आर्थिक

एकैदिन १५ हजार ९ सयले घट्यो सुनको मूल्य

एकैदिन १५ हजार ९ सयले घट्यो सुनको मूल्य

काठमाडौं । एकै दिन नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा उच्च गिरावट आएको छ। यस दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १५ हजार नौ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १५…
पुरा पढ्नुहाेस्
प्रति लिटर ३ रुपैयाँ डिजेल र मट्टीतेको मुल्य बढ्दा पेट्रोल भने यथावत

प्रति लिटर ३ रुपैयाँ डिजेल र मट्टीतेको मुल्य बढ्दा पेट्रोल भने यथावत

काठमाडौं । नेपाल आयल निगमले मंसिर १ गते शनिबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमका अनुसार डिजेल र मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँ बढेको छ भने पेट्रोलको मुल्य यथावत नै रहेको छ ।  इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यअनुसार आन्तरिक बजार समायोजन गरिएको निगमले जनाएको छ। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यलाई ठाउँअनुसार तीन वर्गमा बाँड्दै आएको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब डिजेल र मट्टीतेल लिटरको १५० रूपैयाँ ५० पैसा पर्नेछ। दोस्रो वर्गमा सुर्खेत…
पुरा पढ्नुहाेस्
यस्तो छ आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३० र बिक्रीदर एक सय ७१ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन…
पुरा पढ्नुहाेस्
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । बुधबार आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ८६ र बिक्रीदर एक सय ७३ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५८ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको…
पुरा पढ्नुहाेस्
सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा पहेलो धातु सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार एकैदिन सुनको मूल्य तोलामा चार हजार रुपैयाँले घटेको थियो । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको…
पुरा पढ्नुहाेस्
धनगढीको इन्धन डिपोबाट स्थानीय त्रसित, चाँडो स्थानान्तरणको माग

धनगढीको इन्धन डिपोबाट स्थानीय त्रसित, चाँडो स्थानान्तरणको माग

धनगढी । धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ । स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको दुखेसो गर्छन्। पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठुलाठुला ट्याङ्क नजिकै भएको र डिपोबाट इन्धन ‘लोडअनलोड’ भइरहँदा घरमा आगो बाल्न पनि त्रसित हुनुपरेको चटकपुरका स्थानीयको गुनासो छ । ‘घरमा आगो बाल्न डराउनुपर्ने अवस्था छ’, माधवीले भने, ‘डरले रातभर निद्रा पर्दैन, निगमले डिपो अन्यत्र सारेर स्थानीयलाई निर्धक्क जिउन…
पुरा पढ्नुहाेस्
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ०७ पैसा, स्विस फ्र्यांक एकको खरिददर एक सय ५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । शनिवार आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर स्थिर रहेको छ । शुक्रबारकै दररेट एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ३० र बिक्रीदर एक सय ७४ रुपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ…
पुरा पढ्नुहाेस्
कञ्चनपुरका प्रेम रोकायालाई तिहारमा फूल बेच्न भ्याइनभ्याई

कञ्चनपुरका प्रेम रोकायालाई तिहारमा फूल बेच्न भ्याइनभ्याई

कञ्चनपुर । बारीमा फूल फुलेर पहेँलपुर छन्। कोही फूल टिप्दैछन् त कोही माला उन्नमा व्यस्त छन्। फूल किन्ने ग्राहकको पनि घुइँचो नै छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका प्रेम रोकायालाई हाल फूल बिक्री गर्न भ्याइनभ्याई छ। तिहारका लागि फूलको माग बढेको उनको भनाइ छ। ‘तिहारका लागि फूलको माग असाध्यै छ। मागअनुसार फूल पुर्याउन भ्याइनभ्याई छ’, उनले भने, ‘कोही बारीमै पुगेर फूल किनिरहेका छन्। कतिपयले फोनबाट फूलको माग गरेका छन् ।’ पछिल्लो समय रोकाया मागअनुसार फूल पुर्‍याउन मोटरसाइकल बिहानैदेखि दौडधुप गरिरहन्छन्। फूल बिक्रीका लागि कहिले दोधारा चाँदनी त कहिले सदरमुकाम महेन्द्रनगर पुग्ने गरेका छन् उनी। तिहारमा हालसम्म १५ हजारका फूल बिक्री…
पुरा पढ्नुहाेस्
जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन

जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन

जुम्ला । यो वर्ष जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन ९४६ क्विन्टल० स्याउ उत्पादन भएको छ । यहाँका आठवटै स्थानीय तहको स्याउ विक्रिबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए। जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ । ट्रक, बस, जिप तथा हाइस र जहाजबाट समेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले भने, “बसबाट एक हजार छ सय ६०…
पुरा पढ्नुहाेस्