आर्थिक

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहिवार नेपाली बजारमा पहेलो धातु सुनको मुल्य नेपाली घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ८ सय रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार  ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलामा १८६५ रुपैयाँमा कारोबार…
पुरा पढ्नुहाेस्
सरकारले आज आगामी आ.व.२०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

सरकारले आज आगामी आ.व.२०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । जस अन्तर्गत सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न संसद् सचिवालयले आग्रह…
पुरा पढ्नुहाेस्
नेपाली एक सय रुपैयाँको नोटमा सरकारले चुच्चे नक्सा राख्दै

नेपाली एक सय रुपैयाँको नोटमा सरकारले चुच्चे नक्सा राख्दै

काठमाडौँ । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी  दिइन् । उनका अनुसार बैठकले सय रुपैयाँको डिजाइन परिवर्तन गर्दै चुच्चे नक्सा राख्ने निर्णय गरेको हो । सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो ।
पुरा पढ्नुहाेस्
बिहिवार सुनको मूल्य ६ सय रुपैयाँले घट्यो

बिहिवार सुनको मूल्य ६ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा पहेलो धातु सुनको मूल्य घटेर कारोबार भएको छ । बिहीबार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँ घटेर एक लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने बढेर कारोबार भएको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर एक हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा व्यवसायीक चिया तथा नास्ता सम्बन्धि १० दिने तालिम सम्पन्न

बर्दगोरियामा व्यवसायीक चिया तथा नास्ता सम्बन्धि १० दिने तालिम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरोया गाउँपालिका वडा नम्बर २ मा १० दिने व्यवसायीक चिया तथा नास्ता तालिम सम्पन्न भएको छ । चैत्र १७ गते देखि शुरु भएको उक्त १० दिने व्यवसायीक चिया तथा नास्ता तालिम मंगलबार एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको हो। समापन कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी (लालदीप) रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष गिरीले तालिम लिएर मात्र नहुने बताए । जब सम्म हामीले सिकेको सीप व्यवहारीक रुपमा सदुपयोग गर्दैनौ तब सम्म हामी सीप हुँदा हुँदै पनि बेरोजगार हुन्छौं । त्यस कारण जुन उद्देश्यका साथ मुक्त कमलरी विकास मञ्चले १० दिने व्यवसायिक चिया…
पुरा पढ्नुहाेस्
श्री महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्थाको तेस्रो चुनावी सभा: अध्यक्षमा दुर्योधन स्वर्णकार

श्री महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्थाको तेस्रो चुनावी सभा: अध्यक्षमा दुर्योधन स्वर्णकार

चुहा, । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० चुहामा रहेको श्री महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा तथा तेस्रो चुनावी सभा सम्पन्न भएको छ । शनिबार विद्युतका अध्यक्ष नेत्र बहादुर देउवाको अध्यक्षतामा भएको उक्त १६ औं साधारणसभा तथा तेस्रो चुनावी साधारणसभाको प्रमुख अतिथि वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कठरिया रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष हर्क बहादुर कठरियाले सहकारीलाई आवश्यक पर्ने सम्पुर्ण वडा कार्यालयले गर्न सक्ने सहयोग सधै रहने बताए । वडा कार्यालयले विगतका दिनमा पनि सहकारीलाई चाहिने सहयोग गर्दै आएको थियो । सोही क्रममा उनले जोडे हरेको सेवा ग्राहीको प्रमुख ध्यान…
पुरा पढ्नुहाेस्
दानुफाँटा नमुना सामुदायिक वनको ११औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः जोशी

दानुफाँटा नमुना सामुदायिक वनको ११औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः जोशी

