
लम्की बहुमुखी क्याम्पसमा तालाबन्दी
लम्की । कैलालीको लम्की चुहा नगरपालिका वडा नं। १ मा सञ्चालित लम्की बहुमुखी क्याम्पस तालाबन्दी गरिएको छ । शनिवार स्वतन्त्र विद्यार्थी युनियन (स्वबियू) सभापति तपेन्द्र प्याकुरेलको नेतृत्वमा क्याम्पसमा तालाबन्दी गरिएको हो । क्याम्पस स्वबियू समितिले एक विज्ञप्ति जारी गर्दै उक्त क्याम्पसमा तालाबन्दी गरेको जानकारी दिएको छ । स्वबियू सभापति तपेन्द्र प्याकुरेलको हस्ताक्षरित विज्ञप्तिमा यस्तो भनिएको छ “ परीक्षार्थी हरूलाई बस नपठाउने निर्णय प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्रिविको परीक्षा तालिका अनुसार २०८२ साउन ११ र १२ गते देखि सुरु हुने स्नातक तह प्रथम वर्षको परीक्षा दिने विद्यार्थीहरूका लागी लम्की बहुमुखी क्याम्पस बाट परीक्षा केन्द्रसम्म जान आउन सहज होस भनी…