
कैलाली । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले शनिबार नेपाल बन्दको घोषण फिर्ता लिएको छ ।

भोलि जेठ ६ गते बाट नेपाल बन्द को घोषणा गरेको नागरिक उन्मुक्ति पार्टीले बन्द फिर्ता लिएको छ ।
प्रधानमन्त्रीले संसदमा आफुहरुका माग पूरा गर्ने बताएको भन्दै उसले बन्द फिर्ता लिएको हो ।
पार्टीका प्रबक्ता दामोदर पन्डितले एक प्रेस बिज्ञपति जारी गर्दै प्रधानमन्त्री ले लाल आयोग को प्रतिबेदन सार्बजनिक गर्ने कानुन संशोधन गरेर राजबन्दीहरु को रिहाई गर्ने संसद मै प्रतिबद्धता जनाएकाले नेपाल बन्द को कार्यक्रम फिर्ता भएको जनाएको छ ।