ब्रेकिङ न्युज

Featured posts

मौसम पूर्वानुमानः आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

मौसम पूर्वानुमानः आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेसँगै हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जस अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ…
पुरा पढ्नुहाेस्
आजको मौसम मौसम पूर्वानुमान

आजको मौसम मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ भने बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई  स्थानमा  चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा…
पुरा पढ्नुहाेस्
नेपाल राष्ट्र बैकले खोल्यो विभिन्न पदका लागि आवेदन

नेपाल राष्ट्र बैकले खोल्यो विभिन्न पदका लागि आवेदन

काठमाडौँ । नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । बैकले आज एक सूचना जारी गर्दै यि विभिन्न पदका लागि आवेदन आह्वान गरेको हो । जसमा सहायक निर्देशक (३४ जना), सहायक (१३ जना) र सहायक (सूचना प्रविधि ५ जना) मा आवेदन आह्वान गरेको हो ।   बैंकमा रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पद पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०८१ साउन ३२ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्न आव्हान गरिएको छ ।   विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्दा बैंकले तोकेको सम्पूर्ण विवरण उक्त दरखास्त फाराममा उल्लेख गरी सोको साथ नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने…
पुरा पढ्नुहाेस्
मा्रैसम पूर्वानुमानः यी पाँच प्रदेशमा भारी वर्षा

मा्रैसम पूर्वानुमानः यी पाँच प्रदेशमा भारी वर्षा

काठमाडौँ । जल तथा मौसम पूर्वानमान महाशाखा अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।   जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   यस्तै आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।   आज राति देशभर साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी,…
पुरा पढ्नुहाेस्
घट्यो पेट्रोलियम पदार्थको मुल्य

घट्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौँ । नेपाल आयल निगमले एकै पटक ५ रुपैयाँले पेट्रोल मूल्य घटाउने निर्णय गरेको छ। निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । जसअनुसार अब  पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ । घटेको मूल्य शुक्रबारदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पुरा पढ्नुहाेस्
जुवा मुद्दामा फरार डडेल्धुराका ५ जना पक्राउ

जुवा मुद्दामा फरार डडेल्धुराका ५ जना पक्राउ

डेल्धुराः जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले जुवा मुद्दामा फरार रहेका डडेल्धुराका ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अमरगढी नगरपालिका–१ मरौडाका ६५ वर्षीय गणेश चुनारा, ३७ वर्षीय उद्धब सार्की, अमरगढी–१ कै २८ वर्षीय दिपक कामी रहेका छन्। यस्तै अमरगढी नगरपालिका–२ का बिरेन्द्रबहादुर खडायत र भागेश्वर गाउँपालिका–५ का रुपाली बस्ने ३९ वर्षीय खगेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीका अनुसार पाँचै जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जुवा मुद्दामा पाँच हजार जरीवाना ठहर गरेपछि फरार रहेका थिए। उनीहरुलाई बुधवार पक्राउ गरिएको हो।
पुरा पढ्नुहाेस्
कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

काठमाडौं । बिहीबार आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । जस अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ भने अन्य धेरै विदेशी मुद्राको मूल्य बढेको छ । मंगलबार र बुधबार प्रतिडलर खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको अमेरिकी डलर एकको खरिददर आज १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा रहेको छ । मंगलबार र बुधबार अमेरिकी डलर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । आज युरोपियन युरो, बेलायती पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र दिनारसहित अन्य धेरै मुद्राको मूल्य बढेको छ । आजको लागि युरोपियन युरो एकको…
पुरा पढ्नुहाेस्
भीरबाट लडेर जाजरकोटमा एक बालिकाको मृत्यु

भीरबाट लडेर जाजरकोटमा एक बालिकाको मृत्यु

जाजरकोट । भीरबाट लडेर जाजरकोटमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको छेडागाड नगरपालिका–१ जाल्माका डिल बहादुर नेपालीकी छोरी १४ बर्षीया छोरी मनीषा नेपाली रहेकी छन । समाचार स्रोतका अनुसार नेपालीको हिजो घर नजिकैको जंगलमा घाँस काट्न गएको बेला भीर बाट लडेर ज्यान गएको हो ।
पुरा पढ्नुहाेस्
पाकिस्तानी राजदूतको प्रतिबद्धता नेपालसँगको सहयोग र साझेदारी बढाउने

पाकिस्तानी राजदूतको प्रतिबद्धता नेपालसँगको सहयोग र साझेदारी बढाउने

काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताएका छन् । पाकिस्तानको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ काठमाडौँमा आयोजित स्वागत समारोहमा उनले नेपाललाई पाकिस्तानले निरन्तर सहयोग गर्ने बताए। “शिक्षा, प्रतिरक्षा, ब्याङकिङ, स्वास्थ्यका साथै अन्य प्राविधिक क्षेत्रमा पाकिस्तान र नेपालबीचको साझेदारीले असल प्रतिफल दिएको छ । डाक्टर, इञ्जिनियर, पत्रकार, विमान चालकलगायत सात हजारभन्दा बढी पाकिस्तानमा दीक्षित नेपालीले यो देशको प्रगतिका निम्ति आ–आफ्नो क्षेत्रबाट योगदान गरिरहेका छन्”, पाकिस्तानी राजदूतले भने । पाकिस्तान र नेपाल जलवायु परिवर्तनका दुष्प्रभाव र त्यसको जोखिममा रहेका, दुवै देशका हिमालय क्षेत्र पारिस्थितिकीय…
पुरा पढ्नुहाेस्
राष्ट्रियसभा बैठक आज बस्दैः यस्तो छ कार्यसूची

राष्ट्रियसभा बैठक आज बस्दैः यस्तो छ कार्यसूची

काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् दसद्ययको कार्यभार तोकिएको पत्रको व्यहोरा पनि सुनाउने कार्यसूचीमा उल्लेख छ ।
पुरा पढ्नुहाेस्