अपराध खबर

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कैलाली : कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा बैँयाबेहडी, धनगढी–९ त्रीवेणीघाट, गोदावरी नगरपालिका–१ अत्तरिया, भजनी नगरपालिका–३ ठेकीपुल र भजनी नगरपालिका –७ हिक्मतपुरबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका २ लाख ८० हजार ३८ मूल्यको सामान बरामद गरिएको हो। उक्त मूल्यको प्याज, चिनी, मसला, बिडी, सुर्ती, सुट पिस, थान कपडा, साडी, कुर्ती, प्लास्टिक डोरी, प्लास्टिक झिल्ली लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। o:t} कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–२ भासी, भीमदत्त ४ बसपार्क,…
पुरा पढ्नुहाेस्
लागू औषधसहित कञ्चनपुरमा २ जना पक्राउ

लागू औषधसहित कञ्चनपुरमा २ जना पक्राउ

कैलालीः कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी स्थित नेपाल भारत सिमानाबाट लागू औषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–३ बस्ने ३० वर्षीय टेकेन्द्र भट्ट र भीमदत्त नगरपालिका–६ बस्ने ३० वर्षीय गणेश पाण्डेय रहेका छन । पक्राउ परेका उनीहरूको साथबाट ० दशमलव ९५ ग्राम लागु औषध (खैरो हिरोइन) र पुरोक्सोइन स्यास लेखिएको ११ वटा क्याप्सुलसहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरूलाई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पुरा पढ्नुहाेस्
कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ

कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ

बर्दगोरिया । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका बाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–२ मोतिपुर बस्ने १९ वर्षीय पुरन साउँदसहित ६ जना रहेका छन । उनीहरु लागुऔषधसहित बुधवार नगरपालिकाको वडा नं. ३ स्थित चिसापानीबाट पक्राउ गरेको हुन उनीहरुको साथबाट तरमाडोल लेखिएको दुई पत्तामा रहेको १९ क्याप्सुल र फेनारगन अभिल ५ लेखिएको दुई पत्तामा रहेको १९ ट्याब्लेटसहित फेला नियत्रणमा लिएको प्रहरीले जनाएको छ। साथै उनीहरुले प्रयोग गरेको मोटरसाइकल १ थान र एक थान स्कुटरसमेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।  
पुरा पढ्नुहाेस्
सुनसरीमा एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कल नोट बरामद

सुनसरीमा एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कल नोट बरामद

विराटनगर । सुनसरीमा प्रहरीले नेपाली एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको छ । जिल्लाको इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक गाडी खानतलासी गर्दा उक्त नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । एक हजार रुपैयाँ दरका उक्त नक्कली नोट बरामद गरिएको हो । नक्कली नोटसहित भारतको बीआर११एक्स ३४२९ नम्बरप्लेटको स्कोरपियो र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपीन रेग्मीले जानकारी दिए । पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय मोहमद सैयद छन् । पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्ने तयारी गरिएको एसपी रेग्मीले बताए ।
पुरा पढ्नुहाेस्
सुत्केरी हुन गएकी एक महिलाको धनगढीमा रहेको केजी हस्पिटलले झिक्यो पाठेघर

सुत्केरी हुन गएकी एक महिलाको धनगढीमा रहेको केजी हस्पिटलले झिक्यो पाठेघर

धनगढीः  कैलालीको धनगढी स्थित केजी हस्पिटलले सुत्केरी हुन गएकी एक महिलाको पाठेघर झिकेको छ। शनिबार शल्यक्रिया गरेर बालक जन्माएकी धनगढी–३ नवदुर्गाटोल बस्ने २६ वर्षीया नर्जिस खातुनको अस्पतालले पाठेघर झिकेको हो। महिलाका श्रीमान् मोतिरहमानले शल्यक्रिया गरेर शिशु जन्माएपछि अत्यधिक रक्तश्राव भएको भन्दै पाठेघर झिकिएको बताए। धनुषाको मुखियापट्टी मसुहरनिया गाउँपालिका वडा नम्बर ४ स्थायी बसोबास भएका मोतिरहमानले शनिबार दिउँसो ३ः३० बजे श्रीमतीको शल्यक्रिया गरिएको बताए। त्यसपछि अस्पतालले अत्यधिक रक्तश्राम भएको भन्दै पाठेघर झिकिएको उनले बताए। पाठेघर झिक्नुपर्ने भनेपछि आमाको ज्यान बचाउन सहमति दिएको मोतिरहमानले बताए। बच्चा जन्मेको पाँच घण्टासम्म श्रीमतीको अबस्था नबताएकाले सुरुमा डाक्टरसँग विवाद भए पनि पछि पाठेघर झिक्न सहमति दिएको बताए।…
पुरा पढ्नुहाेस्
डोटीको पुर्वीचौकीमा कार्यरत एक कृषिका कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस

