अफगानिस्तानमाथि पाकिस्तानको एक विकेटको रोमान्चक जित

काठमाडौं । अफगानिस्तानमाथि जारी ३ खेलको एकदिवशीय शृंखला पाकिस्तानले जित्ने पक्का गरेको छ ।

बिहिवार राति भएको दोस्रो खेलमा एक विकेटको रोमान्चक जित हात पार्दै पाकिस्तान शृंखलामा २-० ले अगाडि बढेको हो ।

पाकिस्तानले ३ सय १ रनको लक्ष्य एक बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानको जितमा इमाम उल हकले ९१, कप्तान बाबर आजमले ५३ र सदाब खानले ४८ रन बनाए ।

त्यसअघि अफगानिस्तानको पालीमा रमातुल्लाह गुरबाजले १५१ र इब्राहिम जद्रानले ८१ रन बनाएका थिए । उनीहरूले पहिलो विकेटका लागि २ सय २७ रनको साझेदारी गरेका थिए ।

विशाल लक्ष्य पछ्याउनेक्रममा पाकिस्तानले जितका लागि २९ रन आवश्यक रहेका बेला नवौँ विकेट गुमाएको थियो । सदाब खानले ४९ औँ ओभरको पाचौँ र छैटौँ बलमा छक्का र चौका प्रहार गरेपछि पाकिस्तानलाई अन्तिम ओभरमा ११ रन चाहिएको थियो । अन्तिम बलमा तीन रन आवश्यक रहेका बेला नसिम शाहले फजलहक फारुकीलाई चौका प्रहार गरेका थिए । आगामी साता एसिया कप सुरू हुँदै छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार