सुदूरपश्चिममा आजदेखी ५ -१२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइदै
कैलाली । आज आइतबार देखि सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा सरकारले ५ वर्षदेखि १२ वर्ष भन्दा मुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप पहिलो मात्रा दिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना विरुद्धको खोप नपाएका बालबालिकालाई आजबाट भदौ ११ गते सम्म पहिलो मात्राको फाईजर खोप दिन लागिएको हो । मन्त्रालयका अनुसार भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइनेछ । खोप पाउने जिल्ला हरुमा अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्ला रहेका छन् । बालबालिकालाई दिइने फाइजर खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्ना बालबालिकालाई लगाउन मन्त्रालयले आग्रह गरेको छ।
