डोटीको पुर्वीचौकीमा कार्यरत एक कृषिका कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस

कैलाली । डोटीको पुर्वीचौकी गाउँपालिकामा कार्यरत कृषिका एक कर्मचारीलाई स्पटीकरण दिन नोटिस नै जारी गरिएको छ। कर्मचारीको आचारसंहिता विरुद्ध रहि पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेको भन्दै नायव प्राविधिक सहायक कृषि करार सेवामा कार्यरत प्रेमबहादुर भण्डारीलाई स्पष्टीकरण सोधिएको छ। भण्डारी सो पालिकाको वडा नम्बर ६ को कार्यालय गाँजरीमा कार्यरत छन्। उनलाई असोज ६ गते पुर्वीचौकी गाउपालिका–४ को कार्यालय परिसरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएपछि स्पष्टीकरण मागिएको छ। पालिकाले उनलाई कर्मचारीको आचारसंहिता विरुद्ध पार्टीको कार्यक्रममा सहभागी भएको, पालिकाको स्वीकृत बेगर कार्यालयको विरुद्धमा बोलेको, करार कर्मचारीको सम्झौतामा उल्लेख भएको प्रावधान भन्दा बाहिर गई पालिकाको कामकाज बारे बोलेको देखिएकोले सो सम्बन्धमा…
पुरा पढ्नुहाेस्
क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज 

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले भदौ २१ गते (आज)का लागि अर्को पेसी तोकेको हो । सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिएको भए पनि यता जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा भने अझै किनारा लाग्न सकेको छैन । यसअघि, निरन्तर सुनुवाइ गरी फैसला दिने भनिए पनि सन्दीपले पेस गरेको पीडित ‘गौशाला २६ (छ)’ को जन्म दर्तासम्बन्धी कागजात नक्कली रहेको पुष्टि भएको…
पुरा पढ्नुहाेस्
सिडियो कार्यालय कैलालीद्वारा बौनियाँमा छापा, १६६ लिटर पेट्रोल बरामद

सिडियो कार्यालय कैलालीद्वारा बौनियाँमा छापा, १६६ लिटर पेट्रोल बरामद

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीको टोलीले शनिबार बौनिया बजारमा छापा मारेको छ । खुलेयाम रुपमा बोतल र जर्कीनमा पेट्रोलियम पदार्थमा को बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा बौनिया बजारमा छापा मारेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।   छापा मार्ने क्रममा उक्त पसलहरुको खानतलासी गर्दा १ सया ६६.५ लिटर पेट्रोल जर्कीन तथा बोलता भरेर राखेको अवस्थामा बरामद भएको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । बरामद गरिएका उक्त पेट्रोल ईलाका प्रहरी कार्यालय बौनियाले आफ्नो नियन्त्रणमा राखेको छ । सोही क्रममा प्रहरीले स्थानीय व्यावसायीलाई बोलाएर ईलाका प्रहरी कार्यालय बौनियामा छलफलसमेत गरेको छ । छलफलका क्रममा व्यापारीलाई खुला रूपले पेट्रोल बिक्रीवितरण…
पुरा पढ्नुहाेस्
तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ बिघा जग्गा

तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ बिघा जग्गा

काठमाडौं । नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ। पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको गृह मन्त्रालयका प्रवक्ता, सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार आज मन्त्रालयमा प्राप्त रिपोर्टमा अहिलेसम्म तीन हजार एक सय ६१ पीडितसँग गरिएको मिलापत्रमा उक्त तथ्य पुष्टी भएको छ। मिटरब्याजसम्बन्धी कानुन बनेसँगै छानबिन, अनुसन्धान र मिलापत्रको काम तीव्र पारिएको छ। पीडितले साहुसँग रु एक अर्ब आठ करोड ६० लाख ८३ हजार छ सय ९४ माग गरेको देखिएको छ। तर साहुले भने रकम बढाएर रु…
पुरा पढ्नुहाेस्

लागुऔषधसहित कैलालीमा दुई जना पक्राउ

कैलाली । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्युठानको लुङ गाउँपालिका–७ का ४२ वर्षीया मिना बुढाथोकी र रुकुम पश्चिम बासिकोट गाउँपालिका–७ का ३९ वर्षीय भिमसेन खत्री रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई धनगढी उपमहानगरपालिका–१४ फूलवारीको खुटिया घाटबाट प्रहरीले चरेससहित बुधवार पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको टोलीले भारततर्फ लैजादै गरेको ४ किलो ३० ग्राम चरेससहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरु दुबै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।
पुरा पढ्नुहाेस्