समाचार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापाको विर्तामोड नगरपालिका(७ स्थित खालबाडीमा गए राति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। विर्तामोड(७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। तराई मूलको जस्तो देखिने ती पुरुषलाई जङ्गलबाट आएको एउटा हात्तीले आक्रमण गरेर थियो। पुरुषको शव आज बिहान ६ः२० बजे स्थानीयवासीले देखेपछि खबर गरेका प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। रासस
पुरा पढ्नुहाेस्
देशका पहिरोका कारण पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

देशका पहिरोका कारण पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । देशभरका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण हाल देशभरका प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन्।   प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका(४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका(३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन्।   त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका(२ पासाङल्हामु राजमार्गस्थित नेपाल(चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका(५ स्थित मुग्लिङ(नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका(४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।   उनका अनुसार नवलपरासी पूर्वस्थित पूव(पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली(मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः मनसुनी वायु कमजोर बन्दै, स्थानीय वायुको आंशिक प्रभाव, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमानः मनसुनी वायु कमजोर बन्दै, स्थानीय वायुको आंशिक प्रभाव, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मधेस प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागका तथा बाँकी तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको…
पुरा पढ्नुहाेस्
नवरात्रको दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै

नवरात्रको दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा र आराधना गरिन्छ, जसले कठोर तपस्याको प्रतीक हो। देवी ब्रह्मचारिणीले भगवान शिवलाई प्राप्त गर्न हजारौं वर्षसम्म कठोर तपस्या गरेको र उनको तपस्याले तीनै लोकमा हाहाकार मच्चिएको थियो। ब्रह्मचारिणीको साधना तप, त्याग, वैराग्य, आत्मबल र ज्ञान वृद्धिका लागि गरिन्छ, र भक्तजनहरूले उनको आराधना गर्दा विभिन्न सुख प्राप्त गर्ने विश्वास छ। नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ। ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ। ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण धारण गरेकी छन्। दाहिने हातमा जपमाला र बाँया हातमा कमण्डलु लिएकी छन्। पौराणिक मान्यता अनुसार माता…
पुरा पढ्नुहाेस्
धनगढीमा रहेको एउटा सडकलाई जेनजी मार्ग नामकरण

धनगढीमा रहेको एउटा सडकलाई जेनजी मार्ग नामकरण

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको एउटा सडकलाई जेनजी मार्ग नामकरण गरिएको छ। जेनजी आन्दोलन र जेनजी शहीदहरूको सम्मानमा पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोड जोड्ने सडकलाई जेनजी मार्ग नामकरण गरिएको हो। नेपालमा सत्ता नै उलटफेर गर्नेगरी भएको जेनजी आन्दोलन सफल भएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सो मार्गलाई जेनजी मार्ग नामकरण गर्ने घोषणा गरेका थिए। नगर प्रमुख हमालको घोषणापछि जेनजीहरुले नै जेनजी मार्ग लेखिएको बोर्ड ठाउँ ठाउँमा राखेको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए। उनले नगर प्रमुखले गरेको घोषणाअनुसार सडकको नामकरण जेनजी मार्ग राख्ने प्रस्ताव कार्यपालिकाको बैठकबाट पारित गरिने उल्लेख गरे।
पुरा पढ्नुहाेस्
आइतबार सूर्यग्रहण लाग्दै; बार्ने की नबार्ने?

आइतबार सूर्यग्रहण लाग्दै; बार्ने की नबार्ने?

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले भोलि लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ। आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने? सुतक कति बजेदेखि लाग्छ? लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेकाले नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए। नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उनले बताए। आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्यग्रहण न्युजिल्यान्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिका लगायतका देशबाट मात्र देखिने जनाइएको छ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरद्वारा संविधान दिवसको शुभकामना व्यक्त 

बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरद्वारा संविधान दिवसको शुभकामना व्यक्त 

बर्दगोरिया । बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ का अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना गर्दै अध्यक्ष कुँवरले संविधानको पालना, सुशासन, पारदर्शिता र भ्रष्टाचार निवारण लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन अपरिहार्य रहेको बताए। अध्यक्ष कुँवरले सामाजिक आर्थिक विकासलाई तीव्रता दिनु, राजनीतिक स्थिरता कायम गर्नु र युवाको ऊर्जा सदुपयोग गर्नु वर्तमानको आवश्यकता भएको उल्लेख गरे ।  संविधानको रक्षा र जन-धनको सुरक्षाका निमित्त सम्यमता  अपनाई Gen-Z आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना समेत प्रकट गरेका छ । साथै घाइतेहरुको  शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्नु भएको छ…
पुरा पढ्नुहाेस्
बढ्यो अमेरिकी डलरको मूल्य

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य बढेको छ। आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा कायम भएको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको थियो। युरोपियन युरो एकको खरिदर १६६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ ७० पैसा र बिक्रीदर १९२ रुपैयाँ ५२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७९ रुपैयाँ १० पैसा कायम…
पुरा पढ्नुहाेस्
रातिभन्दा दिउँसो धेरै वर्षाको सम्भावना

रातिभन्दा दिउँसो धेरै वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । चारवटा प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । विभागले दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । क वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ । कोसी, मधेस,…
पुरा पढ्नुहाेस्
आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै

आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान साढे ८ बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । विसं २०७२…
पुरा पढ्नुहाेस्