बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, अन्य केहि घाइते

कैलाली। बझाङमा आइतबार राति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

आइतबार राति करिव १ बजेको समयमा बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले बीरबहादुर धामीको घर पुर्दा ४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरमा सुतेका १० जनामध्ये ६ जना भागेर बचेका हुन भने ४ जनाको घटना स्थलमै मृत्यु भएको हा । भागेकाहरु मध्ये केही समान्य घाइते भएका छन् ।

मृत्यु हुनेमा काली धामी, गोल्की धामी, आकृति धामी र लक्ष्मी धामीको शव फेला परेको प्रहरीले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार