समाचार

बौनियाको आकाशे घैटाफोड सम्पन्न , कोईलिभुरुवा बैदिपुर विजेता बन्न सफल

बौनियाको आकाशे घैटाफोड सम्पन्न , कोईलिभुरुवा बैदिपुर विजेता बन्न सफल

बौनिया भदौ २ । कैलालीको बर्दगोरीया गाउँपालिकामा श्री कृष्ण जन्माष्टमीको अवसरमा हरेक वर्ष मनाउँदै आएको आकाशे घैटाफोड कार्यक्रम सम्पन्न भएको छ । युवाहरूको अभियान स्थानीय कला संस्कृतिको पहिचान भन्ने नारा दिइएको आकाशे घैटाफोडन कोईलिभुरुवा बैदिपुरको समूह सफल भएको छ ।   आकाशे घैटोफोडदै कोईलिभुरुवा बैदिपुरको समूहले नगद ५१ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ । यसै गरी भुईँ घैटाफोडन सफल भएका विपिन बमलाई ५ हजार ५ सय ५५ प्राप्त गर्दा , पाइप चढाई चढ्न गजेन्द्र नेपाली सफल भए र उनले नगद ७ हजार ५ सय ५५ हात पारे, यसै गरी मनोरञ्जनका लागि महिलाहरूलाई प्रतिस्पर्धा गराइएको कुर्सी दौडमा गीता…
पुरा पढ्नुहाेस्
पेट्रोल प्रतिलिटर दुई रुपैयाँले बढ्यो 

पेट्रोल प्रतिलिटर दुई रुपैयाँले बढ्यो 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य  बढाइएको हो । डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । निगमका अनुसार, पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो । डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४८ रुपैयाँ र तेस्रो वर्गका लागि १४९ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।…
पुरा पढ्नुहाेस्
बौनियामा श्री कृष्ण जन्माअष्टमीको अवसरमा आकाशे घैटाफोड कार्यक्रम हुँदै: प्रथम पुरस्कार ५१ हजार ५५५

बौनियामा श्री कृष्ण जन्माअष्टमीको अवसरमा आकाशे घैटाफोड कार्यक्रम हुँदै: प्रथम पुरस्कार ५१ हजार ५५५

बौनिया साउन ३० । कैलालीको बर्दगोरीया गाउपालिकामा श्री कृष्ण जन्माअष्टमीको अवसरमा हरेक वर्ष मनाउदै आएको आकाशे घैटाफोड कार्यक्रम हुने भएको छ । युवाहरुको अभियान स्थानिय कला संस्कृतिको पहिचान भन्ने नारा दिईएको आकाशे घैटाफोड कार्यक्रम घैटाफोड तथा सास्कृतिक समितिको आयोजनामा यहि भाद्र १ गते बौनियामा हुने शुक्रबार समितिका अध्यक्ष कृष्ण प्रसाद ओझाले जानकारी गराएका हुन । साथै बैठक बाट पदाधिकारीहरुलाई विभिन्न जिम्मेवारी पनि प्रदान गरिएको छ । मंच ब्यबस्थापकको जिम्मेवारी अध्यक्ष कृष्ण प्रसाद ओझा संयोजक रहने गरि तीन सदस्यीय रहेको छ । यसै गरि आकाशे घैटाफोडका लागी भरत ताम्राकार संयोजक सहित तीन सदस्यीय रहेको छ । यसै गरि सुरक्षा व्यबस्थापन तथा …
पुरा पढ्नुहाेस्
मनसुनको न्यून चापीय रेखा तराईबाट दक्षिणतर्फ सर्दै, कस्तो रहला आजको मौसम

मनसुनको न्यून चापीय रेखा तराईबाट दक्षिणतर्फ सर्दै, कस्तो रहला आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेपनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फलस्वरूप, नेपालमा मनसुन केही कमजोर हुँदै जाने भएपनि हाल बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने रहेको महाशाखाको भनाइ छ ।   आज बिहान सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।   आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका…
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री ओलीको भारत भ्रमण तयारीः तोडिनेछन् विगतका केही परम्परा

