पेट्रोलियम पदार्थको मूल्य घट्यो; प्रतिलिटर कति?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ ।

शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

यस्तै एलपी ग्यास र हवाइ इन्धको  मूल्य भने हाललाई यथावत् राखिएको छ ।

निगमका अनुसार अब प्रतिलिटर पेट्रोलको मूल्य १७८ र  डिजेल तथा मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ ।  भारतीय आयल कर्पोरेशनबाट शुक्रबार मूल्य घटेर आएसँगै निगमले पनि घटाएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार