पश्चिम नेपालतर्फ मनसुन बढी सक्रियः यी जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले मनसुन नेपालको पूर्वी भू(भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । देशभर साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी र तराई लगायत बाँकी प्रदेशको पहाडी भू(भागका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती। पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहीबार डोटी डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही स(साना नदीहरूको…















