विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल आज घरेलु टोली क्यानडासँग खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा आज नेपाल घरेलु टोली क्यानडासँग खेल्ने भएको छ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।
यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो । शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् ।
यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान सँग खेल्नेछ । सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा आठ वटा टोलीको सहभागिता छ । तालिकामा नेपाल दुई अङ्कसहित सातौँ स्थानमा छ ।
याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार