढ्नुहाेस्
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र

कञ्चनपुर ।  दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र भइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माणका लागि तीव्र रूपमा काम भइरहेको जानकारी दिए । उनका अनुसार बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनमा हालसम्म एक हजार रुख कटानी भएका छन् । “बन्दरगाह निर्माणस्थलमा एक हजार पाँच सय ९३ रुख काट्नुपर्ने थियो । हालसम्म एक हजार रुख कटानी भइसकेका छन्,” उनले भने, “यो महिनाभित्र रुख कटानको काम सम्पन्न गरेर निर्माण कार्य अगाडि बढाउने तयारी छ, त्यसका लागि भारतले निर्माण कम्पनी छनौट गरिसकेको छ ।” भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने…
पुरा पढ्नुहाेस्
अछाममा भीषण हावाहुरी; दर्जन बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति

अछाममा भीषण हावाहुरी; दर्जन बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति

कैलाली । अछाममा आइतबार साँझ अएको भीषण हावाहुरीक कारण दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति पुगेको छ । आइतबार साझ करिब ५ बजेको समयमा आएको भीषण हावाहुरीका कारण  जिल्लाको पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकाका दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। सबैभन्दा बढी क्षति पञ्चदेवल विनायक नगरपालिका–२ मा बसोबास गर्ने हवाजै कामीको घर वरपर देखिएको छ। बगैँचामा रहेको रुखको हाँगा भाँचिएर शौचालय र सोलार प्यानल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै सो ठाउँको  लेख काडाँगाउँकी पवित्रा देवी धामीको दुई तले चारकोठे कच्ची घरको छाना उडाएको छ। पञ्चदेवल विनायक–३ का सिरे…
पुरा पढ्नुहाेस्
संयुक्त जनआन्दोलन समितिले फिर्ता लियो आजको उपत्यका बन्द 

संयुक्त जनआन्दोलन समितिले फिर्ता लियो आजको उपत्यका बन्द 

काठमाडौं। सोमबार आज संयुक्त जनआन्दोलन समितिले घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ। समितिले संयोजक नवराज सुवेदीले हस्ताक्षर गरेको एक विज्ञप्ति जारी गर्दै कार्यक्रम फिर्ता लिएको जनाएको हो। आइतबारको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार सामाजिक सञ्जालमा फेसबुक मार्फत सोमबार हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जनाएका थिए । ‘सामान्यतया राप्रपा बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा छ। आज सरकारको तर्फबाट पक्राउमा परेका नेता कार्यकर्ताहरूको रिहाइको विशेष सन्दर्भमा उपत्यका बन्दको  प्रसङ्ग उठेको भए पनि पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा भइसक्नुभएको…
पुरा पढ्नुहाेस्
कांग्रेस–एमालेको रोग सरुवा रोग हो, उनीहरूसँग सहकार्य हुँदैन स् प्रचण्ड

कांग्रेस–एमालेको रोग सरुवा रोग हो, उनीहरूसँग सहकार्य हुँदैन स् प्रचण्ड

काठमाडौं । प्रचण्डले कांग्रेस र एमालेसँगको सहकार्यबाट राम्रो अनुभव नभएको बताए। उनले अब जनताको घरघरमा गएर समस्याको समाधान गर्ने र अन्य दलसँग सहकार्य नगर्ने कुरा व्यक्त गरे। माओवादी केन्द्रले हुलाकी अभियानमा तराईमा ८÷९ लाख जनता पार्टीमा प्रवेश गरेको र दुई पार्टीसँग एकता गरेको जानकारी दिए। मध्यपहाडी लोकमार्ग अभियानपछि थप तीन पार्टीसँग एकता गर्ने कुरा पनि उनले बताए। प्रचण्डले कीर्तिपुरलाई धन्यवाद दिँदै आगामी दिनमा नयाँ काम गर्ने दृढता व्यक्त गरे। उनले उपत्यका जागरण अभियान जेठ २० गतेदेखि सुरु हुने र नेवार समुदायलाई प्राथमिकता दिइने बताए। काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाँदा पटक–पटक कांग्रेस र…
पुरा पढ्नुहाेस्
कस्तो रहला तपाईँको आजको दिन रु हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन रु हेर्नुहोस् राशिफल

वि.सं.२०८२ साल ज्येष्ठ १७ गते । शनिबार । ईश्वी सन् २०२५ मे ३१ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । ज्येष्ठ शुक्लपक्ष । तिथि–पंचमी, ४९ घडी ६ पला, रातको १२ बजेर ४९ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–तिष्य, ५१ घडी २९ पला, रातको १ बजेर ४६ मिनेट उप्रान्त अश्लेषा । योग – वृद्धि, २५ घडी ३४ पला, दिउसो ३ बजेर २४ मिनेट उप्रान्त ध्रुव । करण–बव, दिउसो १ बजेर १३ मिनेट उप्रान्त बालव, रातको १२ बजेर ४९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कर्कट । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर…
पुरा पढ्नुहाेस्
बढ्यो अमेरिकी डलरको मूल्य

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । शनीबार अजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंक्का अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ । हिजोको तुलनामा आज अमेरिकी डलरको मूल्य बढेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा रहेको थियो । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ११ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । स्वीस फ्रयांक एकको…
पुरा पढ्नुहाेस्