बर्दगोरिया । सातौं संविधान दिवसको अबसरमा कैलालीको बर्दगोरियामा वृक्षरोपण गरिएको छ । बर्दगोरिया गाउँपालिका, बर्दगोरिया एकता युवा कल्बको संयुक्त आयोजनामा वडा नम्बर १ कटिपुरमा वृक्षारोपण गरि यो दिवश मनाईएको हो ।
कल्बका अध्यक्ष कमल विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर रहेका थिए । यसैगरी विशिस्ट अतिथिमा पालिका उपाध्यक्ष गणेश राज गिरि (लालदिप) थिए, भने कार्यक्रममा कार्यपालिका सदस्य ,स्थानीय जनप्रतिनिधि ,पालिकाका विभिन्न शाखा प्रमुख तथा कर्मचारी ,सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि युवा क्लवका सदस्य लगाएतको उपस्थिति थियो ।
वडा नम्बर १ भयर बग्ने काडा नदिका कारण बर्सेनि स्थानीयको जमिन कटानमा पार्दै गएको भन्दै यसको रोकथामका लागि वृक्षारोपण गरिएको जनाईएको छ ।


















