ट्रम्पले भने क्युबालाई तेल उपलब्ध गराउने देशमाथि भन्सार दर बढाउने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पल क्युबालाई तेल उपलब्ध गराउने देशमाथि भन्सार दर बढाउने धम्की दिएका छन्। बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले क्युबालाई तेल दिने देशहरूमाथि भन्सार बढाउने चेतावनी दिएका हुन्। उनले कुन देशलाई कति प्रतिशत भन्सार बढाउने भन्न चाहिँ नखुलाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। क्युबालाई मुख्यगरी भेनेजुएलाले तेल आपूर्ति गर्दै आएको थियो। रूस र मेक्सिको पनि क्युबाको तेल आपूर्तिकर्ता हो। पछिल्लो महिना अमेरिकाले भेनेजुएलामा हमला गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरेर न्युयोर्क ल्याएको थियो। त्यसअघि नै भेनेजुएलाको अर्थतन्त्र खराब हुँदै गएपछि उसले क्युबालाई पर्याप्त मात्रामा तेल निर्यात गर्न सकेको थिएन। मदुरोको सरकार ढालेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले क्युबाको…
















