
१, असोज २०७९ बर्दगोरिया (कैलाली) । संविधान दिवसको अवसरमा योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल बर्दगाेरिया गाउँ कमिटीले दिप प्रज्वलन गरि मनाउने भएको छ ।

असोज ३ गते संविधान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) निकट भातृ संघठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल बर्दगाेरिया गाउँ कमिटीले दिप प्रज्वलन गरि मनाउने भएको हो ।
संघीय गणतन्त्र नेपालको संविधान जारी भएको सातौं वर्ष पार गरेको अवसर योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल बर्दगोरिया गाउँ कमिटीले दिप प्रज्वलन गरि संविधान दिवस मनाउन लागेको वाईसीएल कैलाली क्षेत्र नम्बर २ का संयोजन प्रकाश बम (राजेन्द्र) ले जानकारी दिए ।
सोही क्रममा उनले भने नेकपा (माओवादी केन्द्र) ले गर्दा देशमा गणतन्त्र आएको हो । गणतन्त्रको जन्म दाता भनेको नै नेकपा (माओवाद केन्द्र) हो ।( माओवादी केन्द्र) को २०६२/०६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । सोही दिनको अवसर पारेर आफुहरुले खुसियाली स्वरुप दिप प्रज्वलन गरि संविधान दिवस मनाउन लागेको बताए ।
दिप प्रज्वलन प्रज्वलन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीका पदाधिकारी, पार्टीका नेता, कार्यकर्ता योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल कार्यकर्ताको सहभागिता रहने भएको छ ।
कार्यक्रम असोज ३ गते साेमबार बेलुका ६ बजे बौनिया चौराहामा हुने भएको छ ।