बर्दगोरियामा क्याम्पस सञ्चालन लागि ११ सदस्यीय तदर्थ समिति गठन, अध्यक्षमा चौधरी

६, भाद्र २०७९ बर्दगोरिया कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकामा बहुमुखी क्याम्पस संचालनको लागि पहल थालिएको छ । पालिकामा बहुमुखी क्याम्पस नहुदा यहाँका विद्यार्थीहरु छिमेकी नगरपालिका र पालिकाको क्याम्पस धाउन बाध्य छ्न । सोही समस्यालाई मध्यनजर गरि बर्दगोरियामै बहुमुखी क्याम्पस स्थापनाको लागि पहल थालिएको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताए । 

बर्दगोरियामै बहुमुखी क्याम्पस संचालनको लागि आवस्यक कामकारबाही अगाडि बढाउने सम्बन्धमा सोमबार सर्वपक्षीय भेला सम्पन्न भएको छ । सो भेलाबाट विष्णु चौधरीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको कोषाध्यक्षमा धिरज शाही,सदस्य सचिबमा चन्द्रा खरेल, सदस्यहरुमा अजय मल्ल, टङ्क राज ओली, मिलन वलि, रेणु चौधरी ,बिमला शाह साउद रहेका छ्न ।        

यसैगरी पदेना सदस्यतर्फ गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि, वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट छ्न भने सल्लाहकार सदस्यतर्फ नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँकार्यसमिति सभापति कृष्ण विष्ट, नेकपा एमाले बर्दगोरिया गाउँ कमिटी अध्यक्ष मधुकर सिजापती मगर, नेकपा माओवादी केन्द्रबाट बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद, राप्रपाबाट मित्र बहादुर घर्ती ,जनमोर्चाबाट मिरा आले मगर ,नागरिक उन्मुक्तिका जन्मदेव सन्ज्याल ,एकीकृत समाजवादीका लक्क्षी अधिकारीलगाएत छ्न ।

यसैगरी बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष अमर बम, मुडा बजार व्यवस्थापन समितिका लक्ष्मण सापकोटा ,समाजसेवी बुद्धिजीवीबाट भिम बहादुर कुवर, लालमणि जोशी, युवा तथा विद्यार्थी नेता जीवन बीसी, पुर्व गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुलाई समेत सल्लाहकार सदस्यमा राखिएको छ ।  

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार