
NTBS बोर्डिङ स्कुलले मनायो तेस्रो वार्षिकोत्सव एवम् अभिभावक दिवस
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको NTBS बोर्डिङ स्कुलले तेस्रो वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएको छ । विद्यालयले स्थापनाको छोटो समयमा शैक्षिक क्षेत्रमा सुधार गर्दै अगाडि बढेको छ । विद्यालयका संस्थापक कोकिला खत्रीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरी विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्ण बहादुर कुँवरले भने शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरूको सर्वाङ्गीण विकासको निम्ति अनवरत रूपमा क्रियाशील रहेको र यसले अझै शिक्षा क्षेत्रमा परिवर्तन होस भन्दै शुभकामना व्यक्त गरे । साथै आफूले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै…