नाैलाेप्रेस डेस्क

735 Posts
जेनजी प्रदर्शन : एकको उपचार क्रममा मृत्यु, करिब ७० जना घाइते

जेनजी प्रदर्शन : एकको उपचार क्रममा मृत्यु, करिब ७० जना घाइते

काठमाडौँ । काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा क्रममा घाइते एक जनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन् । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । अस्पतालका प्रा.डा. मोहनचन्द्र रेग्मीले एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ करिब ७० जना घाइते भएका प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पताल र अन्य अस्पतालहरूमा उपचार भइरहेको छ ।
पुरा पढ्नुहाेस्
जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । #अनलाइन_खबर
पुरा पढ्नुहाेस्
जेनजी प्रदर्शन:गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

जेनजी प्रदर्शन:गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

२३ भदौ, काठमाडौं । सोमबार काठाडौं स्थित नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् ।   नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो ।   नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन् ।   उनलाई अहिले सिभिल अस्पताल लगिएको छ ।
पुरा पढ्नुहाेस्
आश्विन कृष्ण पक्ष : आजदेखि सुरु भयो सोह्र श्राद्ध

आश्विन कृष्ण पक्ष : आजदेखि सुरु भयो सोह्र श्राद्ध

२३ भदौ, काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने…
पुरा पढ्नुहाेस्
मेटाले माग्यो नेपाल सरकारलाई इमेलमार्फत्– सूचीकरणका लागि के–के चाहिन्छ ?

मेटाले माग्यो नेपाल सरकारलाई इमेलमार्फत्– सूचीकरणका लागि के–के चाहिन्छ ?

काठमाडौं । फेसबुकको मुख्य कम्पनी मेटाले सरकारलाई सूचीकरणका लागि आवश्यक कागजातका सम्बन्धमा चासो राखेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाले मन्त्रालयमा इमेल लेखेर सूचीकरणका लागि चासो राखेको हो । सरकारले बिहीबारमात्रै सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउँदै लगिने निर्णय गरेको थियो । त्यसपछि मेटा सम्पर्कमा आएको हो । उनका अनुसार मेटा ‘फर्मल च्यानल’बाट नआएका कारण यसैलाई आधार मान्न नसकिने निष्कर्ष सरकारको छ । मेटाले इमेलमार्फत् माग गरेको जानकारी आफूहरुले पनि इमेलमार्फत् नै पठाएको उनले बताए । “मेटाको केन्द्रीय कार्यालयको आधिकारिक डकुमेन्ट, नेपालको कर कार्यालयमा दर्ता भएको डकुमेन्टसहित इमेलमा सबै विवरण प्राप्त भएर सूचीकरण भएमा…
पुरा पढ्नुहाेस्
बौनियाको आकाशे घैटाफोड सम्पन्न , कोईलिभुरुवा बैदिपुर विजेता बन्न सफल

बौनियाको आकाशे घैटाफोड सम्पन्न , कोईलिभुरुवा बैदिपुर विजेता बन्न सफल

बौनिया भदौ २ । कैलालीको बर्दगोरीया गाउँपालिकामा श्री कृष्ण जन्माष्टमीको अवसरमा हरेक वर्ष मनाउँदै आएको आकाशे घैटाफोड कार्यक्रम सम्पन्न भएको छ । युवाहरूको अभियान स्थानीय कला संस्कृतिको पहिचान भन्ने नारा दिइएको आकाशे घैटाफोडन कोईलिभुरुवा बैदिपुरको समूह सफल भएको छ ।   आकाशे घैटोफोडदै कोईलिभुरुवा बैदिपुरको समूहले नगद ५१ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ । यसै गरी भुईँ घैटाफोडन सफल भएका विपिन बमलाई ५ हजार ५ सय ५५ प्राप्त गर्दा , पाइप चढाई चढ्न गजेन्द्र नेपाली सफल भए र उनले नगद ७ हजार ५ सय ५५ हात पारे, यसै गरी मनोरञ्जनका लागि महिलाहरूलाई प्रतिस्पर्धा गराइएको कुर्सी दौडमा गीता…
पुरा पढ्नुहाेस्
पेट्रोल प्रतिलिटर दुई रुपैयाँले बढ्यो 

पेट्रोल प्रतिलिटर दुई रुपैयाँले बढ्यो 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य  बढाइएको हो । डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । निगमका अनुसार, पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो । डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४८ रुपैयाँ र तेस्रो वर्गका लागि १४९ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।…
पुरा पढ्नुहाेस्
बौनियामा श्री कृष्ण जन्माअष्टमीको अवसरमा आकाशे घैटाफोड कार्यक्रम हुँदै: प्रथम पुरस्कार ५१ हजार ५५५

बौनियामा श्री कृष्ण जन्माअष्टमीको अवसरमा आकाशे घैटाफोड कार्यक्रम हुँदै: प्रथम पुरस्कार ५१ हजार ५५५

बौनिया साउन ३० । कैलालीको बर्दगोरीया गाउपालिकामा श्री कृष्ण जन्माअष्टमीको अवसरमा हरेक वर्ष मनाउदै आएको आकाशे घैटाफोड कार्यक्रम हुने भएको छ । युवाहरुको अभियान स्थानिय कला संस्कृतिको पहिचान भन्ने नारा दिईएको आकाशे घैटाफोड कार्यक्रम घैटाफोड तथा सास्कृतिक समितिको आयोजनामा यहि भाद्र १ गते बौनियामा हुने शुक्रबार समितिका अध्यक्ष कृष्ण प्रसाद ओझाले जानकारी गराएका हुन । साथै बैठक बाट पदाधिकारीहरुलाई विभिन्न जिम्मेवारी पनि प्रदान गरिएको छ । मंच ब्यबस्थापकको जिम्मेवारी अध्यक्ष कृष्ण प्रसाद ओझा संयोजक रहने गरि तीन सदस्यीय रहेको छ । यसै गरि आकाशे घैटाफोडका लागी भरत ताम्राकार संयोजक सहित तीन सदस्यीय रहेको छ । यसै गरि सुरक्षा व्यबस्थापन तथा …
पुरा पढ्नुहाेस्
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज बिहान ११ः४५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०र८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्यालले ‘सातै प्रदेश स्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभामा टेबुल गर्ने सम्भावना छ।   आजकै दिन पाँच वटा संसदीय समितिको बैठक पनि बस्नेछ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण हुने र त्यसबारे छलफल गरिने कार्यक्रम छ।   उद्योग,…
पुरा पढ्नुहाेस्
मनसुनको न्यून चापीय रेखा तराईबाट दक्षिणतर्फ सर्दै, कस्तो रहला आजको मौसम

मनसुनको न्यून चापीय रेखा तराईबाट दक्षिणतर्फ सर्दै, कस्तो रहला आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेपनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फलस्वरूप, नेपालमा मनसुन केही कमजोर हुँदै जाने भएपनि हाल बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने रहेको महाशाखाको भनाइ छ ।   आज बिहान सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।   आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका…
पुरा पढ्नुहाेस्