
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको नवलपुर बालबाटिका बिद्या मन्दिरले १२ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएको छ । बिधालयले स्थापनाको छोटो समयमा धेरै परिवर्तन र शिक्षा क्षेत्रमा फड्को मार्दै अगाडि बढेको छ ।

बिधालयका संस्थापक देव बहादुर मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकीय अधिकृत नन्दा कुमारी भट्ट रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुँवरले बालबाटिका बिद्या मन्दिरलाई स्थापनाकाल देखि सहयोग गर्दै आएको हुदा आगामी दिनमा पनि संस्थागत र सामुदायिक बिधालय नभनी शिक्षामा राम्रो गर्ने बिधालय लाई पालिकाले सहयोग गर्ने बताए । संस्थागत बिधालयले शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ति अनवरत रुपमा क्रियाशिल रहेको र यसले अझै शिक्षा क्षेत्रमा परिवर्तन होस भन्दै शुभकामना व्यक्त गरे ।
कार्यक्रममा बोल्दै बिधालयका संस्थापक प्रमोद मल्लले विकासको उचाइमा पुग्न सफल विद्यार्थीहरुले अहिले संस्कार र चरित्रमा आधारीत विद्यालय खोजिरहेको बताए । नवलपुर बालबाटिका विद्यालय एक कदम अगाडि बढ्दै खेलकुद होस या अन्य विभिन्न प्रकारका क्रियाकलापहरु समेत सञ्चालन गरिरहेको बताए । बिधालयको शिक्षण सिकाई र विद्यार्थीको भबिस्यका लागी आफू र शिक्षक हरुको सम्पुर्ण टिम दिनरात नभनी लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधि,शिक्षक अभिभावक लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न समूह तथा कक्षाहरुका आकर्षक नृत्यहरु प्रस्तुत भएका थिए ।
बिधालयले स्थापना काल देखि आज सम्म अध्यापनरत शिक्षक धन बहादुर बोहरा, प्रिन्सिपल हर्क ओड,गोबिन्द मिश्र, बृजलाल चौधरी, शिक्षिका जुलि रावल, दिपा बोगटी ,संगीता चौधरी, बाबा चन्द,उषा बम, सुचना बम लगाएतलाई दोशल्ला,र प्रमाणपत्रले सम्मान गरेको छ । साथै बिधालयमा हुने प्रत्येक कार्यक्रममा नृत्य प्रशिक्षण गराई सहयोग गरेकोमा खुश्बु मल्ललाई समेत दोशल्ला र प्रमाणपत्रले सम्मान गरेको थियो ।
साथै बिधालयम भएको डान्स आईडलको उपाधी अनुष्का चन्दले उचालिन । उनले नगद ७ हजार ५ सय संगै ट्रफी हात पारिन । यसै गरि अनु साउद दोस्रो स्थान ओगटन सफल भइन उनले नगद ५ हजार संगै ट्रफी हात पारिन । यसै गरि तृतीय स्थान ओगटन समु रोकाया सफल भइन उनले नगद ३ हजार ५ सय बगद सहित ट्रफी हात पारिन ।
यसै गरि बिधालयले सरिता कठरियालाई उत्कृष्ट शिक्षिकाको अवार्ड सहित नगद १० हजारले सम्मान गरेको छ ।
बर्ष भरिकै उत्कृष्ट विद्यार्थी बिष्णा जोशीले हात पार्दा अनुशासन तर्फ छत्र बम र समु रोकाया उत्कृष्ट बन्न सफल भए । बिधालयले सरसफाइ तर्फ शिखा शाही र किरण माझिलाई उत्कृष्ट भन्दै पुरस्कृत गरेको छ । शिर्जनशिलको पुरस्कार बिधालयले निराजन राना मगरलाई प्रदान गरेको छ ।
यसै गरि असल अभिभावकको पुरस्कार जमुना देवि शाहलाई हस्तान्तरण गरेको छ । बिधालयले प्रत्येक बर्ष खेल संगै उपहार दिने गरेको लोकल भालेको तौल पत्ता लगाउन रामपुर निवासी दिपक शाह सफल भएका छन उनले २ किलो ३ सय २० ग्रामको लोकल कुखुरा हात पारे ।विद्यार्थी पुजा चौधरिले स्वागत गरेको कार्यक्रमको संचालन विद्यार्थी बिष्णा जोशी र रेजिना साउदले गरेका थिए ।