नाैलाेप्रेस डेस्क

855 Posts
कर्मचारी झैँ सेवा प्रवाहमा समर्पित टिकापुर एकका वडा अध्यक्ष 

कर्मचारी झैँ सेवा प्रवाहमा समर्पित टिकापुर एकका वडा अध्यक्ष 

बिहान ठिक १० बज्छ । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीको चाप बढ्न थाल्छ। कोही नागरिकताको सिफारिस लिन हतारिएका देखिन्छन् त कोही व्यक्तिगत घटना दर्ताका लागि फाइल बोकेर पालो पर्खिरहेका देखिन्छन् । यही भिडभाडका बिच एउटा कुर्सीमा एक व्यक्ति निकै व्यस्त देखिन्छन्, जो कहिले कम्प्युटरमा डाटा इन्ट्री गर्दै छन् । उनी कहिले कागजात रुजु गर्छन् कहिले किबोर्डमा औँला चलाउँदै नागरिकताको विवरण सच्याउँछन्। ​हेर्दा उनी कुनै तालिमप्राप्त कर्मचारी जस्तै लाग्छन् तर उनी त्यहाँका कर्मचारी होइनन् । उनी त ४६ हजार जनताले विश्वास गरेर जिताएका वडा अध्यक्ष मोहन बिक हुन्। ​सामान्यतया, हाम्रा समाजमा वडा अध्यक्ष भन्ने बित्तिकै एउटा छुट्टै…
पुरा पढ्नुहाेस्
अबदेखि सातामा दुई दिन बिदा: कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म

अबदेखि सातामा दुई दिन बिदा: कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म

२२ चैत, काठमाडौं । सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, उक्त समय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयका हकमा लागू हुनेछ । ‘शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गरिएको छ,’ पोखरेलले भने । त्यस्तै, सरकारले भोलि ( २३ चैत) बाट लागू हुनेगरी शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय पनि गरेको छ । पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्याका…
पुरा पढ्नुहाेस्
बर्दगोरिया कलेजको प्रथम वार्षिक साधारणसभा सम्पन्न; अध्यक्षमा पुन: कुँवर निर्विरोध चयन

बर्दगोरिया कलेजको प्रथम वार्षिक साधारणसभा सम्पन्न; अध्यक्षमा पुन: कुँवर निर्विरोध चयन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बर्दगोरिया कलेजको प्रथम वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा चार सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत (निर्विरोध) रूपमा चयन गरिएको छ। साधारणसभाले भिम बहादुर कुँवरलाई पुनः अध्यक्षमा चयन गरेको छ भने जितेन्द्र राज न्यौपाने, सरस्वती बिक र मिरा आले सदस्यमा निर्विरोध चयन भएका छन्। नवनिर्वाचित समितिले कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुधार तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साधारणसभामा सहभागी वक्ताहरूले नयाँ नेतृत्वले कलेजको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। कलेज प्रशासनले पनि नयाँ समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाको प्रगतिका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। कलेज संचालक…
पुरा पढ्नुहाेस्
बर्दगोरिया कलेजमा जिल्ला प्रशासन कार्यालय कैलालीले गर्यो युवा लक्षित सचेतना कार्यक्रम 

बर्दगोरिया कलेजमा जिल्ला प्रशासन कार्यालय कैलालीले गर्यो युवा लक्षित सचेतना कार्यक्रम 

बर्दगोरिया । जिल्ला प्रशासन कार्यालय कैलालीले युवा लक्षित सचेतना कार्यक्रमको थालनी गरेको छ । विद्यालय, क्याम्पस तथा युवा क्लबहरुमा सचेतना अभिवृद्धी कार्यक्रम संचालन अभियान अन्तर्गत शुक्रबार कैलालीको बर्दगोरिया कलेजमा सचेतना कार्यक्रम संचालन गरिएको छ । लागू औषध दुव्र्यशनी, त्यसको असर तथा रोकथामका उपायहरुका बारेमा कार्यक्रम मार्फत जानकारी दिइएको छ । बर्दगोरिया कलेजमा भएको कार्यक्रमको सहजिकरण इलाका प्रहरी कार्यालय बौनियाका प्रमुख, प्रहरी निरिक्षिक डम्मर बिष्टले गर्नुभएको थियो । यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख विजल्ला अधिकारी किरण जोशीले समुदायमा लागुऔषद सेवनको अवस्था, यस बिरुद्धका कानूनी प्रावधान, समुदाय तथा अभिभावकहरुको भूमिका लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । बर्दगोरिया गाउँपालिका उपाध्यक्ष…
पुरा पढ्नुहाेस्
पेट्रोलियम पदार्थको मूल्य आज सम्मकै उच्चः कति पर्छ लिटरको ?

