नाैलाेप्रेस डेस्क

690 Posts
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामानसहित धनगढीका एक जना पक्राउ

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामानसहित धनगढीका एक जना पक्राउ

कैलाली । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामानसहित धनगढीका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ बालुवाघाटबाट सोही ठाउँ बस्ने २५ वर्षीय दानिस पुरेसी रहेका छन । उनी भन्सार छलीका सामानसहित पक्राउ परेका हुन्। पुरेसीलाई भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ७९ हजार ५ सय बराबरको ब्लाउज, पेटिकोट, सुटपिस, धोती, साडी, जेन्स कुर्ता लगायतका सामानसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी उक्त सामानसहित उनलाई बिहीवार नियन्त्रणमा लिएको जनाएको छ। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ४० हजार ६ सय बराबरको सामान…
पुरा पढ्नुहाेस्
देशभर मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

देशभर मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।   जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेशमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ ।   बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।   आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।   आज…
पुरा पढ्नुहाेस्
ट्रम्पद्वारा क्यानडासहित धेरै देशहरूमा कर लगाउने घोषणा

ट्रम्पद्वारा क्यानडासहित धेरै देशहरूमा कर लगाउने घोषणा

एजेन्सीएजेन्सी वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै क्यानडामाथिको भन्सार कर अब २५ प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्‍याएका छन्।   साथै, राष्ट्रपति ट्रम्पले व्यापार सम्झौताको लागि तोकेको समयसीमाभन्दा केही घण्टा अघि ह्वाइट हाउसले दर्जनौँ देशहरूका लागि नयाँ भन्सार दरहरू जारी गरेको छ। यी दरहरू सात दिनमा लागू हुनेछन्। यसअघि बिहीबार राष्ट्रपति ट्रम्पले मेक्सिकोमा कर लगाउने समयसीमा ९० दिन थपेका थिए।   बुधबार मात्र ट्रम्पले अगस्ट १ देखि भारतबाट अमेरिका आउने सबै सामानहरूमा २५ प्रतिशत कर लगाइने घोषणा गरेका थिए। उनले रुसबाट हतियार र तेल खरिद गर्दा भारतमाथि थप आयात शुल्क लगाउने बारेमा पनि कुरा गरेका…
पुरा पढ्नुहाेस्
आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया अस्पतालले सुचारु ग¥यो (MD-Internal Medicine) डा. सहितको सेवा 

बर्दगोरिया अस्पतालले सुचारु ग¥यो (MD-Internal Medicine) डा. सहितको सेवा 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा विगत डेढ दशक देखि सञ्चालित बर्दगोरिया अस्पताल  प्रा.ली ले (MD-Internal Medicine) सहित को थप सेवा सुचारु गरेको छ । विगत लामो समय देखि MBBS डा. सहितको सेवा प्रदान गर्दै आएको उक्त अस्पतालले मङ्गलवार आज बाट (MD-Internal Medicine) द्वारा सेवा प्रदान गर्न लागेको बर्दगोरिया अस्पतालका सञ्चालक पुष्प खतिवडाले जानकारी दिए । उनले भने– विगत करिब डेढ दशक देखि हामीले बर्दगोरिया गाउँपालिका लगायत छिमेकी पालिका जस्तै लम्की चुहा नगरपालिका, जोशीपुर गाउँपालिका, मोहन्याल गाउँपालिका का बिरामी हरूलाई MBBS डा. द्वारा नियमित रूपमा बिरामी चेकजाँच तथा उपचार सेवा प्रदान गर्दै आएका थियौँ । त्यसका साथै बिरामीको…
पुरा पढ्नुहाेस्
आज नागपञ्चमी पर्व;  नागको पूजाआराधना गरी मनाइँदै

आज नागपञ्चमी पर्व; नागको पूजाआराधना गरी मनाइँदै

काठमाडौं । नागपञ्चमी पर्व मंगलबार परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए। ‘नाग पूजाको प्रचलन वैदिककालदेखि सुरू भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग…
पुरा पढ्नुहाेस्
थारु समुदायले आज मौलिक पर्व ‘गुरही’ मनाउँदै

थारु समुदायले आज मौलिक पर्व ‘गुरही’ मनाउँदै

कैलाली– थारु समुदायले आज (मंगलबार) ‘गुरही’ पर्व उल्लासपूर्वक मनाउँदै छन् । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ । थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । नागपञ्चमीमा विशेषगरी नेपालीहरू नागको पूजाआजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुने गरेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए । गुरही पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधी महामारी घरमा…
पुरा पढ्नुहाेस्
‘गुरही पर्व’ पर्वको तयारी पूरा

‘गुरही पर्व’ पर्वको तयारी पूरा

कैलालीः पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व धनगढीमा धुमधामसँग मनाइने भएको छ। सखी सञ्जाल कैलाली, थारू कल्याणकारिणी सभा धनगढी नगर समिति, थारू लेखक सङ्घलगायतको संयुक्त आयोजनामा धनगढीको क्याम्पस चोकमा यही साउन १३ गते पर्व मनाउनका तयारी पूरा गरिएको सखी सञ्जाल कैलालीका संयोजक कालीमैया (उन्नति) चौधरीले जानकारी दिइन्। थारू सामुदायभित्रको सांस्कृतिक विविधतालाई संरक्षण संवद्र्धन गर्र्ने उद्देश्यले धनगढीमा २०६७ सालदेखि गुरही पर्वलाई संस्थागत रूपमा मनाउँदै आएको छ। गुरही पर्वलाई भव्यताका साथ मनाउने तयारीबारे छलफलसहित सांस्कृतिक झाँकी व्यवस्थापन, मिडिया परिचालनलगायत विषयमा छलफल भई तयारी लगभग पूरा भएको संयोजक चौधरीले बताए। पर्व मनाउने स्थानमा व्यवस्थापनका लागि प्रशासन…
पुरा पढ्नुहाेस्
आज साउन महिनाको दोस्रो सोमबार: देशभरका महिनाशिवालयहरुमा भक्तजनहरुको घुईचो

आज साउन महिनाको दोस्रो सोमबार: देशभरका महिनाशिवालयहरुमा भक्तजनहरुको घुईचो

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार । हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । आज पशुपतिनाथको मन्दिर लगाए देशभरका शिवालयहरुमा भक्तजनहरुको बिहानै भक्तजनहरुको घुइचो लागेको छ । यसपटकको साउनमा ४ वटा सोमबार परेका छन । साउन महिनामा ब्रत बसेर हरियो रंगको चुरा, कपडा र मेहेन्दी लगाए शिव खुशी हुने र मनोकांक्षा पुरा हुने बताइन्छ । ब्रतालुहरुले आफ्नो मनोकांक्षा…
पुरा पढ्नुहाेस्
यस्तो छ आजका विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १७३ रुपैयाँ ७८  पैसा र बिक्रीदर १७४ रुपैयाँ ५४ पैसा कायम गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ…
पुरा पढ्नुहाेस्