बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक हप्ते नि:शुल्क रेविज खोप शिविर कार्यक्रम संचालन भएको छ।
पशु सेवा शाखाको आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजित वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत उक्त एक हप्ते नि:शुल्क रेविज खोप शिविर संचालन भएको हो ।
उक्त एक हप्ते नि:शुल्क रेविज खोप शिविरमा कुकुर, बिरालो लाई खोप लगाइने भएको बर्दगोरिया गाउँपालिका पशु सेवा शाखा प्रमुख जय प्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार कुकुर, बिरालो घरपालुवा जनावर भित्र पर्छ । त्यसमा मानिस प्रत्यक्ष सम्पर्कमा हुने हुँदा ति जनावरको टोकाइ बाट मानिसमा रेविज रोग नसरोस भन्ने उद्देश्यका साथ शाखाले आफ्नो वार्षिक कार्यक्रम समाबेश गर्दै उक्त खोप अभियान शुरु गरेको बताए । खोप पालिकाको ६ वटै वडामा संचालन हुने छ ।
सोही अनुसार पालिकाको वडा नम्बर ६, वडा नम्बर ५ को भुरुवा, छराही, ठाकुरद्वारा, बेलुवा, बैदिपुर, र वडा नम्बर ४ को सुन्दरपुर, ढोढरपुर छतिवनमा पशु स्वास्थ्य इकाई पृथ्वीपुर बाट सेव दिइने छ, भने पालिकाको अन्य स्थानमा पशु स्वास्थ्य शाखाले सेवा दिने शाखा प्रमुख कोइरालाले जानकारी दिए ।
कार्यक्रम जेष्ठ ३२ गते सम्म संचालन हुने भएको हो ।