पेट्रोलियम पदार्थको मूल्य आज सम्मकै उच्चः कति पर्छ लिटरको ?

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेसँगै आजबाट पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार निगमले पेट्रोल तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको थियो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार, बढेको मूल्य आज बिहान १२ बजेदेखि कार्यान्वयनमा आइसकेको छ । नयाँ मूल्यसूची अनुसार आजदेखि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ । निगमले मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको र यसले गर्दा निगमलाई पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको जनाएको छ । निगमले पेट्रोल,…
पुरा पढ्नुहाेस्
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो सबै प्रदेशको हिमाली भूभाग लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। सबै प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको…
पुरा पढ्नुहाेस्
कैलालीमा मोटरसाइकल दुर्घटनाः चालकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटनाः चालकको मृत्यु

धनगढीः कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। टीकापुर नगरपालिका–१ वनकार्यालय स्थित डुडेझारी सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००९ प ६७७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय रमेश शाहीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई टीकापुर अस्पताल टीकापुर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
पुरा पढ्नुहाेस्
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन, पत्रकार महासंघको विरोध

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन, पत्रकार महासंघको विरोध

काठमाडौं । सरकारले सरकारी खर्चमा मितव्ययिता कायम तथा सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी र एकरूप बनाउन भन्दै सरकार सञ्चार माध्यममामात्र विज्ञापन प्रकाशन प्रकाशन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले जारी गरेको पत्रअनुसार अब सार्वजनिक निकायहरूले आफ्ना सूचना तथा विज्ञापनहरू सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने छ। शाखा अधिकृत विनोद रेग्मीले सचिवस्तरबाट बुधबार भएको निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूले प्रेषित गरेका छन् । उक्त पत्रअनुसार अब सरकारी विज्ञापन र सूचनाहरू गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी स्वामित्वका सञ्चार माध्यममै प्रकाशन गर्नुपर्ने छ । त्यस्तो प्रकाशन तथा प्रसारणको भुक्तानी गर्दा सम्बन्धित…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गा.पा.को १७ औँ गाउँ सभा सम्पन्न, पुँजीगत तर्फ ४० र चालुतर्फ ४५ प्रतिशत बजेट खर्च

बर्दगोरिया गा.पा.को १७ औँ गाउँ सभा सम्पन्न, पुँजीगत तर्फ ४० र चालुतर्फ ४५ प्रतिशत बजेट खर्च

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको १७ औँ गाउँ सभा सम्पन्न बिहीबार भएको छ । गाउँ सभा मार्फत आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्त सम्मको वित्तीय प्रगति सार्वजनिक, कार्यपालिका बैठकमा भएका निर्णय अनुमोदन, विधेयक तथा कानुन पारित र संशोधन तथा बजेट संशोधन र रकमान्तरका विषयमा पनि छलफल गरी पारित गरिएको छ । गाउँपालिकाको हाल सम्म कुल अनुमानित बजेटको ४९.०५ प्रतिशत रकम प्राप्त गरेको छ । कुल ७७ करोड १९ लाख बजेट मध्ये हाल सम्म ३७ करोड ८६ लाख ४० हजार रुपैयाँ प्राप्त भएको गाउँ सभा मार्फत जानकारी दिइएको छ । चालु खर्चको अनुमानित बजेट ३८ करोड ९४ लाख ४७ हजार मध्ये…
पुरा पढ्नुहाेस्
चुहामा निर्माणधिन अस्पताल अलपत्र; वडा कार्यालयमा तालाबन्दी देखि सडक आबद्ध गर्ने स्थानीयको चेतावनी

चुहामा निर्माणधिन अस्पताल अलपत्र; वडा कार्यालयमा तालाबन्दी देखि सडक आबद्ध गर्ने स्थानीयको चेतावनी

चुहा / कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० स्थीत चुहामा निर्माणधिन ५० सैयाको अस्पताल लाई पूर्णता नदी सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुहा नगरपालिका द्वारा सञ्चालित नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन थालेपछि स्थानीयवासी आन्दोलित भएका छन्। चुहा बजार व्यवस्थापन समितिको सम्वयमा सोमबार (आज) एक कार्यक्रमको आयोजना गर्दै स्थानीय वासीले सरकारले तुरुन्तै उक्त अस्पतालको अधुरो कार्यलाई अगाडि बढाउँदै छिटो सञ्चालनको माग सहित गर्दै आन्दोलीत भएको चुहा बजार व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर देउवाले नौलो प्रेस लाई जानकारी दिए । देउवाले नौलो प्रेस सङ्ग कुरा गर्दै - हामीले आज शान्तिपूर्वक सरकारलाई ध्यानाकर्षण मात्र गराएका छौं । यसका साथै हामीले जनक बमको संयोजकत्वमा २५ सदस्यीय…
पुरा पढ्नुहाेस्