मुख्य समाचार

काठमाडौं उपत्यका विश्वको वायु प्रदूषित शहरको दोस्रो स्थानमा

काठमाडौं उपत्यका विश्वको वायु प्रदूषित शहरको दोस्रो स्थानमा

काठमाडौं । आइक्यू एअरका अनुसार केही दिनदेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च रहेको छ। वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा देखिएको छ । अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) २५० रहेको छ। जसलाई खतरनाक अवस्था मानिन्छ। बुधबार नेपालको एक्यूआई ३७५ देखाएको थियो। विश्वका प्रदूषित शहरमध्ये पहिलो नम्बरमा रहेको भारतको दिल्लीको एक्यूआई ३०९ रहेको छ । मौसमविद्का अनुसार शुक्रबारदेखि वायुको वेग अधिक भएकाले बिहीबारको तुलनामा काठमाडौँमा सुधार देखिएको छ। हाल काठमाडौं उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको मौसमविद्को भनाइ छ। यता,…
पुरा पढ्नुहाेस्
कञ्चनपुरमा मृत भेटिएको हात्तीको अन्तिम संस्कार गरियो

कञ्चनपुरमा मृत भेटिएको हात्तीको अन्तिम संस्कार गरियो

कञ्चनपुर । कञ्चनपुरमा मृत भेटिएको हात्तीको अन्तिम संस्कार गरिएको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलनजिकै दशगजामा मृत भेटिएको हात्तीको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मधयवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जको टोलीले अन्तिम संस्कार गरेको हो । मृत भाले हात्तीको निकुञ्जका पशु चिकित्सक डाक्टर आभाश श्रेष्ठले पोस्टमार्टम गरेपछि अन्तिम संस्कार गरिएको हो। पोस्टमार्टममा करेन्ट लागेकै आशंका गरिएको छ। ‘रिपोर्ट तयार भइसकेको छैन, करेन्टकै कारण मृत्यु भएको जस्तो छ,’ उनले भने। हात्तीको सुँडमा घाउ देखिएको थियो। नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भेटिएको उक्त हात्ती भारतकै वनबाट आएको हुन सक्ने अनुमान गरिएको छ। एक महिना अघि लालझाडी गाउँपालिकामा पनि करेन्टकै कारण वयस्क हात्तीको मृत्यु भएको थियो।…
पुरा पढ्नुहाेस्
बक्यौता उठाउने प्रयास गरेकै कारण मलाई हटाइयो:  कुलमान घिसिङ

बक्यौता उठाउने प्रयास गरेकै कारण मलाई हटाइयो:  कुलमान घिसिङ

काठमाडौं । शुक्रबार नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन मार्फत निष्ठाका साथ देश र जनताको सेवामा रातदिन खटिँदा पनि सरकारले आफूलाई पदबाट बर्खास्त गरेको गुनासो गरेका छन्। घिसिङले आफूले उद्योगहरूको ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउन पत्र काटेकै दिन सरकारले हटाएको बताए। घिसिङले भने मैले बक्यौता उठाउने प्रयास गरेकै कारण मलाई हटाइनुको प्रमुख कारण हो । सोही क्रममा उनले प्रश्न गरे के बक्यौता उठाउनु अपराध हो?, । त्यसैगरी, आफूलाई हतोत्साहित गर्न उनले राज्यको सम्पूर्ण शक्ति आफूमाथि खनिएको समेत आरोप लगाए। 'कसको स्वार्थमा राज्यको सम्पूर्ण शक्ति ममाथि खनिएको थियो नेपाली जनताले देखेका छन्,' उनले भने।
पुरा पढ्नुहाेस्
बर्दगोरिया पशु स्वास्थ्य सेवा शाखा द्वारा वडा नं. २ मा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न

बर्दगोरिया पशु स्वास्थ्य सेवा शाखा द्वारा वडा नं. २ मा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ बनडेवामा निशुल्क पशु स्वास्थ्य शिबिर तथा खोप कार्यक्रम सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिकाको पशु सेवा शाखाको सहकार्यमा निशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बि क को अध्यक्षतामा कार्यक्रम भएको हो । उक्त शिविरवाट वडा नम्बर २ का २ सय बढी पशुधनीहरुले सेवा लिएका छन् । बिहान ८ बजेदेखी दिउँसो ३ बजे सम्म संचालन गरेको उक्त शिविरमा १ हजार २ सय ५५ पशुहरुको औषधी उपचार र २ सय ३९ लाई खोप लगाइएको पशु शाखाका पशु स्वास्थ्य अधिकृत जय प्रसाद कोईरालाले जानकारी…
पुरा पढ्नुहाेस्
नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड

नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड

बाँके, २० चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताउनुभएको छ । बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको र नेतृत्वदायी भूमिकामा अघि बढाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र उर्जाको स्रोत बनेको छ ।’ जनमुक्ति सेनाको झण्डै ४० प्रतिशत संख्या महिला रहेको स्मरण गर्दै उहाँले महिला कमाण्डरले…
पुरा पढ्नुहाेस्
मन्त्रालयले बोलायो आकस्मिक बैठक: गोली चलाउनसम्म निर्देशन

