मुख्य समाचार

आजको मौसम पूर्वानुमान: हल्का देखि मध्यम वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान: हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। यसको अर्थ मनसुनको न्यून चापीय रेखा नेपालभन्दा पर छ। मनसुनको सिजनमा उत्तर दक्षिण सरिरहेन न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सर्दा नेपालमा लगातार पानी पर्ने सम्भावना रहँदैन। जसको प्रभावले सोमबार दिउँसो भारी वर्षाको सम्भावना नरहे पनि राति भने सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशको पहाडी भू(भागमा आंशिक देखि साधारणता बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। त्यस्तै देशको पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी…
पुरा पढ्नुहाेस्
मेडिकल व्यवसायी प्रसाईँलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

मेडिकल व्यवसायी प्रसाईँलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । साइबर ब्युरोले आइतबार भक्तपुरस्थित मेडिकल व्यवसायी प्रसाईँलाई उनकै घरबाट पक्राउ गरेको थियो । पक्राउ पछि उनलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेले ३ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् । असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनी विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ । प्रसाईँसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ अनुमति जारी भएको छ ।
पुरा पढ्नुहाेस्
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कैलाली : कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा बैँयाबेहडी, धनगढी–९ त्रीवेणीघाट, गोदावरी नगरपालिका–१ अत्तरिया, भजनी नगरपालिका–३ ठेकीपुल र भजनी नगरपालिका –७ हिक्मतपुरबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका २ लाख ८० हजार ३८ मूल्यको सामान बरामद गरिएको हो। उक्त मूल्यको प्याज, चिनी, मसला, बिडी, सुर्ती, सुट पिस, थान कपडा, साडी, कुर्ती, प्लास्टिक डोरी, प्लास्टिक झिल्ली लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। o:t} कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–२ भासी, भीमदत्त ४ बसपार्क,…
पुरा पढ्नुहाेस्
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल आज घरेलु टोली क्यानडासँग खेल्दै

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल आज घरेलु टोली क्यानडासँग खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा आज नेपाल घरेलु टोली क्यानडासँग खेल्ने भएको छ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो । शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् । यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान सँग खेल्नेछ । सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा आठ वटा टोलीको सहभागिता छ । तालिकामा नेपाल दुई…
पुरा पढ्नुहाेस्
आज संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज तीन संसदीय समितिको बैठक बस्दै छ । सङ्घीय संसद् अन्तर्गत आज बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । सोही समयमा सुरु हुने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतीबारे छलफल हुनेछ । त्यसै गरी बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल…
पुरा पढ्नुहाेस्
श्री जम्नेहेटा  सा.व.उ. समूहको १३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न 

श्री जम्नेहेटा  सा.व.उ. समूहको १३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न 

 बौनिया । श्री जम्नेहेटा  सामुदायिक वन उपभोक्ता समूहको १३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष तेतराम चौधरीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका ६ नं का वडा सदस्य अमर सिंह दहित रहनु भएको थियो । विशिष्ट अतिथिमा सब डिभिजन वन कार्यालय सुखडका प्रतिनिधि ज्ञानु चौधरी रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले वन संरक्षणमा सबै एकजुट भएर लाग्न उपस्थित सबै आम उपभोक्तालाई आग्रह गरे, वन जङ्गल जोगाउनु हामी सबैको दायित्व हो जसमा तपाईँ हामी सबै मिली यसको संरक्षणमा जोड दिनु पर्छ । वनकी कोषाध्यक्ष अनुराधा चौधरीले स्वागत मन्तव्य सँगै सार्वजनिक…
पुरा पढ्नुहाेस्
विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार शुक्र बारको तुलनामा आज अमेरिकी डलरका साथै युरो र पाउन्ड स्टर्लिङको मूल्यमा गिरावट आएको छ । आज अमेरिकी डलरको भाउ एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । शुक्रवार यसको मूल्य एकको खरिददर १३३ रुपैयाँ ६० पैसा र बिक्रीदर १३४ रुपैयाँ २० पैसा कायम भएको थियो । यस्तै, युरोपियन युरोको आजको मूल्य एकको खरिददर १४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा कायम भएको छ भने शुक्रवार यसको एकको खरिददर १४९…
पुरा पढ्नुहाेस्
दसैँको टीकाको साइत सार्वजनिक, उत्तम साइत बिहान ११ः३६ बजे

दसैँको टीकाको साइत सार्वजनिक, उत्तम साइत बिहान ११ः३६ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसपालिको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ। बडादसैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै समितिले यसपालिको दसैँको टीकाको शुभ साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको जनाएको हो । समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत बिहान ९ः१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजा भवानी यात्रा बिहान ७ः११ बजे तथा स्थिर सन ८ः४३ बजे तोकिएको छ। असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ। यस्तै २६ गते बिहान ११ः३६ बजे टीकाको साइत तोकिएको छ।  
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा धेरै वर्षाको सम्भावना

मौसम पूर्वानुमानः देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा धेरै वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार देशभर आंशिकदेखि साधारणता बदली रहने छ। कोसी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू९भागका एक९दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । भोलि आइतबार पनि देशभर आंशिक देखि साधारणता बदली रहने छ। कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका…
पुरा पढ्नुहाेस्
सहुलियत मूल्य पसल: हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सहुलियत मूल्य पसल: हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

रासस सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताए । कार्यालयले यहाँका नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छ भने तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर रु सात छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताए। अरुवा मोटा चामलको रु एक हजार पाँच सय २५, अरुवा सोना मन्सुली रु एक हजार सात सय २५,…
पुरा पढ्नुहाेस्