बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा वडा नम्बर १ मा अवस्थित सडकपुर बौनिया युवा क्लबको १९ औं बार्षिक साधारण सभा तथा ७ औं चुनाबी साधारण सभा बिहिवार सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष जीवन बि सि को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथी गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।
क्लबका बरिस्ठ उपाध्यक्ष धिरज शाहिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क, सडकपुर बौनिया युवा क्लबका संस्थापक अध्यक्ष बल बहादुर बिष्ट , टेक राज जोशी, नेपाली काङ्ग्रेस बर्दगोरिया सभापति कृष्ण बिस्ट, नेकपा एमाले बर्दगोरियाका युवा दिपक गौतम, नेकपा माओवादी केन्द्र बर्दगोरिया अध्यक्ष राम बहादुर साउद , राष्ट्रिय स्वतन्त्र पार्टी बर्दगोरिया अध्यक्ष केशव भण्डारी , बौनिया बजार व्यवस्थापन समिती अध्यक्ष अमर बम , नेपाल रेडक्रस सोसाइटी दोदोधरा सभापति लक्ष्मीराज जोशी लगाएतका शुभकामना मन्तव्य राख्नु भएको थियो ।
अध्यक्षमा सहमति जुटन नसक्दा भाद्र २२ गते सम्म निर्वाचनको कार्यक्रम सारिएको छ । अध्यक्षमा क्लबका वरिष्ठ उपाध्यक्ष धिरज शाही र क्लबका महासचिव कृष्ण प्रसाद ओझा बिच सहमति जुट्न नसकेको हो । बाकी रहेको अन्य पदमा भने एकल उम्मेदवारी परेको छ । जसको उपाध्यक्षमा दिपक गौतम र महासचिवमा भरत ताम्राकारको एकल उम्मेदवारी परेको हो ।
कार्यक्रमको संचालन क्लबका महासचिव कृष्ण प्रसाद ओझाले गर्नु भएको थियो । साथै क्लबका पुर्ब अध्यक्ष प्रकाश साउद लाई क्लबले जिल्ला फुटबल संघमा मनोनीत भएकोमा दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष बल बहादुर बिष्ट , पुर्ब अध्यक्षहरु देव राज स्वार, तपेन्द्र खडका, प्रकाश साउद लगाएतको सहभागिता रहेको थियो ।