समाचार

जेनजीबाट घरमै कुटिए देउवा दम्पती

जेनजीबाट घरमै कुटिए देउवा दम्पती

२४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् ।   उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।   उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले  सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए ।   साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ । अनलाईन खबर
पुरा पढ्नुहाेस्
पोखरामा पनि गोली प्रहार: एक जना घाइते

पोखरामा पनि गोली प्रहार: एक जना घाइते

२३ भदौ, पोखरा । जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कास्कीमा एक जना घाइते भएका छन् ।  गोली लागेर घाइते भएका युवालाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरी स्रोतले जानकारी दियो । प्रहरीले गोली चलाएर काठमाडौं जेनजीहरूको मृत्यु भएपछि पोखरामा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरूद्ध नारा लगाइरहेका छन् । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नारा लगाइरहेका छन् । पोखराको मुख्य बजार क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच हानाहान चलिरहेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणको प्रयास गरिरहेको छ तर आन्दोलन झनै उग्र बनिरहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोक क्षेत्रको चार किल्ला…
पुरा पढ्नुहाेस्
जेनजी’को प्रदर्शन : मृत्यु हुनेको संख्या १४ पुग्यो, १९४ घाइते

जेनजी’को प्रदर्शन : मृत्यु हुनेको संख्या १४ पुग्यो, १९४ घाइते

काठमाडौं । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार (भदौ २३) मृत्यु हुनेको संख्या १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालसँगको समन्वयमा तयार पारेको तथ्यांकअनुसार, घाइते हुनेको संख्या १९४ जनाभन्दा बढी रहेको छ । घाइते भएर अस्पताल पुर्‍याइएकामध्ये सिभिल अस्पतालमा दुईजना, ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेजमा दुई र त्रिवि शिक्षण अस्पताल महाराजगंजमा एकजनाको मृत्यु भएको छ ।
पुरा पढ्नुहाेस्
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो

२३ भदौ, काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।
पुरा पढ्नुहाेस्
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

२३ भदौ, काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । समाचार स्रोतका अनुसार अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
पुरा पढ्नुहाेस्
जेनजी प्रदर्शन : एकको उपचार क्रममा मृत्यु, करिब ७० जना घाइते

जेनजी प्रदर्शन : एकको उपचार क्रममा मृत्यु, करिब ७० जना घाइते

काठमाडौँ । काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा क्रममा घाइते एक जनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन् । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । अस्पतालका प्रा.डा. मोहनचन्द्र रेग्मीले एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ करिब ७० जना घाइते भएका प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पताल र अन्य अस्पतालहरूमा उपचार भइरहेको छ ।
पुरा पढ्नुहाेस्
जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । #अनलाइन_खबर
पुरा पढ्नुहाेस्
जेनजी प्रदर्शन:गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

जेनजी प्रदर्शन:गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

२३ भदौ, काठमाडौं । सोमबार काठाडौं स्थित नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् ।   नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो ।   नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन् ।   उनलाई अहिले सिभिल अस्पताल लगिएको छ ।
पुरा पढ्नुहाेस्
आश्विन कृष्ण पक्ष : आजदेखि सुरु भयो सोह्र श्राद्ध

आश्विन कृष्ण पक्ष : आजदेखि सुरु भयो सोह्र श्राद्ध

२३ भदौ, काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने…
पुरा पढ्नुहाेस्
मेटाले माग्यो नेपाल सरकारलाई इमेलमार्फत्– सूचीकरणका लागि के–के चाहिन्छ ?

मेटाले माग्यो नेपाल सरकारलाई इमेलमार्फत्– सूचीकरणका लागि के–के चाहिन्छ ?

काठमाडौं । फेसबुकको मुख्य कम्पनी मेटाले सरकारलाई सूचीकरणका लागि आवश्यक कागजातका सम्बन्धमा चासो राखेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाले मन्त्रालयमा इमेल लेखेर सूचीकरणका लागि चासो राखेको हो । सरकारले बिहीबारमात्रै सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउँदै लगिने निर्णय गरेको थियो । त्यसपछि मेटा सम्पर्कमा आएको हो । उनका अनुसार मेटा ‘फर्मल च्यानल’बाट नआएका कारण यसैलाई आधार मान्न नसकिने निष्कर्ष सरकारको छ । मेटाले इमेलमार्फत् माग गरेको जानकारी आफूहरुले पनि इमेलमार्फत् नै पठाएको उनले बताए । “मेटाको केन्द्रीय कार्यालयको आधिकारिक डकुमेन्ट, नेपालको कर कार्यालयमा दर्ता भएको डकुमेन्टसहित इमेलमा सबै विवरण प्राप्त भएर सूचीकरण भएमा…
पुरा पढ्नुहाेस्