मन्त्रालयले बोलायो आकस्मिक बैठक: गोली चलाउनसम्म निर्देशन

काठमाडौं । गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका प्रमुखसहितको आकस्मिक बैठक बसेको छ । बैठकमा राजावादी समूहको अराजक प्रदर्शनको समीक्षा, र कर्फ्युका विषयमा छलफल हुनेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केहीबेर अघिमात्रै तीनकुने क्षेत्रदेखि मनोहरा पुल, गौशलादेखि नयाँ बानेश्वर शंखमूलसम्म कर्फ्यु जारी गरेको छ । उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले अवस्था नियन्त्रणको प्रयास भइरहेको र प्रहरीलाई गोली चलाउनसम्म निर्देशन दिएको जानकारी दिए । यसका साथै लुटपाटमा संलग्नमाथि विभिन्न माध्यमबाट अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहाेस्
काठमाडौंमा कर्फ्यु आदेश

काठमाडौंमा कर्फ्यु आदेश

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शन उग्र भएपछि कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु आज राति १० बजेसम्म आदेश जारी भएको प्रशासनले जनाएको छ । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो । सूचना
पुरा पढ्नुहाेस्
सकिन्छ जनतालाई नि सुल्क पुर्जा बाँडौँ सकिदैन राजस्व घटाऔं: कर्ण कुँवर

सकिन्छ जनतालाई नि सुल्क पुर्जा बाँडौँ सकिदैन राजस्व घटाऔं: कर्ण कुँवर

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले अव्यवस्थित बसोबासीहरुलाई नि सुल्क लालपुर्जा वितरण गर्नु पर्ने बताएका छन् । मङ्गलवार भूमि आयोग कैलालीले धनगढीमा आयोजना गरेको पालिकाका पदाधिकारीका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो सुझाव दिएका हुन । सरकारले अव्यवस्थित जग्गाको राजस्व निकै चर्को तोकेको र स्थानीयले सोही अनुरूप राजस्व तिर्न सक्ने अवस्था नभएकाले राजस्व घटाउनु पर्ने वा नि सुल्क रूपमा पुर्जा वितरण गर्नु पर्ने धारणा राखे । “मलाई कता कता जनतालाई लालपुर्जा नदिने हो कि भन्ने लागिरा छ । हामीले कति दुख गरेर नापी सम्पन्न गरेका छौ तर पुर्जा दिन सक्ने अवस्था छैन । पुर्जाको राजस्व…
पुरा पढ्नुहाेस्
लम्कीमा रहेको pragmatic international education consultancy द्धारा बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न

लम्कीमा रहेको pragmatic international education consultancy द्धारा बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न

लम्की । केलालीको लमकीचुहा नगरपालिका वडा १ मा रहेको प्राग्म्याटि इन्टरनेशनल कन्सलटेन्सीले pragmatic international education consultancy ले शनिबार बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न गरेको । जापान, अस्ट्रेलीया, क्यानडा लगाएतका देशहरुमा अध्ययन तथा रोजगारीको लागि सहजिकरण गर्दै आएको उक्त कन्सलटेन्सीले शनिबार बधाई तथा शुभकामना प्रदान कार्यक्रमको आयोजना गर्दै जापन अध्ययनका लागि सि.इ.ओ प्राप्त गरेका करिव २० जना विध्यार्थीलाई बधाई तथा शुभकामना प्रदान गरेको हो । consultancy का निर्देशक रुपेश देवकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा consultancy का लम्की शाखाका प्रवन्ध निर्देशक हर्क जंग अधिकारीले अध्ययनका लागि जापान जान लागेका सम्पूर्ण विध्यार्थीहरुलाई त्यहाँ जादा हुने समस्या र त्यसको समाधान कन्सलटेन्सीले गर्ने सहजीकरण तथा…
पुरा पढ्नुहाेस्
समाचार लेखेको भन्दै सुखडमा पत्रकार माथि कुटपिटको घटना: महासंघद्वारा दोषीलाई कारबाहीको माग

समाचार लेखेको भन्दै सुखडमा पत्रकार माथि कुटपिटको घटना: महासंघद्वारा दोषीलाई कारबाहीको माग

सुखड, ८ चैत । कैलालीको घोडाघोडी नगरपालिकामा समाचार लेखेको भन्दै कुटपिटमा परेका पत्रकार प्रकाश मिश्रसंग नेपाल पत्रकार महासंघ कैलालीले छलफल गरेको छ । कुटपिटपछि घाइते पत्रकार मिश्रसंग नेपाल पत्रकार महासंघ कैलालीको टोली सुुखड पुगेर घटनाबारे जानकारी लिएको हो । सुखडमा हाइवे क्षेत्रका पत्रकारहरुसंग समेत नेपाल पत्रकार महासंघ कैलाली शाखाले छलफल गरेको छ । छलफलको क्रममा पीडित पत्रकार मिश्रले दोषीलाई कारवाही हुनुपर्ने बताए ।   “समाचार लेखेकै कारण म माथी कुटपिट भएको छ” पत्रकार मिश्रले छलफलमा भने, “यस्तालाई कडा कारवाही हुनुुपर्छ । दोषीलाई कारवाहीका लागि महासंघले साथ दिनुपर्छ ।” नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले समाचार लेखेकै भरमा पत्रकार माथी…
पुरा पढ्नुहाेस्