मंसिर ४ को निर्वाचनमा पार्टीलाई जिताउन वाईसीएल कैलाली मेरुदण्ड बन्छ; संयोजक जैशी

२, असोज २०७९ कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) कैलाली जिल्ला संयोजक मा भेष राज जैशि चयन भएका छन। वाइसिएलको दोस्रो राष्ट्रिय भेलाबाट जैशी जिल्ला संयोजकमा चयन भएका हुन् ।

वाइसिएल जिल्ला संयोजकमा चयन भएका जैशि बर्दगोरिया गाउँपालिका वडा न:३ खैरेनि का स्थायी बासिन्दा हुन् । माओवादीले सुरु गरेको जनजयुद्धमा जैशि सहभागि भएका थिए । उनि बिद्यार्थी बाटै राजनीति मा आएका हुन ।

उनी २०६५ देखि २०६६ सम्म बुटवल बौमुखि क्याम्पसको अखिल क्रान्तिकारी सह-सचिब भएर काम गरेका थिए । पछि उनि वाइसिएलको बर्दगिरिया गाउँपालिका संयोजक, इन्चार्ज हुँदै (ycl) जिल्ला कमिटि सदस्य भएका भएका जैशि अघिल्लो केन्द्रिय भेलाबाट जिल्ला सचीव भएका थिए ।

नौलो प्रेस सँग कुरा गर्दै संयोजकमा चयन भएका जैशिले वाइसिएलले तय गरेकिो युवा लक्षित स्वरोजगार अभियानलाई कार्यान्वयन गर्ने योजना रहेको बताए । ‘वाइसिएलले ‘श्रम र उत्पादनमा र्वाइसीएल’ भन्ने नाराकासाथ युवा लक्षित अभियान संचालन गर्ने योजना बनाएको छ । कैलालीमा हामी त्यसको कार्यान्वयनका लागि सक्रिय रहने छौँ । ‘युवाहरुलाई आत्मनिर्भर हुने व्यवसाय थालनी गर्न प्रत्येक पालिकामा कम्तीमा सय जनालाई समेटेर संगठन निर्माण गर्ने छौँ ।’ पार्टीको र समाज रुपान्तरण अभियानमा अबको सुदृढ वाईसीएलले प्रत्यक्ष भूमिका खेल्नेछ ।

सोही क्रममा उनले जोडे अब सुदृढ र नयाँ भएर आउने दाबी गर्दछन् । ‘यसको मूल चरित्र क्रान्तिकारी हुन्छ तर यसले हिजोका केही कमजोरीहरु करेक्सन गर्छ । ‘अब वाईसीएलले विकास, रुपान्तरण र क्रान्तिकारी युवा आन्दोलनको नेतृत्व गर्छ। यस्का साथै आउने मंसिर ४ गते को संघ र प्रदेश को चुनावमा कैलाली जिल्लामा (ycl) ले आफ्ना पार्टीका उम्मेद्बार लाई जिताउन लागि मेरुदण्डको रुपमा रहेर काम गर्ने बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार