मुख्य समाचार

नेकपा एमालेले बोलायो संसदीय दलको बैठक

नेकपा एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । सोमबार आजका लागि नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । समसामयिक विषय र संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेटका सम्बन्धमा छलफल गर्न सोमबार दिउँसो १ बजे बस्ने गरी दलको बैठक बोलाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवन लोत्सेहलमा बस्ने गरी बैठक बोलाइएको हो । बजेटमाथिको छलफल मंगलबारबाट सुरु हुँदैछ । विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् बैठक अवरोध गर्दै आएका छन् ।
पुरा पढ्नुहाेस्
भोलि राजावादीहरूले नारायणचौरमा प्रदर्शन गर्ने

भोलि राजावादीहरूले नारायणचौरमा प्रदर्शन गर्ने

काठमाडौं । राजसंस्था र हिन्दू राष्ट्र पुर्नस्थापनको माग राख्दै आन्दोलित भएका राजावादीहरुले यसलाई निरन्तरता दिने भएका छन्। नारायणहिटीमा प्रदर्शन गर्न नपाएपछि बालुवाटारको सडकमै बसेर कार्यक्रम गरेका उनीहरुले भोलि नक्सालको नारायणचौरमा कार्यक्रम गर्ने भएका छन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आजको भोलि २ बजे नारायणचौधरमा प्रदर्शन हुने जानकारी नेपालखबरलाई दिए। ‘आजको कार्यक्रम सकियो,’ उनले भने, ‘भोलि नक्सालको नारायणचौरमा २ बजे कार्यक्रम हुन्छ।’ राजावादीहरू जेठ १५ गतेदेखि निरन्तर आन्दोलित छन्। राजसंस्थान पुर्नस्थापना नभएसम्म यो आन्दोलन जारी रहने श्रेष्ठले बताए। उनले भने, ‘यो आन्दोलन राजसंस्था नफर्किएसम्म चल्छ।’
पुरा पढ्नुहाेस्
पाँचवटा प्रदेशमा बिहानैदेखि वर्षा, कोसी र मधेसमा भारी वर्षाको सम्भावना

पाँचवटा प्रदेशमा बिहानैदेखि वर्षा, कोसी र मधेसमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ । केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसमविद् डेबिड ढकालका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोसी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

२०८२ जेठ १६, धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाले शुक्रवार आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेशको विकासका लागि उच्च प्राथमिकता दिइने नीति तथा कार्यक्रममा जनाइएको छ। विशेषगरी रोजगार सिर्जना, गरिबी निवारण, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र कृषि प्रवर्धनमा जोड दिइएको छ। सरकारले आर्थिक रूपले विपन्न वर्गलाई लक्षित गरी सहुलियत ब्याजमा ऋण सुविधा, श्रमिकहरूका लागि सामाजिक सुरक्षाको कार्यक्रम र स्वरोजगार प्रवद्र्धन गर्ने योजनाहरू अघि सारेको छ। त्यस्तै, गाउँ–गाउँमा आवासीय विद्यालय, खेलकुद मैदान निर्माण, स्वास्थ्य बीमा, तथा पूर्वाधारको विकासका कार्यक्रमलाई पनि अगाडि बढाउने…
पुरा पढ्नुहाेस्
हेर्नुहोस् आजको राशिफल

हेर्नुहोस् आजको राशिफल

२०८२ जेष्ठ १० । मेष आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। वृष नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। मिथुन प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। कर्कट रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। सिंह सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न…
पुरा पढ्नुहाेस्
रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ । सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात् उत्पन्न परिस्थितिका बारे छलफल गर्न (रास्वपा)ले बैठक बोलाएको हो । शुक्रवार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाउने निर्णय गरेको हो । सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक दिउँसो ४ बजे बस्नेछ । साथै आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक भौतिक रूपमा नै बस्ने निर्णय गरेको छ ।
पुरा पढ्नुहाेस्
सपत ग्रहण सँगै बसन्त जैसीले समाले बिच भुरुवा ग्रा.विद्युत सहकारी सं. लि.को कार्यभार

सपत ग्रहण सँगै बसन्त जैसीले समाले बिच भुरुवा ग्रा.विद्युत सहकारी सं. लि.को कार्यभार

लम्की । लकैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा रहेको बिच भुरुवा ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुले आज सपत ग्रहण का साथै पदभार ग्रहण गरेका छन । बैशाख २७ गतेका दिन बिच भुरुवा ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १८ औं साधारणसभा बाट सर्वसम्मत रुपमा निर्वाचित भएका नव निर्वाचन पदाधिकारीहरुले आज (शनिबार) किसान बहुउद्देश्यीय संस्थाको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रमका बीच सपत ग्रहण गर्नुका साथै पदभार गरेका हुन । नव निर्वाचित कार्यसमितिको अध्यक्षमा बुद्धिमान जैशी (वसन्त) रहेका छन । यस्तै उपाध्यक्ष देव शर्मा जैशी, सचिवमा बिना भट्ट, कोषाध्यक्ष प्रेम बहादुर आले मगर सहित  ९ सदस्यीय कमिटीले…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान: वर्षाको सम्भावना

मौसम पूर्वानुमान: वर्षाको सम्भावना

काठमाडौँ । देशमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम बिज्ञान, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।…
पुरा पढ्नुहाेस्
देशभर जलवाष्पयुक्त हावाको प्रभाव कायमै, आज यी स्थानमा हुनेछ वर्षा

देशभर जलवाष्पयुक्त हावाको प्रभाव कायमै, आज यी स्थानमा हुनेछ वर्षा

काठमाडौं । हाल देशमा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका साथै मौसम प्रणालीमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । जसका कारण हाल बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। बागमतीका सिन्धुली लगायतका जिल्लामा वर्षा भइरहेको छ। लुम्बिनीको बाँके, बर्दिया र कर्णालीको सुर्खेतमा पनि वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टा देशका अधिकांश भूभागमा वर्षा भएको छ। सोमबार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी…
पुरा पढ्नुहाेस्
वाइसीएल नेपाल बर्दगोरियाको चौथो सम्मेलन सम्पन्न; अध्यक्षमा भक्त सदासंकर

वाइसीएल नेपाल बर्दगोरियाको चौथो सम्मेलन सम्पन्न; अध्यक्षमा भक्त सदासंकर

कैलाली । नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसीएल नेपाल बर्दगोरिया गाउँ कमिटीको चौथो सम्मेलन सम्पन्न भएको छ । बिहीवार बौनियामा सम्पन्न सम्मेलनले भक्त सदासंकरको नेतृत्वमा २५ सदस्यीय पालिका स्तरीय  कमिटी चयन गरेको हो। कमिटीको अध्यक्षमा भक्त सदासंकर,उपाध्यक्षमा नेहा चौधरी ,रामनारण चौधरी र बल बहादुर सोव, सचिबमा  ललित रसाइली ,कोषाध्यक्षमा राजु चौधरी र सह- सचिब प्रशुराम चौधरी लगाएत २५ सदस्य नयाँ कमिटी चयन गरेको हो । निवर्तमान अध्यक्ष अमित चौधरीको सभाध्यतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश कमिटी सह-सचिब नन्द बहादुर साउद ,विशिस्ट अतिथिका रूपमा वाइसीएल नेपालका केन्द्रिय उपाध्यक्ष मिङ्मा देन्डु शेर्पा अतिथिमा नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम…
पुरा पढ्नुहाेस्