प्रधानमन्त्री ओलीको भारत भ्रमण तयारीः तोडिनेछन् विगतका केही परम्परा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्किएपछि भारतको औपचारिक भ्रमणमा जाल लागेका हुन ।   १५ र १६ गते अगष्ट ३१ र सेप्टेम्बर १० मा बेइजिङमा आयोजना हुने शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर फर्किएपछि उनी भारत भ्रमणमा जाने भएका हुन् ।   प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने तयारी छ । सोही भ्रमणको तयारीबारे छलफल गर्न आगामी आइतबार भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आउँदैछन् । प्रधानमन्त्री बनेको १४ महिनापछि हुन लागेको ओलीको भारत भ्रमणमा विगतका केही परम्परा तोडिने सम्भावना छ ।   उदाहरणका…
पुरा पढ्नुहाेस्
बाजुरा बाढी अपडेटः थप आठ घर बगाएको पुष्टि

बाजुरा बाढी अपडेटः थप आठ घर बगाएको पुष्टि

बाजुरा । बाजुरामा बुधवार राति परेको अविरल वर्षा सँगै आएको बाढीका कारण हिमाली गाउँपालिकाको–१ बिच्छ्यामा थप आठ घरसहित ७० बाख्रा बगाएको पुष्टि भएको छ।   तथ्याङ्क सङ्कलनका क्रममा गाउँपालिका–१ कुमाल बगरका आठ परिवारको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए। बाढीले कुमाल बगर बस्ने आइसिंह बोहरा, भीमराज बोहरा, सिमपानी बस्ने चन्द्रलाल, मनी बुढा र रविलाल बुढाको घर बगाएको प्रहरी निरीक्षक चौधरीले बताए।   बाढीले वीरसिंह बोहरा, धनरुप बोहरा, प्रबल बोहरा र सोही वडामा रहेको गोल्देमाणुदेखि टिन जोड्ने निर्माणाधीन झोलुङ्गे पुलका सामग्री बगाएको प्रहरी निरीक्षक चौधरीले बताए। बाढीले स्थानीय आइसिंह बोहराको पसल, बाख्राखोरसहित…
पुरा पढ्नुहाेस्
पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिंदै

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिंदै

भीमदत्त । सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन् । तराईमा जनसङ्ख्याको ग्राफ बढ्दो छ । नौवटा जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसङ्ख्याको २० प्रतिशत जनसङ्ख्या कञ्चनपुरमा छ ।   नेपालको जनगणना २०७८ का अनुसार यस प्रदेशमा २६ लाख ९४ हजार ७८३ जनसङ्ख्या छ । त्यसमध्ये महिलाको १४ लाख २१ हजार ९९७ छभने पुरुषको जनसङ्ख्या १२ लाख ७२ हजार ७८६ रहेको छ । यस प्रदेशबाट धेरै जना पुरुष रोजगारीका लागि भारत र तेस्रो मुलुकसमेत जाने गरेकाले अन्य प्रदेशको तुलनामा पुरुषको जनसङ्ख्या कम्ती र महिलाको जनसङ्ख्या बढी देखिएको हो । तथ्याङ्कअनुसार यहाँ महिलाको जनसङ्ख्या ५२ दशमलव ७७ र पुरुषको…
पुरा पढ्नुहाेस्
बाजुरामा बाढीले २ घर बगायो

बाजुरामा बाढीले २ घर बगायो

बाजुराः बाजुरामा बुधवार साँझ आएको बाढीले दुई घर बगाएको छ। बुधवार साँझ जिल्लाको हिमाली गाउँपालिका–१ मा बिच्छ्या खोलामा आएको को बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापा परिवारको दुई घर बगाएको हो।   बाढीले झोलुङ्गे पुल र बिच्छ्या मा.वि.मा पनि क्षति पुगेको गाउँपालिका–१ का वडा सचिव सन्जिव चौधरीले जानकारी दिए। उनका अनुसार वडा कार्यालय पनि जोखिममा परेको छ। बाढी आएपछि खोला किनारका बासिन्दा भागेर अग्लो ठाउँतिर गएका छन्।   गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले वडा नम्बर–१ सहित वडा नम्बर ५ मा पनि बाढीले क्षती पुर्याएको बताए। ‘सम्बन्धित ठाउँमा फोन सम्पर्क भइरहेको छैन’ उनले भने ‘वडा नम्बर १ मा पनि ठूलो क्षति…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबार ९आज० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।   राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४० रुपैयाँ २१ पैसा कायम भएको छ ।   युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहनेछ ।   यस्तै,अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५३ पैसा…
पुरा पढ्नुहाेस्
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।   बैठकमा सभामुखले सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।   त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।   हिजो गणपूरक सङ्ख्या नपुगेर संसद् बैठक स्थगित हुँदा सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत…
पुरा पढ्नुहाेस्