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको ११ औं चुनावी वार्षिक साधारण सभा सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको अध्यक्षतामा शनिबार उक्त ११ औं चुनावी वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त चुनावी साधारणसभा बाट पुन टेकराज जोशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा नन्दाराम विष्ट र धनबहादुर विश्वकर्मा रहेका छन भने सचीवमा लक्ष्मीदेवी सापकोटा, कोषाध्यक्षमा दृवबहादुर विश्वकर्मा, सहसचिव चक्रबहादुर विष्ट, सदस्यमा सविना बडुवाल, टेकसरा हमाल, विरबहादुर रानामगर, जुनादेवी भण्डारी, कलशा शाही, भविसरा सार्की चयन भएको निर्वाचन समितिका अधिकृत भुपेन्द्रबहादुर राष्कोटीले…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाको १३ औं हिउँदे गाउँ सभा सम्पन्न

बर्दगोरिया गाउँपालिकाको १३ औं हिउँदे गाउँ सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको १३औ गाउँ सभा तथा हिउँदे अधिवेशनको सोमबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरको अध्यक्षतामा भएको सभामा चालू आर्थिक वर्ष २०८०/०८१ को निति ,कार्यक्रम तथा बजेटअनुसार पौष मसान्तसम्म भए गरेका कामहरुको समिक्षा तथा अब सम्पन्न गरिने कामहरुको बारेमा छलफल, बजेट रकमान्तर, बजेट विवरण हेरफेर लगायतका बारेमा छलफल भएको छ ।गाउँ सभामा गाउँपालिकाले प्रवाह गरेको सेवाको अवस्था, गुणस्तर र चुनौतीहरूको बारेमा प्रमुख प्रशासकिय अधिकृत प्रकाश ढुंगानाले प्रकाश पार्नु भएको थियो । सभामा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले पालिकाको १२ औ गाउँ सभाबाट बिनियोजित भएका योजना तथा कार्यक्रमहरु मध्ये ४० प्रतिशत योजना तथा कार्यक्रमहरुको कार्य…
पुरा पढ्नुहाेस्
सुनसरीमा एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कल नोट बरामद

सुनसरीमा एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कल नोट बरामद

विराटनगर । सुनसरीमा प्रहरीले नेपाली एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको छ । जिल्लाको इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक गाडी खानतलासी गर्दा उक्त नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । एक हजार रुपैयाँ दरका उक्त नक्कली नोट बरामद गरिएको हो । नक्कली नोटसहित भारतको बीआर११एक्स ३४२९ नम्बरप्लेटको स्कोरपियो र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपीन रेग्मीले जानकारी दिए । पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय मोहमद सैयद छन् । पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्ने तयारी गरिएको एसपी रेग्मीले बताए ।
पुरा पढ्नुहाेस्
चिनी उद्योगीहरूको सिण्डिकेट नियन्त्रणको माग; वाणिज्य तथा आपूर्तिमन्त्री रिजाललाई बुझाइयो ज्ञापनपत्र

चिनी उद्योगीहरूको सिण्डिकेट नियन्त्रणको माग; वाणिज्य तथा आपूर्तिमन्त्री रिजाललाई बुझाइयो ज्ञापनपत्र

काठमाडौँ ।  चिनी उद्योगीहरूको सिण्डिकेट नियन्त्रणको माग गर्दै राष्ट्रिय उपभोक्ता मञ्चले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाएको छ । चिनीको उत्पादनको मौसममा समेत स्वदेशी चिनी उत्पादकहरूले सिण्डिकेटिंग र कार्टेलिंग गर्दै लागत मूल्य जम्मा ८५ मात्र हुँदा पनि थोकमा नै ९३ रुपैयाँ प्रति किलोमा बिक्री गर्ने गरेको र उपभोक्ताको झोलासम्म पुग्दा काठमाडौँको सहरी क्षेत्रमा नै १०० रुपैयाँमा खरिद गर्नु पर्ने बाध्यता भएकोले सरकारलाई गम्भीर हुन मञ्चले आग्रह गरेको छ । साल्ट ट्रेडिंग कर्पोरेशनले खरिद गरी भण्डारण गरे बापत कम्पनीको लागत मूल्य बराबरको रकममा लाग्ने बैंक व्याज अनुदान स्वरूप नेपाल सरकारले दिने व्यवस्था गरी दिएमा उद्योगीहरूको गैर कानुनी सिण्डिकेटिंग टोडिनुको साथै…
पुरा पढ्नुहाेस्