मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिकामा बिगत २ महिना देखी अवरुद्ध रहेको नेपाल टेलिकमको टावर मर्मत कार्य सम्पन्न भएको हो ।
पालिकाको वडा नम्बर २ बजाडी स्थिर नुनेखानी टावरको मर्मत कार्य आइतबार सम्पन्न भएको मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले जानकारी दिए।
उनका अनुसार उक्त टावर मर्मत कार्य सम्पन्न भएसङ्गै कैलाली जिल्लाको मोहन्याल गाउँपालिका लगाएत छिमेकी जिल्ला अछाम, डोटी र कर्णाली प्रदेशको सुर्खेत जिल्लाको चौकुने गाउँपालिकाका सेवाग्राहीले छिटोछरितो रुपमा सेवा पाएका छन । २ महिना देखि टावर अवरुद्ध हुँदा उक्त क्षेत्रका सेवाग्राहीले सास्ती भोग्नु परेको थियो ।
टावर मर्मत कार्य सम्पन्न भएसङ्गै त्यस ठाउँका सेवाग्राहीले अब नेपाल टेलिकमको फोर जि सेवा पाएका छन् ।
अध्यक्ष उपाध्यायले भने, ” टावरबाट सेवा अवरुद्ध भएपछि उक्त स्थानका सेवाग्राहीहरु निकै सास्ती खेप्नु परेको थियो । जसले गर्दा उनीहरुले आफुले चाहेको बेला आफन्त हरु सँग कुराकानी गर्न सकेका थिए। तर अहिले टावर मर्मत कार्य सम्पन्न भएपछि सेवाग्राहीले आफुले चाहेको बेला खुलेर आफन्त हरु सँग कुरा गर्न सकेका छन । उक्त टावर मर्मतका लागि आफुले पटकपटक गरेको लामो प्रयास पछि मर्मत कार्य सम्पन्न भएको हो ।”