कैलालीमा नहरमा डुबेर एक किशोरको मृत्यु

लम्की । कैलालीमा नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको लम्की–चुहा नगरपालिका–६ मा का धर्मसिंह चलाउनेका १७ वर्षिय छोरा योगेश चलाउने रहेका छन ।

उनको सोही वडाको रानीजमरा कुलरिया सिचाइको पश्चिम नहरमा डुबेर मृत्यु भएको हो ।

मंगलबार दिउँसो साथीसंगै रानीजमरा कुलरिया सिचाइको नहरमा नुहाउन गएका चलाउनको नहरमा डुब्न लागेका साथीलाई बचाउन जादा मृत्यु भएको प्रहरीले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार