काठमाडौँ । संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ मा विश्वासको मत लिनुहुने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले संघीय संसदका महासचिवलाई पत्रचार गरी पुस २६ गते विश्वासको मत लिने भएकाले यसको व्यवस्थापन मिलाउन आग्रह गर्नुभएको हो ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० गते मात्र प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १ सय ३८ सांसदको समर्थन लिनुपर्दछ । संघीय संसदको पहिलो बैठक पौस २५ गते बोलाईएको छ ।