मुख्य समाचार

बाढीपहिरोमा ज्यान गुमाउने संख्या २४४ पुग्यो, अझै १९ बेपत्ता

बाढीपहिरोमा ज्यान गुमाउने संख्या २४४ पुग्यो, अझै १९ बेपत्ता

काठमाडौं । अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ । यस्तै अझै १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । मन्त्रालयका अनुसार बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक रु दुई लाखका दरले निजका…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै  रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । जसको प्रभावले आज कोसी, मधेस र बागमती प्रदेशको पूर्वी भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोसी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज (शनिवार) दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम…
पुरा पढ्नुहाेस्
महिला टी–२० विश्वकप: न्यूजिल्याण्डसँग भारत पराजित

महिला टी–२० विश्वकप: न्यूजिल्याण्डसँग भारत पराजित

काठमाडौँ । गएराति भएको आइसीसी महिला टी–२० विश्वकपमा भारत न्यूजिल्याण्ड सँग पराजित भएको छ । न्यूजिल्याण्डले दिएको १६१ रनको लक्ष्य पछाएको भारतले १९ ओभरमा अल आउट हुँदै १०२ रन मात्र जोडदैँ न्यूजिल्याण्डसँग ५८ रनले पराजित गरेको हो । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १६० रन बनाएको थियो । अब न्यूजिल्याण्डले अर्को खेल मङ्गलवार अस्ट्रेलियाविरुद्ध खेल्ने छ भने भारतले आइतबार पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।
पुरा पढ्नुहाेस्
बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २ सय ३९ पुग्यो: १८ जना अझै बेपत्ता

बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २ सय ३९ पुग्यो: १८ जना अझै बेपत्ता

काठमाडौँ । गत साता परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी हाल सम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ पुगेको छ। उक्त विपद्मा परेर अहिलेसम्म १८ जना बेपत्ता भएका छन् भने एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिएका छन। हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ। बाढी र पहिरोको कारण अवरुद्ध बनेका राजमार्गको मन्त्रालयले सहायता परिचालन गरी मर्मत  कार्य गर्दै यातायात सञ्चालन गर्न प्रयास गरिरहेको उनले बताए।
पुरा पढ्नुहाेस्
स्याङ्जामा जिप दुर्घटना; ७ जना घाइते 

स्याङ्जामा जिप दुर्घटना; ७ जना घाइते 

काठमाडौँ । जिप दुर्घटनामा परि स्याङ्जामा ७ जना घाइते भएका छन । जिप स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको हो । सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ५७५६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा परेर घाइते हुनेमा आँधिखोला–५ घर भएका आत्मराम सिग्देल, कलावती घिमिरे, सिर्जना चापागाईँ, अमना नेपाली, शान्तिकुमार सापकोटा, शिव सिग्देल र ३ वर्षीया सोफिया नेपाली छन् । जिप चालक अर्जुनचौपारी गाउँपालिका वडा नम्बर–५ घर भएका २७ वर्षीय सागर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । घाइतेहरूलाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर…
पुरा पढ्नुहाेस्
बाढी पहिरामा परी २ सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता

बाढी पहिरामा परी २ सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता

काठमाडौँ । हालैको बाढी पहिरामा परी अहिले सम्म २ सय २८ जनाको मृत्यु भएको छ । यस्तै २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ, भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ । सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले  बताए  ।
पुरा पढ्नुहाेस्
पितृपक्षको विधिवत् रुपमा आज समापन हुँदै

पितृपक्षको विधिवत् रुपमा आज समापन हुँदै

काठमाडौँ । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् रुपमा आज समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ । मिथिलाक्षेत्रमा पितृपक्षका बेला जलाशयमा…
पुरा पढ्नुहाेस्
थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरियाको दोस्रो सम्मेलन सम्पन्न: अध्यक्षमा लाल बहादुर चौधरी

थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरियाको दोस्रो सम्मेलन सम्पन्न: अध्यक्षमा लाल बहादुर चौधरी

बर्दगोरिया । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरिया गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । मङ्गलवार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ स्थित पृथ्वीपुरमा उक्त दोस्रो सम्मेलन सम्पन्न भएको हो । सम्मेलन बाट लाल बहादुर चौधरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी समेत सर्वसम्मत रूपमा चयन गरेको छ । जसको उपाध्यक्षमा प्रेमा कुमारी चौधरी, भोजराज डगौरा, राजेश चौधरी, कोषाध्यक्षमा उषादेवी कठरिया, सचिवमा राजकुमार चौधरी, सहसचिवमा रिता महत्तो थारु रहेका छन । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरिया गाउँ कमिटी उपाध्यक्ष भोजराज चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको सम्मेलनको प्रमुख अतिथिको रूपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व संविधान सभा सदस्य  कृष्ण कुमार चौधरी…
पुरा पढ्नुहाेस्
माओवादी केन्द्रले बाढी पहिरोको पीडितलाई सहयोगमा पहल गर्दै

माओवादी केन्द्रले बाढी पहिरोको पीडितलाई सहयोगमा पहल गर्दै

काठमाडौँ, । बाढी पहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्याङ्क सङ्कलन गर्न नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा हिजो साँझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढी पहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हुँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ । बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टी पङ्क्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय समेत गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका…
पुरा पढ्नुहाेस्
काठमाडौंका ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौंका ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौं । जल तथा मौसम विभागले काठमाडौं उपत्यकाका ११ स्थानमा हाल सम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ । विभागले आइतबार सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौंका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्याङ्क अनुसार हालसम्म कै धेरै पानी परेको उल्लेख गरिएको छ । जस अनुसार वर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौंको पानीपोखरीमा २०६.६ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । काठमाडौँ विमानस्थलको वर्षा मापन…
पुरा पढ्नुहाेस्