
ट्रम्पद्वारा क्यानडासहित धेरै देशहरूमा कर लगाउने घोषणा
एजेन्सीएजेन्सी वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै क्यानडामाथिको भन्सार कर अब २५ प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्याएका छन्। साथै, राष्ट्रपति ट्रम्पले व्यापार सम्झौताको लागि तोकेको समयसीमाभन्दा केही घण्टा अघि ह्वाइट हाउसले दर्जनौँ देशहरूका लागि नयाँ भन्सार दरहरू जारी गरेको छ। यी दरहरू सात दिनमा लागू हुनेछन्। यसअघि बिहीबार राष्ट्रपति ट्रम्पले मेक्सिकोमा कर लगाउने समयसीमा ९० दिन थपेका थिए। बुधबार मात्र ट्रम्पले अगस्ट १ देखि भारतबाट अमेरिका आउने सबै सामानहरूमा २५ प्रतिशत कर लगाइने घोषणा गरेका थिए। उनले रुसबाट हतियार र तेल खरिद गर्दा भारतमाथि थप आयात शुल्क लगाउने बारेमा पनि कुरा गरेका…